आशय पत्र आह्वान सम्बन्धी सूचना
Details / requirements:
बालविवाह, कम उमेरमा हुने र जबरजस्ती गरिने विवाह विरुद्धको परियोजना सञ्चालनका लागि इच्छुक समुदाय/स्थानीय, जिल्लास्तरीय नागरिक संघसंस्था छनौटका लागि
आशय पत्र आह्वान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८१/१०/१०
संयुक्त अधिराज्य राज्य विभाग (US Department of State) को आर्थिक सहयोगमा, सेभ द चिल्ड्रेन मार्फत रतौली युवा क्लबसँगको साझेदारीमा महोत्तरी जिल्लामा बालविवाह, कम उमेरमा हुने र जबरजस्ती गरिने विवाह (Child, Early and Forced Marriage - CEFM) विरूद्धको परियोजना सञ्चालन हुने भएकाले उक्त परियोजनामा सहकार्य गर्न इच्छुक यस जिल्लाभित्रका समुदाय तथा जिल्लास्तरमा क्रियाशील नागरिक समूह/सञ्जाल/संघसंस्था साथै गैरसरकारी संघसंस्थाहरू (समुदाय र पालिकास्तरमा क्रियाशील बालक्लब सञ्जाल, किशोर किशोरी समूह, युवा समूह/सञ्जाल, अपाङ्गता भएका व्यक्तिहरूको सञ्जाल, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको सञ्जाल) बाट तोकिएको ढाँचामा आशयपत्र आह्वान गरिन्छ ।
साझेदारीका लागि निम्न अनुभव र योग्यता भएका नागरिक समूह/सञ्जाल/संघसंस्था साथै गैरसरकारी संस्थाहरूलाई प्राथमिकता दिइनेछ:
- बालविवाह, कम उमेरमा हुने र जबरजस्ती गरिने विवाह न्यूनीकरण वा अन्त्य गर्ने अभियानमा क्रियाशील भएको ।
- लैङ्गिक असमानता तथा लैङ्गिक विभेद विरूद्धको अभियान सञ्चालनमा अनुभव भएको ।
- महोत्तरी जिल्लाका समुदाय र जिल्लास्तरमा कार्यक्रम सञ्चालन गर्ने संस्थाहरू ।
- स्थानीय तह लगायत अन्य सरोकारवालासँग समन्वय गरि काम गर्न सक्ने संस्थाहरू ।
- महिला, युवा, पछाडि पारिएका जातजाति, अपाङ्गता भएका नागरिक लगायतको अगुवाई तथा संलग्नता भएका संस्था ।
- जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका संस्थाको हकमा लेखा व्यवस्थापन प्रणाली सम्बन्धी ज्ञान तथा अनुभव भएको र दर्ता नभएका संस्थाको हकमा खर्च व्यवस्थापन सम्बन्धी सामान्य ज्ञान भएको ।
- बालविवाह, कम उमेरमा हुने र जबरजस्ती गरिने विवाह न्यूनीकरण गर्ने सन्दर्भमा रचनात्मक र सिर्जनात्मक सोच तथा योजना भएको ।
- समाज कल्याण परिषद् र जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका संघसंस्थाहरूको हकमा आ.व. २०८१/२०८२ सम्मको संस्था नवीकरण, कर चुक्ता (आ. ब.२०८०/२०८१) र संस्थाको पछिल्लो दुई आ.व. को लेखापरीक्षण प्रतिवेदन अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।
- लोहारपट्टी नगरपालिकाका स्थानीय संघसंस्थालाई विषेश ग्राह्यता दिनेछ ।
माथि उल्लेखित योग्यता र अनुभव भएका इच्छुक नागरिक संघसंस्थाहरूलाई तोकिएको ढाँचामा प्रस्तावना सहितको आशयपत्र, संस्था दर्ता प्रमाणपत्र, समाज कल्याण परिषद्मा आवद्धता प्रमाणपत्र, PAN दर्ता प्रमाणपत्र र विधानको प्रतिलिपि सहित मिति २०८१ माघ २० गतेभित्र यस संस्थामा पेश गर्न आह्वान गरिन्छ । प्रस्तावनाको ढाँचा लगायत अन्य जानकारी तल उल्लेखित इमेल ठेगाना वा फोन नम्बरमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ ।
प्रस्तावना, उल्लेखित कार्यालयहरूमा आफैँ उपस्थित भई वा दिइएको इमेल ठेगाना मार्फत पनि पठाउन सकिनेछ ।
सम्पर्कः
रतौली युवा क्लब, जलेश्वर न.पा.—२ महोत्तरी
सम्पर्क नं. ०४४५२०८४३
इमेलः eoi@ryc.org.np
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 23 Jan, 2025 |
Apply Before | 02 Feb, 2025 |
City | Mahottari |