कोटेशन आह्वान सम्बन्धी सुचना

Village Development and Save the Environment Forum (VDSEF) Nepal Kalikot

Details / requirements:

कोटेशन आह्वान सम्बन्धी सुचना

प्रकाशित मिति: २०८१।१०।०९

ग्रामिण विकास तथा पर्यावरण संरक्षण मञ्च (VDSEF) नेपाल

VDSEF नेपाल, एक गैर-नाफामुखी संस्था, ३१ वर्षभन्दा बढी समयदेखि कालिकोट जिल्लामा बालअधिकार, स्वास्थ्य तथा पोषण, जलवायु परिवर्तन, गरिबी न्यूनीकरण, र आर्थिक संरक्षणका क्षेत्रमा कार्यरत छ। सीमान्तकृत र पिछडिएका समुदायहरूको सामाजिक, सांस्कृतिक अधिकार प्रवर्द्धन गर्दै शान्ति, स्थायित्व, र दिगो विकासको लक्ष्य VDSEF नेपालको मुख्य उद्देश्य हो।

VDSEF नेपालले विभिन्न नागरिक समाज संगठन (CSOS) र सरकारी निकायहरूसँग सहकार्य गर्दै बालअधिकार, स्वास्थ्य, पोषण, जलवायु परिवर्तन, र मानव अधिकारका क्षेत्रमा अनुभव हासिल गरेको छ। यसले महिला, एकल आमा, युवाहरू, बालबालिका, वृद्धवृद्धा, दलित, र जातीय अल्पसंख्यकहरूको अधिकार सुधारमा विशेष ध्यान दिएको छ।

तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकाको साझेदारीमा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा  सञ्चालन भइरहेको सहयात्रा-तेश्रो परियोजनाले ग्रामीण क्षेत्रका जोखिममा परेका बालबालिकाको शिक्षामा पहुँच, संरक्षण, लचकता, र यौन तथा प्रजनन स्वास्थ्यको अधिकार सुनिश्चित गर्दै कार्य गरिरहेको छ। परियोजनाले शिक्षा बालअधिकार शासन (CRG), बाल संरक्षण (CP), यौन तथा प्रजनन स्वास्थ्य र अधिकार  SRHR, र जलवायु परिवर्तनमा केन्द्रित कार्यक्रमहरूलाई प्राथमिकता दिएको छ।

कोटेशन सम्बन्धि शर्तहरू:

    कोटेशनका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू:

  • करचुक्ता प्रमाण पत्र (२०८१) को प्रतिलिपि वा म्याद थप गरेको प्रमाणपत्र
  • भ्याट प्रमाण पत्रको प्रतिलिपि
  • व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि

    छनौटका आधारहरू:

  • न्यूनतम मापदण्ड भित्रका आधिकारिक कागजातहरू अनिवार्य हुनुपर्नेछ।
  • वस्तुको मूल्य र गुणस्तरको आधारमा छनौट गरिनेछ।

३.    माग गरिएका वस्तु तथा सामग्रीहरूको स्पेसिफिकेशन:

माग गरिएका सामग्रीहरूको स्पष्ट विवरण (स्पेसिफिकेशन) र आवेदनको नाम स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्नेछ।

४.    खरिद आदेशको कार्यान्वयन:

  • खरिद आदेश जारी गरेको कति दिनभित्र सामग्री उपलब्ध गराउन सकिन्छ भन्ने विवरण अनिवार्य रूपमा कोटेशनमा समावेश गर्नु पर्नेछ।
  • कोटेशनसँगै सबै आवश्यक कागजातहरूमा हस्ताक्षर र छाप अनिवार्य हुनुपर्नेछ।

५.    मूल्य र परिमाणको जानकारी

  • सामग्रीहरूको प्रति इकाई मूल्य अनिवार्य रूपमा खुलाइएको हुनुपर्नेछ।
  • प्रति इकाई मूल्य र परिमाणको गुण-फलमा फरक परेमा प्रति इकाई मूल्यलाई मान्यता दिइनेछ।
  • मूल्य विवरणमा केरमेट भएमा सही छाप लगाइएको हुनुपर्नेछ।

६ .    कोटेशन पठाउने अन्तिम मिति र ठेगाना:

अन्तिम मिति: २०८१।१०।१५ भित्र

पठाउने ठेगाना:

ग्रामिण विकास तथा पर्यावरण संरक्षण मञ्च (VDSEF) नेपाल, कालिकोट

इमेल: procurement.vdsefkalikot@gmail.com

थप जानकारी:

थप जानकारी आवश्यक भएमा VDSEF नेपाल, कालिकोटमा बिहान १०: ०० बजे देखि दिउँसो ५: ०० बजे सम्म निम्न नम्बरहरूमा सम्पर्क गर्न सकिन्छ:

टेलिफोन: ०८७–४४००५७

मोबाइल: ९८४८३०५५११

Link: Child safeguarding form

Link: Quotation ECD Learning materials 

Link: ECD Book

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 22 Jan, 2025
Apply Before 28 Jan, 2025
City Kalikot