यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तालिम सञ्चालनको लागि सिलबन्दी दरभाउ आह्वान

Autism Care Chitwan Society

Details / requirements:

अटिजम केयर चितवन सोसाईटी

भरतपुर, चितवन

यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तालिम सञ्चालनको लागि सिलबन्दी दरभाउ आह्वान

प्रकाशन मिति: २०८१ साउन ९

अटिजम केयर चितवन सोसाईटी, अटिजम भएका बालबालिकाका अभिभावकहरूको समुहद्वारा स्थापित गैर–सरकारी, गैर नाफामुलक संस्था हो । संस्थाले आफ्नो स्थापनाकाल देखि नै अटिजम भएका बालबालिका तथा व्यक्तिहरूको सचेतना, अधिकार र क्षमता विकासका लागि सक्रिय रुपमा काम गर्दै आएको छ ।

अटिजम केयर चितवन सोसाईटी र ह्याण्डीक्याप ईन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित समावेशी शिक्षा परियोजना अन्तर्गत कार्यरत कर्मचारीहरूको लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तालिम (बिस्तृत विवरणको लागि तल दिईएको तालिकामा हेर्नुहोला)  सञ्चालन गर्नु पर्ने भएकोले सेवाप्रदायक छनौट गरीने जानकारी गराउदै दरभाउ पत्र सहित सूचना गरीएको मितिले ७ दिन भित्र यस कार्यालयमा आईपुग्ने गरी दरभाउ पत्र उपलब्ध गरिदिनुहुन अनुरोध गरिन्छ । 

थप जानकारीको तलको लिकं प्रयोग गर्न सकिने  ।

TOR_SRHR.docx

पालन गर्नुपर्ने शर्तहरू:

  • दरभाउ पत्र पेश गर्दा फर्मको लेटर हेडमा अनिवार्य रुपमा पठाउनुका साथै दरमा कर भ्याट समावेश भएको हुनुपर्नेछ ।
  • दरभाउ पत्रलाई सिलबन्दी गरी पेश गर्नुपर्नेछ अन्यथा प्रक्रियामा सहभागी गराईने छैन ।
  • दरभाउ पत्र २०८१ साउन ९ गते देखि २०८१ साउन १५ गते साझ ५ बजे भित्र तल दिईएको ईमेल वा अटिजम केयर चितवन सोसाईटीको कार्यालयमा बुझाउनु पर्नेछ ।
  • मिति र समय नाघेका कोटेशनलाई समावेश गराईने छैन।
  • संस्थाले भुक्तानी गर्दा खाता दाखिला चेकबाट मात्र भुक्तानी गरिनेछ ।
  • कम्पनीको भ्याट दर्ता, अन्तिम करचुक्ता प्रमाण पत्र र कम्पनी दर्ता प्रमाण पत्र तथा नविकरण गरिएको फोटोकपि कोटेशन सँगै बुझाउनु पर्नेछ ।
  • नेपाल सरकारको नियम अनुसार लाग्ने करकट्टी गरिनेछ ।

Email: b.manandhar@accsnp.org

Contact No: 9801321738, 056535131

पत्राचार को लागि ठेगाना:

अटिजम केयर चितवन सोसाईटी, भरतपुर – १०, चितवन

Overview

Category Public Health, Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 24 Jul, 2024
Apply Before 30 Jul, 2024
City Chitwan