शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति २०८१/१०/१६)

राष्ट्रिय कृषक समूह महासंघ नेपालले केएर नेपालसँग साझेदारी गरी हनुमाननगर कंकालिनी नगरपालिका,सप्तरीमा  बाढी तथा शितलहर  प्रतिकार्य परियोजना सञ्चालन गरिरहेको छ । उल्लेखित परियोजना अन्तर्गत तपसिल अनुसारको सामग्री खरिद गर्नुपर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएका उल्लेखित सामग्रीहरु आपूर्ती गर्न इच्छुक अधिकृत विक्रेता, आपुर्तिकर्ता तथा बितरकहरुबाट यो सूचना प्रकाशन भएको मितिले ५ दिन भित्र तपसिलको शर्तहरुको अधिनमा रही कार्यालय समय भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

सामग्रीको विवरण

D5TGpTHlPygKAAAAAElFTkSuQmCC

शर्तहरु:

१. माथि उल्लेखित सामग्रीहरु लाभग्राहीले भ्यालु भौचरका मध्यमबाट आवश्यकता अनुसार छनौट गरी खरिद गर्नेछन् । साथै स्थानीय समुदायले बढी खरिद गर्ने गुणस्तरिय सामग्रीलाई उच्च प्राथमिकता दिईनेछ । 

२. माथि उल्लेखित नगरपालिकाहरुमा छनौट भएका लाभग्राहीहरुलाई संस्थाले भौचर उपलब्ध गराउने छ । भौचरमा उल्लेखित सामग्रीहरु लभग्राहीले  खरिद गर्न पाउने छ । 

३. उपारोक्त बमोजिमका सामग्रीहरु सम्बधित पालिकाको तोकिएको स्थानमा उपलब्ध गराउनु पर्ने छ । साथै कुपन भौचरमा उल्लेखित सामग्रीहरु लाभग्राहीलाई वितरण गरेर भर्पाई समेत लिनु पर्ने छ । 

४. खाद्यान्न सामग्रीहरु २२० घरपरिवारको लागि रु. ८३००। र पोषिलो खानेकुरा तथा सरसफाईका सामग्रीहरु १०० घरपरिवारलाई थप रु.२५००। वरावरको सामग्रीहरु खरिद गर्नको लागी कुपन भौचर उपलब्ध गराईने छ । 

५. इच्छुक अधिकृत विक्रेता, आपुर्तिकर्ता वा बितरकले संस्थाको कार्यालयमा उपस्थित  भई वा ईमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत बोलपत्र पेश गर्न सक्ने छ । कोटेशन फर्मेटको नमुना  निम्न अनुसार हुनेछ । सम्बन्धित आपूर्तीकर्ताहरुको लेटर प्याडमा दिईएको नमूना फर्मेट बमोजिम दर भाउ र गुणस्तर उल्लेख गरि पेश गर्न सकिने छ ।

VRhtth5uvGhzYBAAAAqD8CCQAAAACl5Q5tAgAAAACFZySANVDHsC91rXt1TVeaz5TWKqOcqo8y3A4zXxnaBAAAAKA0AgkAAAAApRFIAAAAACiNQAIAAABAaQQSAAAAAEojkAAAAABQGoEEAAAAgNIIJAAAAACURiABAAAAoDQCCQAAAAClEUgAAAAAKI1AAgAAAEBpBBIAAAAASiOQAAAAAFAagQQAAACA0ggkAAAAAJRGIAEAAACgNCuKoshcKCJiWZa5CAAAAMAnpocOmYEEAAAAAGRhaBMAAACA0ggkAAAAAJRGIAEAAACgNAIJAAAAAKURSAAAAAAo7f8BtbpwxXNdHz4AAAAASUVORK5CYII=

६. बोलपत्र पेश गर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याटमा दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि १ थान, आर्थिक वर्ष २०८०/२०८१ को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान  व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान संलग्न गरी पेश गर्नु पर्नेछ । शिलबन्दी बोलपत्रको खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ ।

७. बोलपत्र फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट (भ्याट बाहेक) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।

८. बोलपत्र फाराम खाम बन्द गरी लाहाछापले शिलबन्द गरिएको हुनु पर्नेछ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न संस्था बाध्य हुने छैन ।

९. पेश गरिएका बोलपत्रहरु मिति २०८१ साल माघ २० गते २:३० बजे संस्थाका प्रतिनिधीहरु र बोलपत्र दाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ । 

१०.  म्याद नाघी वा रित नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।

१२.  थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ । 

१३. फाराम बुझाउने अन्तिम मिति २०८१/१०/२० गते दिउँसो १:०० बजेसम्म हुनेछ ।

१४. अन्य सम्पुर्ण कुराहरु नेपाल सरकारको प्रचलीत कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपाल नीहित रहेको छ । 

बोलपत्र पेश गर्ने र खोलिने ठेगाना:

राष्ट्रिय कृषक समूह महासंघ नेपाल , 

लहान न.पा. वडा नं.– १,सिरहा ( बालाजु पेट्रोल पम्प भन्दा उतर प्रकाश होटलसँगैको गल्ली १०० मीं. भित्र ) 

फोन न. ०३३–५६४०७३

ईमेल ठेगाना: nfgfmadeshpradesh2075@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 29 Jan, 2025
Apply Before 02 Feb, 2025
City Kathmandu