सवारी चालक

dZi Foundation

Details / requirements:

कार्य विवरण

पदः सवारी चालक (१)

क) भुमिका

जी फाउन्डेसन, आधारभूत आवश्यकताहरूका बाधाहरूलाई सम्बोधन गरी साझा समृद्धि हासिल गर्न, दिगो जीविकोपार्जनका अवसरहरू बढाउँदै, र सकारात्मक परिवर्तनलाई उत्प्रेरित गर्न र क्षमता निर्माण गर्नका लागि नेपालका ग्रामीण समुदायहरूसँग मिलेर काम गर्ने एक अन्तराष्ट्रीय गैह्–सरकारी संस्था हो ।

ख) कार्य उद्धेश्य

जी फाउण्डेशन/नेपालको सवारी चालकले सवारी चालन गर्ने, उचित रेखदेख गर्ने, आवश्यक अनुरुप मर्मत तथा सरसफाईका साथै आवश्यकता अनुसार प्रशासन सहयोगीको काममा सहयोग पुर्‍याउने ।

ग) जिम्मेवारीहरू:

  • कार्यालयको सवारी साधन सुरक्षित तथा असल ढंगमा (defensive driving) चलाउने,
  • कार्यालयको नियमअनुरुप संस्थाको कार्यक्षेत्र वा अन्य क्षेत्रमा सवारी साधनको प्रयोग गरी सुरक्षित तबरले कार्यालयका कर्मचारी पिकअप तथा ड्रपका लागि जिम्मेवारी लिने, 
  • दैनिक रुपमा यात्रा गर्नु पूर्व साधन चुस्त दुरुस्त भए नभएको जाँच गर्ने र यात्रा गरेपछि गाडीमा भएको हाते औजारहरू तथा First Aid Kits को पूर्ण रुप निरीक्षण गर्ने तथा चुस्त राख्ने,
  • सवारी साधनहरूलाई समयमा सरसफाई गरी⁄गराई निश्चित ठाँउमा राख्नुपर्ने,
  • कार्यालयको कार्य सञ्चालन नियमको मापदण्ड अनुसार गाडी लग पुस्तक सही हिसाबले राख्ने, सवारी मर्मत, इन्धन खपत, रिपोर्ट र अन्य रेकर्ड राख्नुपर्ने,
  • आवश्यकता अनुसार सवारी साधनहरूको सामान्य मर्मत कार्य स्वयं गर्नुपर्ने,
  • आवधिक तथा प्रमुख रुपमा गरिने सवारी साधनहरूको मर्मतको समय तालिकाको लागी प्रशासन विभागमा समन्वय गर्नु पर्ने साथै वाहन दर्ता कागजातहरू, कर, बीमा, प्रदूषण प्रमाणपत्र, सेवा अवरोधहरू कम गर्न सम्बन्धित निकायमा गई आवश्यकताको आधारमा कार्य गर्ने,
  • कुनै दुर्घटना भएको अवस्थामा पालना गर्नुपर्ने नियम, कानुन तथा कार्यविधिको पुर्ण जानकार भएको,
  • कार्यलयका सम्पुर्ण सवारी साधनहरूलाई सही समयमा सहि तबरले मर्मत तथा संभार गर्नुपर्ने,
  • सावारी साधनमा सवार कर्मचारी, अनुमति प्राप्त आगन्तुक तथा पाहुनाहरूको सुरक्षित यात्रा गराई आफु पनि सुरक्षित बन्ने, 
  • यात्रा गर्नु पर्ने क्षेत्रको बारेमा सडकको स्थिति, बन्द, हडतालको बारेमा पुर्ण रुपमा जानकारी राख्ने,
  • सवारी साधन प्रयोगको समयमा कुनै पनि किसिमको चोट या क्षति भएमा सवारी तुरुन्त कार्यालयलाई जानकारी दिने र प्राप्त निर्देशनको पालना गर्ने, 
  • आवश्यकताको आधारमा अन्य प्रशासनिक कार्यहरूमा सहयोग गर्ने ।

घ) आवश्यक योग्यता

  • कम्तिमा SLC/SEE कक्षा पास भएको, +2 उत्तीण लाई प्राथमिकता दिइने, 
  • कम्तीमा पाँच बर्ष विभिन्न प्रकारको चार पांग्रे गाडी चलाएको अनुभव हुनुका साथै पहाडी एवं ग्रामीण भेगमा गाडी चलाएको अनुभव भएको, 
  • लामो दुरी सवारी साधन चलाउन सक्ने,
  • नेपाली सवार चालक अनुमति पत्र भएको, 
  • कुनै पनि गम्भीर प्रकारको सडक दुर्घटनामा जिम्मेवार नभएको ।

सीप तथा क्षमताहरू:

  • ट्राफिक नीति नियम पढ्ने, बुझने र पालना गर्न सक्ने क्षमता भएको,
  • गाडीको मर्मत आवश्यकताको अवस्था बुज्न सक्ने साथै स्वयं सामान्य मर्मत गर्न सक्ने Vehicle Maintence Training भएकालाई प्राथमिकता दिइने,
  • नेपाली र अंग्रेजीमा भएको सडक चिन्ह पढ्न र बुझ्न बुझाउन सक्ने क्षमता भएको, 
  • नक्सा तथा मार्ग निर्देशनको ज्ञान तथा ब्याख्या गर्न सक्ने क्षमता भएको,
  • मोबाईल फोन मा नेपाली र अज्रेजीमा संदेश पढ्न र पठाउन सक्ने, 
  • प्राथमिक उपचार (First Aid) सम्बन्धि ज्ञान भएकालाई प्राथमिकता दिइने,
  • सामान्य अंग्रेजी भाषा बुझ्ने तथा बोल्न सक्ने ।

आवेदन:

  • माथि उल्लेखित शिक्षा, अनुभव तथा सम्बन्धित योग्यताहरू पुगेका नेपाली नागरिकहरूबाट आफनो नागरिकता, प्यान, बायोडाटा, अपेक्षा गरेको न्यूनतम तलब लगायतको जानकारी संलग्न गरी जुलाई ११, २०२४ भित्र  vacancy.np@dzi.org मा आवेदन दिन प्रोत्साहित गरिन्छ । आवेदनको समयसीमा समाप्त हुनु अगावै पनि योग्य उम्मेदवारको छनौट गर्न सकिनेछ । 
  • योग्यता पुगेका र प्रारम्भिक छनौटमा परेका आवेदकहरूलाई मात्र थप प्रक्रियामा संलग्न गराईनेछ । 
  • छनौट प्रक्रियामा कुनै पनि प्रकारको दबाब, हस्तक्षेप लगायत जस्ता कार्यहरूलाई निरुत्साहित गरिन्छ र सो भएको अवस्थामा आवेदन स्वतः छनौट बाहिर पर्नेछ ।
  • यस छनौट प्रक्रिया सम्बन्धि अन्तिम निर्णय जी फाउण्डेशनमा निहीत हुनेछ । त्यसको कारण देखाउन जी बाध्य हुने छैन ।

Overview

Category Development and Project, Development / NGO, Driver
Openings 1
Position Type Contract
Experience 5+ years
Education SLC / SEE, Intermediate (10+2)
Posted Date 04 Jul, 2024
Apply Before 11 Jul, 2024
City Lalitpur