सिलबन्दी दरभाउपत्रको सूचना आह्वान
Details / requirements:
सिलबन्दी दरभाउपत्रको सूचना आह्वान
मिति: २०८१ माघ ७ गते
यस कालिका स्वावलम्बन सामाजिक केन्द्र द्वारा संचालित बिभिन्न परियोजनाहरुको लागि तपसिल बमोजिमको सामाग्रीहरु आवश्यक रहेकोले सो सामाग्री खरिद गर्नको लागि तल उल्लेखित शर्तहरुको अधिनमा रहने गरी इच्छुक तथा इजाजत प्राप्त नेपाली नागरिक व्यक्ति वा फर्महरुबाट फर्म पान/भ्याट दर्ताको प्रतिलिपी, घरेलु दर्ताको प्रतिलिपी तथा नबिकरण, आ.ब. २०८०।०८१ को करचुक्ता वा सम्बन्धित निकायबाट म्याद थपको कागजात सहित पेश गर्नको लागि सिलबन्दी दरभाउपत्र आह्वान गरिन्छ ।
तपसिल:
१. तरकारी बिउबिजन तथा अन्य सामाग्री
२. Water Test Kit (P/A Vial for E-coli Test)
शर्तहरु:
१. आपुर्तिकर्ताले कार्यालयले उपलब्ध गराएको दरभाउपत्रमा आफुले तोकेको प्रति इकाई दर रेट (भ्याट सहित) भ्याट लाग्ने सामाग्रीमा मात्र प्रष्ट सँग उल्लेख गर्नुपर्नेछ साथै तोकेको दर रेट अनुसारको जम्मा रकम अङ्क र अक्षर दुबैमा उल्लेख गर्नु पर्नेछ । यदि कारणवश उल्लेख भएको जम्मा रकम नबुझिएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइने छ ।
२. तरकारी बिउबिजन तथा अन्य सामाग्री र Water Test Kit को लागि छुट्टाछुट्टै सिलबन्दी दरभाउपत्र माग/पेश गर्नु पर्नेछ ।
३. सामाग्रीको ढुवानी यस कार्यालय सम्म सम्बन्धित आपुर्तिकर्ताले नै गर्नु पर्नेछ । सो बापत अन्य सुबिधा यस कार्यालयले दिने छैन ।
४. खरिद गर्न खोजेको परिमाण कम या बढी हुन सक्नेछ ।
५. दरभाउपत्र दाताले सिलबन्दी दरभाउपत्र २०८१ माघ १४ गते बेलुका ४ बजे भित्र कालिका स्वावलम्बन सामाजिक केन्द्र, कपिलवस्तु नगरपालिका ०३, कालिका गाँउमा स्थित कार्यालयमा ल्याई बुझाई सक्नु पर्नेछ । म्याद नाघेको, रित नपुगेको दरभाउपत्र उपर कुनै कारवाही गरिने छैन ।
६. प्राप्त सिलबन्दी दरभाउपत्रहरु खोलिने मिति र समय सम्बन्धित दरभाउपत्र दातालाई जानकारी गराईने छ । दरभाउपत्र दाता वा निजको प्रतिनिधीको अनुपस्थितमा पनि दरभाउपत्र खोल्न कुनै बाधा पुग्ने छैन ।
७. दरभाउपत्र स्विकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा निहित रहने छ ।
८. माथि उल्लेखित भएका कुराहरु बाहेक अन्य कुरा प्रष्ट गर्नु परेमा निम्न ठेगानामा सम्पर्क राखी जानकारी लिन सकिने छ ।
९. माथि उल्लेखित सामाग्रीहरुको दरभाउपत्र फाराम आवश्यक परेमा यस कार्यालयमा सम्पर्क गरी वा इमेल: ksscnepal2050@gmail.com मार्फत माग गर्न सकिने छ वा Jobs Nepal को अनलाइन पोर्टलबाट पनि डाउनलोड गर्न सकिन्छ ।
Link: Financial Proposal - Agri Inputs
Link: Financial Proposal - Water Test Kit (PA Vial for E-Coli Test)
सम्पर्क:
खरिद तथा लिलाम उप-समिति
कालिका स्वावलम्बन सामाजिक केन्द्र
कपिलवस्तु नगरपालिका ०३, कालिका गाँउ, तौलिहवा
सम्पर्क नम्बर: ०७६-५६०२८२
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 20 Jan, 2025 |
Apply Before | 27 Jan, 2025 |
City | Kapilvastu, Lumbini Province |