विधालयमा अपाङ्गता भएकाहरुको लागि पहुँच योग्य भौतिक पुर्वधारको परिक्षणका लागि आश्यपत्र माँग सम्बन्धी सुचना

Mithila Sarathi Society Nepal

Details / requirements:

विधालयमा अपाङ्गता भएकाहरुको लागि पहुँच योग्य भौतिक पुर्वधारको परिक्षणका लागि आश्यपत्र माँग सम्बन्धी सुचना

मिथिला सारथी समाज नेपाल बाराले २०७८ साल देखि सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको अपाङ्गता भएका व्यक्तिहरुको नेतृत्वमा संचलित एक गैर सरकारी संस्था हो । यस संस्थाको अपाङ्गता क्षेत्रमा विशेष दक्षता  रहेको र यस संस्थाले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र समावेशीकरणको वकालत गरेर ग्रामीण समुदायका अपाङ्गता भएका व्यक्तिहरुलाई समेत समान अवसर र समान पहुँच स्थापित गराउने कार्य गरि रहेको र अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र अवसरहरु उपलब्ध गराई शसक्तिकरण तथा समावेशीकरण मार्फत उहाँहरुको जीवस्तरमा व्यापक सुधार गर्ने  लक्ष्य सहित कार्य गरि रहेको छ ।  साथै यस संस्थाले अपाङ्गता भएको बाल बालिकाको शिक्षाको लागि सामुदायिक संलग्नता कार्यक्रम अन्तर्गत बारा जिल्ला आदर्श कोतवाल गाउँपालिका भित्र रहेका सामुदायिक विधालयहरुको अपाङ्गताहरुको लागि  पहुँचयोग्य भौतिक पुर्वधाराको परिक्षण गर्न सुचना प्रकाशन गरेको मितिले ५ दिन भित्र आवश्यक कागज पत्र सहित आश्य पत्र पेश गर्न  सम्बन्धीत सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

आवश्यक  कागजातहरु:

१. नेपाल सरकारको मान्यता प्राप्त संस्थाबाट सम्बन्धीत कार्यका लागि प्राप्त गरेको प्रमाण पत्रको  प्रतिलिपी (ईन्जिनियरिंग ब्याक ग्राउण्ड भएकोलाई प्राथमिकता दिइनेछ)

२. स्थायी लेखा  नम्बर दर्ता प्रमाण पत्रको प्रतिलिपी 

३. विधालयमा अपाङ्गताहरुको लागि  पहुँचयोग्य भौतिक पुर्वधारको परिक्षणका लागि गरेका तालिमको प्रमाण पत्रको प्रतिलिपी

४. अपाङ्गता सम्बन्धी विधालयमा अपाङ्गताहरुको लागि  पहुँचयोग्य भौतिक पुर्वधारको परिक्षण गरेको कार्य अनुभवको प्रतिलिपी

५ विधालयमा रहेका भवनहर,कक्षाकोठाहरु झ्याँल ढोकाहरु,खानेपानी धारा,शौचालय,बेन्च डेस्कहरू, कालोपाटी, खेल सामग्री, खेलमैदान आदि अपांग मैत्री छ, छैन नाप्न सक्ने .

शर्तहरु:

  • विधालय परिक्षण गर्नको लागि आदर्श कोतवाल गाउँपालिका भित्रका रहेका १७ वटा सामुदायिक विधालयहरुमा भौतिक रुपमा उपस्थित भई कार्य गर्नु पर्नेछ ।
  • विधालय परिक्षन गर्नको लागि प्राविधिक तथा वितिय प्रस्ताव सहितको आश्य पत्र र निवेदन,संस्थाको कार्यालय वा ईमेल मार्फत दर्ता गराउनु पर्नेछ । 
  • आश्य पत्रमा यातायात खर्च तथा खाना नास्ता तथा होटलबास सहित कुल लागत पेश गर्नु पर्नेछ ।
  • आश्य पत्रमा आफुले कबोल गरेको दररेट तथा कुल रकम अंक र अक्षरमा प्रस्ट हुने गरि उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा केरमेट वा फरक परेमा अक्षरलाई मान्यता दिईनेछ ।
  • परिक्षकले नियमानुसार प्रत्येक विधालयको छुटा छुटै प्रतिवेदन बनाई संस्थालाई बुझाउनु पर्ने छ ।
  • विधालयहरुको  परिक्षण गर्दा विधालय संग गरेको छलफलको प्रमाण पेश गर्नु पर्नेछ ।
  • आश्य पत्र व्यक्ति वा फर्म दुवैले भर्न सक्नेछ ।
  • आश्य पत्र स्वीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार संस्थालाई हुनेछ ।
  • विद्यालयको वातावरण सुधार गर्न कार्यशाला वा अपाँगता सम्बन्धी विधालयको भौतिक पुर्वधारको परिक्षण गरेको कार्य अनुभवको प्रतिलिपी विधालय संगको सार्वजनीकरण गर्नको लागि तीन दिने कार्यक्रम संचालन गर्ने । 

नोट:- आश्यपत्र भर्दा संस्थाले उपलब्ध गराएको फारम भरि कार्यालय समयमा व्यक्तिगत निवेदन वा फर्मको लेटरपैडमा निवेदन लेखि उल्लेखित कागजात सहित कार्यालय समयमा वा ईमेल ID:- mssn2078@gmail.com मार्फत पेश गर्नु पर्नेछ । दरखास्त दिने अन्तिम मिति २०८१ भाद्र १० गते सोमबार साँझ ५.०० बजे सम्म

सम्पर्क गर्ने:

मिथिल सारथी समाज नेपाल

आदर्श कोतवाल -६, बारा

ईमेल ID:- mssn2078@gmail.com, rambinay.mssnbara@gmail.com

९८४५४३०१७४, ९८५५०४२३९०

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 22 Aug, 2024
Apply Before 26 Aug, 2024
City Bara District