वस्तु तथा सेवाका लागि सूचीदर्ता गर्ने सम्बन्धी सूचना
Children as Zone of Peace National Campaign (CZOP) is a non-governmental and non-profit making organization established in 2003 by a team of senior child rights activist and human rights activists. CZOP upholds the vision to observe Child rights and rule of law fully implemented and adhered to, so that all the children can enjoy equal treatment with respect to their dignity and informed consciousness. CZOP has the mission to promote child friendly society through media mobilization, advocacy, documentation and capacity building to help curb violence against children, advance equality
Details / requirements:
वस्तु तथा सेवाका लागि सूचीदर्ता गर्ने सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०२३ अक्टुवर १७
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) बालबालिकाको क्षेत्रमा क्रियाशील संस्थाहरुको राष्ट्रिय सञ्जालको रुपमा सन् २००३ मा स्थापना भएको नागरिक सञ्जाल हो । यस सञ्जालले स्थापना कालदेखि नै बाल अधिकारको प्रर्वद्धनका लागि सदस्य संस्थाहरुको क्षमता विकास एवम् नेपाल सरकारसँग साझेदारी गर्दै नीति, योजना र कार्यक्रमहरुमा सरकारलाई रचनात्मक सहयोग गर्दै आएको छ । बालबालिका विरुद्ध हुने हिंसा, दुर्व्यवहार र बाल अधिकार हनन्का घटनाहरुमा न्यायको लागि विशेष पहल तथा विद्यालय शान्तिक्षेत्र अभियानको प्रर्वद्धनका साथै बाल अधिकार सुशासनका लागि क्रियाशील रहेको छ ।
यस सञ्जाल मार्फत सन् २०२४ मा बाल अधिकार सम्बन्धी विभिन्न अभियानका कार्यक्रमहरुलाई प्रभावकारी सञ्चालन गर्न तपसिल बमोजिमका समाग्री तथा सेवा सरल र गुणस्तरीय तरिकाले आपूर्ति गर्न आवश्यक भएकाले कानूनी हैसियत प्राप्त ईच्छुक फर्म, कम्पनी, सप्लायर्स, संस्थाहरु तथा व्यक्तिहरु (सेवाप्रदायक) लाई सूचीकरण हुन तोकिएको ढाँचामा यसै साथ संलग्न फारम (Supplier Registration Form) भरी आवश्यक कागजातहरुका साथ शिलबन्दी गरी १ महिना भित्रमा तल दिइएको ठेगानामा बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ ।
आवश्यक सामग्री तथा सेवाहरुको वर्गीकरण
१ | कार्यालय मसलन्द/स्टेशनरी तथा अन्य कार्यालय सञ्चालनका सामग्री (Stationaries and utilities) | २ | प्रेस, डिजाइन तथा छापाई सम्बन्धी काम (Press and Printing works) |
३ | होटल सेवा (Hotel Service)-(फूल बोर्ड, डे प्याकेज | ४ | ट्राभल तथा टुर सेवा (Air Ticket, Vehicle Hiring (bus, car, jeep etc) |
५ | कम्प्युटर, प्रिन्टर लगायत सूचना प्रविधिसँग सम्बन्धित सामग्रीहरु (Computers, Printers, Accessories (hard drive, pen drive, mouse, keyboard, sound speaker, scanner,cables etc) | ६ | भिजिविलिटि तथा ब्रान्डिङ सामग्री (T-shirt, Cap, Pen, Jacket, Bag, Cup etc) |
७ | कम्प्युटर तथा अन्य विद्युतीय र सूचना प्रविधि सम्बन्धी सामग्रीहरुको मर्मत तथा संभार (Repair and Maintenance Service for Computer, Printers and other electrical and electronic equipment) | ८ | कार्गाे तथा कुरीयर सेवा (Cargo & Currier Service) |
