वित्त तथा प्रशासन अधिकृत (Finance and Administration Officer)
Details / requirements:
कर्मचारी आवश्यकता
प्रकाशित मिति: २०८१/०९/०८ गते
रतौली युवा क्लब र FCA को साझेदारीमा महोत्तरी र धनुषा जिल्लामा सञ्चालनमा रहेको सामाजिक आर्थिक सशक्तिकरण परियोजना (Socio-Economic Empowerment Project-SEEP) अन्तर्गत तपशिल बमोजिमका न्यूनतम योग्यता पुगेका १८ वर्ष पूरा भई ५० वर्ष ननाघेका सम्बन्धित पदमा इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ५ दिन भित्र आफ्नो व्यक्तिगत विवरण (Bio-data) सहितको निवेदनका साथ तल उल्लेखित लिंक मार्फत आवेदनको लागि आह्वान गरिन्छ ।
१. पद: वित्त तथा प्रशासन अधिकृत - १ जना (बिज्ञापन नं. १७- २०८१/०८२)
- व्यवस्थापन, वित्त, व्यवसाय प्रशासन तथा व्यवसाय अध्ययन विषयमा स्नातक वा सो सरह उत्तीर्ण भएको ।
- लेखा, वित्त, प्रशासन तथा खरिद-आपुर्ति व्यवस्थापन क्षेत्रमा कम्तिमा २ वर्ष कार्य अनुभव भएको ।
- कम्प्युटर संबन्धी व्यवहारिक ज्ञान तथा बजेट निर्माण र बजेट ट्रयाकिङ्ग गर्न सक्ने दक्षता भएको ।
- वित्तीय सफ्टवेयर जस्तै FAMAS को राम्रो ज्ञान, नेपाली र अंग्रेजी दुवै भाषामा रिपोर्टिङ तथा संचार क्षमता भएको ।
- सहकर्मीहरू, ग्राहकहरू, साझेदारहरू, र विक्रेताहरूसँग अन्तरक्रिया गर्न प्रभावकारी लिखित र मौखिक संचार सिप भएको ।
- संस्थागत विकास र क्षमता अभिवृद्धिको ज्ञान, वित्तीय विषयको उचित दस्तावेजीकरण गर्ने सीप।
- नैतिक मापदण्डहरूको पालना र संवेदनशील वित्तीय जानकारी ह्यान्डल गर्ने गोपनीयता।
- नेपाल सरकारको आर्थिक नियमावली र चल-अचल सम्पति व्यवस्थापन सम्बन्धी ज्ञान भएको ।
नोट։ उल्लेखित मिति तथा समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, अपाङ्गता भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ । निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनु पर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत։ अमान्य हुनेछ । कर्मचारी छनौट समितिको निणर्य नै अन्तिम निणर्य हुनेछ ।
दरखास्त दिने अन्तम मिति २०८१⁄०९⁄१२ गते साझ ५ बजे सम्म
आवेदनका लागि लिंक:
Overview
Category | Accounting and Finance, Finance & Administration |
Openings | 1 |
Position Type | Full Time |
Experience | 2 Years |
Education | Bachelor's in Management, Bachelors’ degree in Business Administration or any relevant field. |
Posted Date | 23 Dec, 2024 |
Apply Before | 27 Dec, 2024 |
City | Mahottari |