वर्ल्ड भिजन इन्टरनेश्नल नेपाल र समाज विकास केन्द्र महोत्तरीको सहकार्यमा सञ्चालित ECO School & CARE परियोजना समापन सम्बन्धमा

Social Development Center

Social Development Centre (SDC) Mahottari is non-political and non-profitable NGO established in 1996 by a group of Terai marginalized group’s activists. Since then, SDC is fully dedicated to work in humanitarian assistance, community development, livelihood, Child Well Being, and environmental protection mainly in the Terai region of Nepal through the humanitarian and long-term development projects.

Details / requirements:

सूचना सूचना सूचना

वर्ल्ड भिजन इन्टरनेश्नल नेपाल र समाज विकास केन्द्र महोत्तरीको सहकार्यमा सञ्चालित ECO School & CARE परियोजना समापन सम्बन्धमा ।

प्रथम पटक प्रकाशित मितिः २०८१/११/०७ गते

समाज विकास केन्द्र महोत्तरी जिल्लामा दर्ता भई विगत २८ वर्ष देखि सञ्चालनमा रहेको एक गैर सरकारी संस्था हो । यस संस्थाले जिल्लाको विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूसँगको समन्वय सहकार्यमा बालबालिका तथा शिक्षा, जीविकोपार्जन, खानेपानी स्वास्थ्य तथा सरसफाई, भवन निर्माण, वृक्षारोपण, कक्षा कोठा व्यवस्थापन,सामाजिक परिचालन जस्ता कार्यहरूमा सुदृढीकरण तथा समाजिक सुशासन दिगोपना बढाउने हेतुले स्थानीय, प्रदेश तथा संघीय सरकारलाई, सहयोग गर्न विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आइरहेको छ । यस संस्थाले सञ्चालन गर्दै आएको परियोजनाहरू मध्ये वर्ल्ड भिजन इन्टरनेश्नल नेपाल र समाज विकास केन्द्र महोत्तरीको सहकार्यमा महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा सञ्चालित ECO School & CARE परियोजना कार्यान्वयन गरि सञ्चालन गरिरहेको गरेको छ । यस परियोजना लागु गर्न तथा सफल बनाउनको लागि सहयोग गर्नु हुने प्रदेश सरकार, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय अन्य सरकारी कार्यालयहरू, एकडारा गाउँपालिका सुरक्षा निकाय, संचार माध्यमहरू, व्यवसायीहरू, बालबालिकाहरू, अभिभावकहरू साथै अन्य साझेदार निकायहरूको सक्रिय सहभागिता तथा सहयोगका निम्ति समाज विकास केन्द्र आभारी छ ।

यसै सम्दर्भमा परियोजनाद्वारा सञ्चालन हुने सम्पुर्ण कार्यक्रम तथा गतिविधिहरू यही मिति २०८१ साल चैत १८ गते तदनुसार ३१ मार्च २०२५ सम्ममा समापन हुने जानकारी गराउन चाहान्छौँ । साथै यस परियोजना मार्फत सञ्चालन र सम्पन्न भएका गतिविधिहरूको प्रतिवेदन आउदो फागुन मसान्तभित्र सम्बन्धित निकायहरूमा पेश गरिने र हामीले सेवा प्रदान गर्ने समुदायप्रति हाम्रो जवाफदेहिता सुनिश्चित गर्नेछौँ भन्ने कुरा यसै सूचना मार्फत जानकारी गराउन चहान्छौँ ।

साथै, यसै सूचना मार्फत परियोजनासँग सम्बन्धित यसवर्षको सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान भइ भुक्तनी चुक्ता वा फर्छ्यौट भईसकेको जानकारी गराउन चाहान्छौँ । यदि कुनै संस्था वा व्यक्तिसँग परियोजनासँग सम्बन्धित सेवा वा वस्तु वापतको हिसाब मिलान र भुक्तनी हुन बाँकी भए, यस सुचनालाई आधार मानी पहिलो पटक सूचना प्रकाशित भएको मितिबाट ३५ दिन भित्र दाबी गर्न आउन अनुरोध गर्दछौँ । म्याद नाघी आएको दाबी उपर यस संस्था वा संस्थाको साझेदार संस्थाहरू जवाफदेही हुन असमर्थ हुने व्यहोरा यसै सूचना मार्फत अवगत गराउँदछौँ ।

थप जाकारीका लागिः

समाज विकास केन्द्र महोत्तरी, जिल्ला महोत्तरी

फोन नंः ९८१९८७४२७१

ईमेलः sdcmahottari@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 19 Feb, 2025
Apply Before 25 Mar, 2025
City Mahottari