९ | विज्ञापन (विद्युतीय तथा छापा) सेवा (Advertisement Agency) | १० | फर्निचर (Furniture) |
परामर्शदाता सेवा (Consultancy Service): Requested to submit by mentioning the number of service if consultant or suppliers want to register for more than one service/category
1 | Translator/Interpreter | 2 | Research, Evaluation, Success/Impact Story writing |
3 | Photography, Audio, Video, Documentary Production and Media Campaigning | 4 | Policy Analysis and Advocacy Plan/Strategy Development |
5 | Training, Capacity Building and Event Management | 6 | Report, Proposal, Concept Note and Event Report Writing |
7 | Auditing, Tax etc | 8 | Graphic/Illustrator/IEC/BCC materials designing |
9 | IT/Software/Application/Database designing | 10 | Development of Manuals, Guidelines, Curriculum, Standard Operating Procedures etc) |
दरखास्त फारमका साथ पेश गर्नपर्ने कागजातहरु
१. पूरा भरी छाप तथा दस्तखत गरिएको “Supplier Registration Form”
२. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
३. स्थायी लेखा नम्बर/मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि
४. २०८०/८१ कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
५. नागरिकताको प्रतिलिपि
६. अध्यावधिक वैयक्तिक विवरण (व्यक्तिगत परामर्शदाताको लागि
७. एकै जनाको नाममा एउटा भन्दा बढी फर्म दर्ता भएको खण्डमा उक्त फर्महरुको नाम उल्लेख गरी स्व: घोषणा गर्नुपर्ने ।
८. भेण्डर प्रोफाइल
९. परामर्शदाताको हकमा सेवाको विस्तृत विवरण पेश गर्नुपर्ने
आवेदन पेशगर्नु पूर्वका शर्तहरु
- सेवा प्रदायक निकाय तथा संस्था सार्वजनिक खरिद अनुगमन कार्यालयबाट कालो सूचीमा नपरेको हुनु पर्नेछ ।
- सेवा प्रदान गर्ने संस्था, कम्पनी तथा व्यक्तिले बालश्रमिक प्रयोग नगरेको लिखित स्वप्रमाणीकरण निवेदन हुनुपर्नेछ । यदि सेवा प्रदानका क्रममा बालश्रम प्रयोग भेटिएको खण्डमा करार तुरुन्त खारेज गरि बाँकी भुक्तानी रोकिनेछ ।
- सेवा प्रदान गर्ने संस्था, कम्पनी तथा व्यक्तिलाई नेपालको कानूनले बाल हिंसा अभियोग या सजाय भोगेका हुनु हुदैन ।
- सेवा प्रदान गर्ने संस्था तथा कम्पनीले अनिवार्य रुपमा बाल संरक्षण मापदण्ड तर्जुमा गरी कार्यान्वयन गरेको हुनु पर्दछ । यदि बाल संरक्षण मापदण्ड तयार भएको छैन भने सो कार्यका लागि यस अभियानले प्राविधिक सहजीकरण गर्नेछ ।
- सिजपका कर्मचारी तथा कार्यसमितिका सदस्यहरुको प्रत्यक्ष संचालनमा रहेको सेवा प्रदायक संस्था वा कम्पनीले दिएको निवेदन मान्य हुने छैन । सिजपका कर्मचारी तथा कार्यसमितिका सदस्यहरुको नातेदार संलग्न रहेको सेवा प्रदायक संस्था वा कम्पनीको हकमा सम्बन्धित कर्मचारी वा कार्यसमिति सदस्यले Conflict of Interest मा दस्तखत गरी पेश गर्न सक्नेछन् ।
नोट: आवेदन पेश गर्न तथा अन्य आवश्यक जानकारीको लागि यस संस्थाको तपसिलको ठेगानामा सम्पर्क गर्न सकिनेछ ।
इमेल: procurement.czop2023@gmail.com, info@czopnepal.org, फोन: 015244062
संलग्न:
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 17 Oct, 2023 |
Apply Before | 15 Nov, 2023 |
City | Kathmandu |