उधोग/पसल/फर्म/कम्पनि र सप्लायर्स सुचिकृत गराउने सम्बन्धी सूचना

Community Development & Advocacy Forum Nepal

Details / requirements:

उधोग/पसल/फर्म/कम्पनि र सप्लायर्स सुचिकृत गराउने सम्बन्धी सूचना

प्रकाशित, मिति: २०८१/०९/२४

उपरोक्त सम्बन्धमा यस संस्था सामुदायिक विकास तथा पैरवी मंच नेपाल, बर्दिवास महोत्तरीको द्धारा save the chlidren international को आर्थिक सहयोगमा महोत्तरी जिल्लाको बर्दीबास, गौशला , औरही, भंगाहा र लोहारपट्टीमा संचालन गरिने sponsorship program (समुन्नती), CSSP (पँहुच) परियोजना मार्फत संचालन गरिने बिभिन्न कार्यक्रम, तालिम गोष्ठी तथा परियोजना निर्माणका लागि साथै यस संस्था सामुदायिक विकास तथा पैरवी मंच नेपाल, बर्दिवास महोत्तरी द्धारा बिभिन्न बिकास साझेदार निकायको आर्थिक सहयोगमा संचालन भईरहेको परियोजनाहरुको लागि समेत तपशिल बमोजिमका उधोग/पसल/फर्म/सप्लायर्स संग सम्बन्धित बस्तु तथा सेवाहरु आवश्यकता पर्न सक्ने संभावनालाई मध्ये नजर गरि संस्थाको निति अनुसार बस्तु तथा सेवाको कारोवार गर्न सक्ने देशै भरका तपशिलम बमोजिमका उधोग/पसल/फर्म/सप्लायर्स आफ्नो उधोग/पसल/फर्म/सप्लायर्सले  नविकरण गरेको व्यवसाय वा कम्पनि दर्ताको प्रमाणपत्र तथा इजाजतपत्र, अद्यावधिक नविकरण फर्मको प्रमाणपत्र, मुल्य अभिवृद्धि करमा दर्ताका प्रमाणित प्रमाणपत्र वा स्थायी लेखा नम्बरको प्रमाणित प्रमाणपत्र प्रतिलिपि, आ.व. २०८० /०८१ को कर चुक्ता गरेको प्रमाणित प्रतिलिपि वा म्याद थपको पत्र र संस्थाको बैंक खाताको विवरण सहित इच्छुक सम्बन्धित उधोग/पसल/फर्म/सप्लायर्स तथा आपुर्तिकर्ताहरुबाट सूचना प्रकाशित भएको मितिले १५ (प्रन्ध) दिन भित्र  २०८१/१०/०९ गते साँझ ४ वजे भित्रमा कार्यालयमा सम्पर्क गरि वा एडमिन तथा लजिष्टिक बिभागको ईमेल Khadga@cdafn.org.np मार्फत सुचिकरण गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ । विस्तृत जानकारीको लागि कार्यालय समय भित्र मोवाइल नं ९८४४०३००९३/९८४४४२३९८५ मा सम्पर्क गर्न अनुरोध गरिन्छ । यस भन्दा पहिला संस्था संग कारोबार भएकाको हकमा (कालो सुचि वा  संस्थागत निर्णयबाट बन्देजमा परेका बाहेक) सुचिकरण कायम राख्दै आ.व २०८०/०८१ को करचुक्ता र बैक खाता मांग गरिएको व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराईन्छ ।

तपशिल

  • स्टेशनरी उधोग/पसल/फर्म/सप्लायर्स
  • हार्डवयर/पेन्टस उधोग/पसल/फर्म/सप्लायर्स
  • होटल तथा खाजा घर 
  • प्रेस तथा छापाखाना, पव्लिकेसन्स,
  • कम्पयुटर तथा प्रिन्टर सप्लायर्स तथा मर्मत उधोग/पसल/फर्म/सप्लायर्स
  • टायल्स , व्लक तथा सिमेन्टको सामाग्रि उधोग/पसल/फर्म/सप्लायर्स
  • स्वास्थ्य सामाग्रि उधोग/पसल/फर्म/सप्लायर्स
  • फर्निचर तथा फिक्चर्स उधोग/पसल/फर्म/सप्लायर्स
  • भाँडा तथा किचेन सामाग्री उधोग/पसल/फर्म/सप्लायर्स
  • गार्मेन्टस उधोग/पसल/फर्म/सप्लायर्स
  • मोटरसाईकल मर्मत उधोग/पसल/फर्म/सप्लायर्स
  • किराना उधोग/पसल/फर्म/सप्लायर्स
  • बिमा कम्पनि (जिवन तथा निर्जिबन)
  • स्र्माट बोर्ड सप्लायर्स तथा आईटि कम्पनिहरु
  • नर्सरि तथा कृर्षि फर्महरु
  • भेटनरि तथा बिउ बिजन सप्लायर्सहरु
  • यातायात तथा ढुवानि सेवा (व्यक्तीगत समेत)
  • क्याटरिङ तथा टेन्ट हाउसहरु
  • जुक्ता चप्पल , कपडा तथा , व्याग पसल फर्म सप्लयार्स
  • पशु पंक्षि फर्म तथा सप्लायर्स
  • कस्मेटिक फर्म तथा सप्लायर्स 
  • सिप मुलक तालिम तथा सेवा प्रदायक कन्सल्टेन्सी 

सामुदायिक विकास तथा पैरवी मन्च नेपाल ,बर्दिबास, महोत्तरी

मोवाइल नं ९८४४०३००९३/९८४४४२३९८५

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 08 Jan, 2025
Apply Before 22 Jan, 2025
City Mahottari, Bardibas