शिलबन्दी कोटेशन आह्वानको सूचना

Sindhuli Integrated Development Services Nepal (SIDS Nepal)

Details / requirements:

शिलबन्दी कोटेशन आह्वानको सूचना

तेश्रो पटक प्रकाशित मिती २०८१/१०/०८ गते

वर्ल्ड भिजन इन्टरनेशनल नेपालसिन्धुली एकीकृत विकास सेवा (सिड्स) नेपाल सिन्धुलीको साझेदारीमा संचालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत गोलन्जोर तथा तीनपाटन गाउँपालिकाका विभिन्न क्षेत्रहरुमा खानेपानी आयोजनाहरु निर्माण गर्नु पर्ने भएको हुनाले निर्माणकार्यको लागि योग्यता पुगेका इच्छुक निर्माण व्यवसायीहरुलाई तपशिलका शर्तहरुमा आधारित रही रीतपूर्वक शिलबनन्दी कोटेशन बुझाई प्रतिस्पर्धात्मक बोल प्रक्रियामा भाग लिनको लागि आह्वान गरिन्छ ।

9j8AXxAAAAAElFTkSuQmCC

१. इच्छुक इजाजत प्राप्त निर्माण कम्पनीहरुले यसै सुचनामा संलग्न गरिएको बोलपत्र कागजातहरुमा माग गरिए अनुसार कागजात तयार गरी वा दरभाउ भरी एकल खाममा शिलबन्दि गरी तल उल्लेखित समय र मिती भित्र कोटेशन बुझाउन सक्ने छ । शिलबन्दी खामभित्र निम्न कागजातहरु राख्नुपर्ने हुन्छ क) दर्ता प्रमाण पत्र, ख) मु.अ.कर दर्ता प्रमाणपत्र, ग) आर्थिक वर्ष २०८०/८१ को कर चुक्ता प्रमाण पत्र घ) माग गरिएका बिषयमा राम्रो सँग जानकारी भरेको निर्माण कम्पनीको प्राविधिक फारम, ङ) रितपूर्वक भरिएको वित्तिय प्रस्तावना (BOQ): वित्तिय प्रस्तावना भर्दा दरभाउ प्रिन्ट गरेर भर्नु पर्नेछ  कुनै छुटहरु भएमा सो समेत सम्बन्धीत वित्तिय प्रस्तावनामा प्रिन्ट गरिएको अक्षरमा नै उल्लेख भएको हुनु पर्नेछ, छ) आवस्यक न्युनतम योग्यता: निर्माण क्षेत्रमा कम्तीमा ३ बर्षको कार्य अनुभव रहको, संयुक्त साझेदारी (Joint Venture) गरि आउने कोटेशनलाई स्वीकार गरिने छैन ।

२. बोलपत्र सम्बन्धी फारम भौतिक रुपमा उपस्थित भइ लिन इच्छुक निर्माण ब्यावसायीले यस संस्थाको कार्यालय कमलामाई सिन्धुली बाट समेत लिन सक्ने छ वा संस्थासंग इमेल मार्फत समेत प्राप्त गर्न सकिने छ । कोटेशन सम्बन्धी कागजात रीतपूर्वक भरि प्रत्येक पानामा सहीछाप गरि शिलबन्दी गरि संस्थाको धुरा बजार स्थित कार्यालयमा मिती २०८१/१०/१४ गते दिउसो १२ बजे सम्म बुझाई सक्नु पर्नेछ, समयावधी भन्दा पछि प्राप्त भएको कोटेशन मान्य हुने छैन । 

३. बोलपत्र दाताका प्रतिनिधीहरुको उपस्थितीमा संस्थाको कार्यालयमा सोही दिन २०८१ माघ १४ गते दिउँसो २ बजे कोटेशन खोलिने छ । बोलपत्र दाताले आफ्ना प्रतिनिधी उपस्थित नगराएको खण्डमा संस्थाले आफनो प्रक्रिया अनुसार कोटेशन खोली प्रक्रिया अगाडी बढाउन सक्ने छ । 

४  कोटेशन सँग सम्बन्धी थप कुनै जानकारी आवस्यक भएमा यस परियोजना अन्तर्गतको खरिद अधिकृतलाई सम्पर्क राख्नु हुन अनुरोध छ वा संस्थाको scm.sids@gmail.com इमेल मार्फत जानकारी प्राप्त गर्न सकिनेछ । 

५. दरभाउ वा कोटेशन पेश गर्ने क्रममा माथि उल्लेखित आयोजनाहरु मध्ये आफूलाई इच्छा लागेको बोलपत्र नम्बर वा सबै बोलपत्रहरुको लागि दरभाउ पेश गर्न सकिनेछ । निर्माण व्यावसायी छनौट गर्दा सम्बन्धित बोलपत्र नम्बरमा न्युन बोल रकम प्रस्ताव गर्ने बोलपत्र दातालाई छनौट गरिने छ । 

६. बोलपत्रमा प्रस्ताव गरीएको दरभाउ असन्तुलित रुपमा न्युन वा अधिक भए सो दरभाउलाई असन्तुलित निर्धारण गरी अर्काे बोलपत्रदातालाई छनौट गर्न सक्ने अधिकार संस्थामा निहित रहनेछ ।

आवश्यक बोलपत्र सम्बन्धि कागजात तलको लिंक बाट प्राप्त गर्न सकिनेछ । साथै कार्यालयमा सम्पर्क राखी वा इमेल मार्फत पनि माग गर्न सकिनेछ । 

https://drive.google.com/drive/folders/109ybfAvaMs961oJ1qM8tPyl5NLVhq1Cf?usp=sharing

शिल गरिएको प्रस्तावना फारम बुझाउने ठेगाना: (Accepted and Valid only Hardcopy)

सिन्धुली एकीकृत विकास सेवा (SIDS), सिन्धुली

कमलामाई–०६, सिन्धुली  

फोन नं. ९८५२०७३२४१

इमेल: scm.sids@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 21 Jan, 2025
Apply Before 27 Jan, 2025
City Sindhuli