शिलबन्दी दरभाउपत्र माग सम्वन्धी सूचना
Details / requirements:
शिलबन्दी दरभाउपत्र माग सम्वन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८१ माघ २५
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २९ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ। UNDP नेपालको ,आर्थिक सहयोगमा जाजरकोट जिल्लामा सञ्चालीत कृषि खाद्य प्रणालीका लागी नविकरणिय उर्जा परियोजनाका लागि आवश्यक पर्ने वस्तु हरु खरिद गर्नु पर्ने भएकोले इन्छुक फर्महरुले यहि मिति २०८१।१०।२५ देखि २०८१।११।०१ गते ५:०० बजेसम्म आवश्यक कागजात (फर्म दर्ता र नविकरणको प्रमाणपत्र, कर चुक्ता आव २०८०/०८१ सहित सिलवन्दी दरभाउपत्र पेश गर्न आब्हान गरिन्छ सिलवन्दी दरभाउ पत्र फारम कार्यालयबाट वा jobsnepal.com बाट पनि उपलब्ध हुनेछ । यदि सिलवन्दी दरभाउपत्र पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा परेमा पनि सोही दिन सिलवन्दी दरभाउपत्र पेश गर्न सकिनेछ। सिलवन्दी दरभाउपत्र अनलाइन मार्फत पनि पेश गर्न सकिनेछ। अनलाईन बाट सिलवन्दी दरभाउपत्र पेश गर्दा PDF फर्मेटमा पासवाड राखि पेश गर्नु पर्नेछ। सिलवन्दी दरभाउपत्र पेश गर्दा info@sacnepal.org.np मा पेश गर्न सकिनेछ। यदि सिलवन्दी दरभाउपत्रमा पासवाड नराखी पेश गरेमा दरभाउपत्र छनौट प्रक्रियामा समावेस गरिने छैन। सिलवन्दी दरभाउपत्र मिति २०८१।११।०२ गते दिउसो १२:०० बजे खोलिने जानकारी गराईन्छ । यदि दरभाउपत्र खोल्दा कुनै व्यक्ति वा फर्मका प्रतिनिधि उपस्थित नभएमा सिलवन्दी दरभाउपत्र खोल्न कुनै बाधा हुने छैन। थप बुझ्न वा विस्तृत जानकारी आवश्यक परेमा संस्थामा सम्पर्क गर्नु होला।
सामग्रीको विवरण
सि.नं. | सामानको नाम/विवरण | गुणस्तर, विशेषता र कम्पनी | इकाइ | आवश्यक परिमाण | कैफियत |
1 | पोली हाउस | १२० GSM सिल्पाउलिन पलास्टिक ८*१४ वर्गमिटर Thickness – 150-200 microns Transparency 85-90 % (NS चिन्ह प्राप्त) | Pics | 25 | |
2 | 6 लाइन ड्रिप सिंचाई सेट | २५० लिटर पोलीटंकी (NS चिन्ह प्राप्त) | Set | 25 | |
3 | मल्चिंग प्लास्टिक | २५ माइक्रोंन, 1.2 मिटर चौडाई | Bundle | 1 | |
4 | तार GI १६ गेज | १६ गेज | KG | 50 | |
5 | डोरी Jute | जुटको डोरी | KG | 10 | |
6 | फलामको किला | 3” | KG | 5 | |
7 | फलामको किला | 5” | KG | 5 |
छनौटका आधारहरु:
क) कानुनी प्रक्रिया पुरा गरेको
ख) सामग्रीको मूल्य: ८० प्रतिशत
ग) क्षमता: २० प्रतिशत
अ) सामग्रीको गुणस्तर वा फिल्ड अनुगमन १० प्रतिशत
आ) आपूर्ति गर्न सक्ने समय ५ प्रतिशत
इ) कार्य अनुभव: २.५ प्रतिशत (पुरानो सम्झौत वा विलको प्रतिलिपि पेश गर्नु पर्ने)
ई) मौज्दात, कारोवार: २.५ प्रतिशत (सामग्रीको मौज्दात छुटै पानामा पेश गर्नु पर्ने)
नोट: माथि उल्लेखित सामग्रीहरु कार्यक्रम कार्यन्वयन क्षेत्र नलगाड नगरपालिका वडा न.८ जाजरकोट सम्म दुवानी समेत गर्नुपर्ने छ
Link: Request for Quotation (RFQ)
थप जानकारीका लागि
समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
सम्पर्क नं. ०८३- ५२१२८२
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 07 Feb, 2025 |
Apply Before | 13 Feb, 2025 |
City | Birendranagar Surkhet |