TOT for Dairy Technicians Training / डेरी प्राविधिकहरुको लागि प्रशिक्षण तालिम
Details / requirements:
Training of Trainers for Dairy Technicians Training
डेरी प्राविधिकहरुको लागि प्रशिक्षण तालिम
जर्मन विकास सहयोग (German Development Cooperation) अन्तर्गत Physikalisch-Technische Bundesanstalt (PTB) जर्मनीको सहयोगमा डेरी उद्योग संघले डेरी प्राविधिकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षकहरुका लागि Training of Trainers (ToT) तालिम आयोजना गर्दैछ । तालिम कार्यक्रम नेपाल एग्रीविजीनेस इनोभेसन सेन्टर (NABIC) सँगको सहकार्यमा संचालन हुने छ । कार्यक्रम पश्चात तालिम सहभागीहरु मार्फत डेरी उद्योगहरुको गुणस्तर अभिवृद्धि कार्यक्रम संचालन गर्ने उद्देश्य रहेको छ ।
प्रशिक्षक तालिमको लक्षित समूह
(क) डेरी वा खाद्य प्रविधि (Dairy or Food Technology) वा सम्वन्धित विषयमा वा तोकिएको शैक्षिक योग्यता भई निर्धारित अनुभव प्राप्त भएको, तथा
(ख) डेरी क्षेत्रमा तालिम तथा परामर्श दिन प्रतिवद्ध रहेको ।
तालिमको उद्देश्य
- सहभागीहरुको डेरी उद्यम स्तरमा व्यवस्थापन तथा डेरी प्राविधिकहरुलाई गुणस्तरीय उत्पादन सम्वन्धी प्रशिक्षण प्रदान गर्न गराउन क्षमता अभिवृद्धि गर्ने ।
तालिम सहभागीहरुको न्यूनतम योग्यता
(क) B.Sc. Dairy Technology वा B. Tech Food Technology वा B.Sc. Chemistry वा B.Sc. Microbiology मा स्नातक गरेको । डेरी उद्योगमा अनुभव प्राप्त गरेकाहरु लाई प्रार्थमिकता दिइने छ । वा
(ख) Dairy Diploma वा I.Sc. वा Science मा 10+2 पूरा गरी दुग्ध उद्योगमा गुणस्तर नियन्त्रण प्रयोगशाला र दूध प्रशोधनमा न्यूनतम ३ वर्षको कार्य अनुभव भएको । वा
(ग) SLC/SEE पूरा गरी दूध उद्योगमा गुणस्तर नियन्त्रण प्रयोगशाला र दूध प्रशोधनमा न्यूनतम ७ वर्ष कार्य अनुभव भएको ।
तालिमको अनुमानित अवधि: १० हप्ता
तालिम आरम्भ हुने अनुमानित मिति: २०८० भाद्र ३ गते
तालिम सिट संख्या: १२ जना
तालिम सम्वन्धी अन्य महत्वपूर्ण जानकारीहरु:
- आवेदकहरु मध्येबाट कार्यक्रमको उद्देश्य अनुरुप योग्यताको आधारमा सहभागीहरु छनौट गरिने छ ।
- सहभागीहरु कार्यक्रम अवधि भर निरन्तर रुपमा उपलब्ध हुनुपर्ने छ ।
- प्रशिक्षण तालिम पश्चात उद्यमस्तरमा संचालन गरिने क्षमता अभिवृद्धि कार्यक्रममा प्रशिक्षकको रुपमा सहभागी हुन प्रतिवद्ध हुनुपर्ने छ ।
- तालिमको व्यवहारिक सत्रहरु (practical sessions) डेरी उद्योगहरुमा संचालन गरिने छ ।
- तालिम अवधिभर सहभागीहरुलाई भत्ताको व्यवस्था मिलाईएको छ ।
- तालिमको अन्त्यमा सहभागीहरुलाई प्रमाणपत्र उपलब्ध गराईने छ ।
आवेदन बुझाउने अन्तिम मिति: २०८०/०४/१४
आवेदन पेश गर्ने सम्वन्धी जानकारी:
तालिममा सहभागी हुने इच्छुक महानुभावहरुले आवेदन पत्र र हालको बायोडाटा (Bio-data) सहित निम्न इमेल आईडी वा ठेगानामा पेश गर्न अनुरोध गरिन्छ ।
इमेल: info@nabic.com.np अथवा
ठेगाना: नेपाल एग्रिविजीनेस इनोभेसन सेन्टर (NABIC), का.म.न.पा. २, ४७ नील सरस्वती मार्ग, गैरीधारा, काठमाडौं ।
थप जानकारीको लागि सम्पर्क व्यक्ति: तालिम संयोजनक, मोबाइल नं. ९८४८४७७६९४
नोट: प्रारम्भिक रुपमा छनौट हुनु भएका आवेदकहरुलाई मात्र सम्पर्क गरिनेछ ।
Overview
Category | Development and Project, Employment Training |
Openings | 12 |
Position Level | Trainee |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 14 Jul, 2023 |
Apply Before | 30 Jul, 2023 |
City | Kathmandu |