वरिष्ठ कार्यक्रम अधिकृत (Sr. Program Officer)
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
मिती २०८१ साल पौष १४ गते प्रकाशीत
राष्ट्रिय कृषक समूह महासंघ, नेपाल सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघले सीमान्तकृत, भूमिहिन, महिला र साना किसानहरुको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुंच स्थापना एवं किसानको जीवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्य गर्दै आएकोछ ।
कृषक पाठशाला अभ्यासबाट जलवायुमैत्री उत्थानशील कृषि अभ्यासका साथै जलवायुमैत्री गाउँ अभ्यास मार्फत लक्षित वर्गको जलवायु उत्थानशील क्षमता विकास र जीविकोपार्जनमा टेवा पुर्याउने उदेश्यले सिरहा र सप्तरी जिल्लाका स्थानीय तहहरुसंगको सहकार्यमा, कृषक समुदायको सशक्तिकरण एवं क्षमता अभिवृद्धि साथै जीविकोपार्जनका गतिविधिहरुको स्थलगत अभ्यास एवं ब्यवसायिक रुपान्तरणसंग सम्बन्धित गतिविधिहरु यस महासंघले केएर नेपाल संगको सहकार्यमा संचालन गरिरहेको छ ।
यसै क्रममा महासंघलाई मधेश प्रदेशको सिरहा र सप्तरी जिल्लामा रही काम गर्न इच्छुक, योग्यता पगेका १ जना नेपाली नागरिकको आवश्यकता भएको हुँदा तपशिलमा उल्लेखित ठेगानामा २०८१ पौष २३ गते सम्ममा रितपूर्वकको निवेदन पेश गर्न अनुरोध गरिन्छ ।
पद | संख्या | शैक्षिक योग्यता | आवश्यक अनुभव |
वरिष्ठ कार्यक्रम अधिकृत (Sr. Program Officer) | १ | कृषि विज्ञान, वन विज्ञान, तथा वातावरण विज्ञान वा सो सरहको विषयमा स्नातक तह उतिर्ण |
|
महिला, दलित, सीमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइने छ ।
पूर्वी तराइमा काम गरेको अनुभव भएको र मैथिली बोल्न जान्नेलाई विषेश प्राथमिकता दिईनेछ ।
छोटो सूचिमा परेका उम्मेदवारहरुलाई मात्र थप प्रकृयामा समावेश गराईनेछ ।
दरखास्त साथ बुझाउनु पर्ने कागजातहरु:
रितपूर्वकको निवेदन, तथा वायोडाटाको साथमा नेपाली नागरिकता, प्रमाण पत्रको प्रतिलिपि, प्यान कार्ड, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रहरुको प्रतिलिपि,
दरखास्त बुझाउने ठेगाना: ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।
ड्राइभिङ्ग लाइसेन्स अनिवार्य छ ।
दरखास्त बुझाउने अन्तिम मिति: २०८१ साल पौष २३ गते बेलुका ०५ बजे सम्म
छनौट विधी: लिखित र मौखिक
पदपूर्ति समिति
Overview
Category | Development and Project, Development / NGO, Agriculture/Livelihood, Forestry |
Openings | 1 |
Position Type | Full Time |
Experience | 3+ years |
Education | B.Sc. (Forestry), B. Sc. in Agriculture, Bachelor's degree in a related field |
Posted Date | 29 Dec, 2024 |
Apply Before | 07 Jan, 2025 |
City | Kathmandu |