दररभाउ (Quotation) सम्बन्धी सूचना
Details / requirements:
समग्र जन उत्थान केन्द्र लहान, सिरहा
दररभाउ (Quotation) सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मितिः २०८१।०६।०७ गते
समग्र जन उत्थान केन्द्र मानव अधिकारको संरक्षण, सम्बर्धन र प्रवर्धन एवं द्वन्द्व न्यूनिकरण, शान्ति निर्माण र समाजमा बिद्यमान हानिकारक सामाजिक अभ्यास तथ मुल्य मान्यता रुपान्तरणका लागि बिगत दुई दशक देखि विभिन्न साझेदार राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था, सरकारी निकाय, स्थानीय तहसँग समन्वय र सहकार्य गरि समुदायका बिभिन्न लक्षित समुदाय, दलित, महिला, बालबालिका, जेष्ठ नागरिक, यौनिक तथा अल्पसंख्यक, द्वन्द्व पीडित, किशोरी, युवा, अपांगता भएका ब्यक्ति र सिमान्तकृत समुदायका सवालमा निरन्तर रुपमा कार्य गर्दै आएको छ ।
यसै क्रममा यस संस्थालाई आर्थिक वर्ष २०८१/०८२ को लागि आवश्यक तपसिलमा उल्लेखित बस्तु तथा सेवाहरू आपूर्ति प्रवाह गर्ने प्रयोजनको लागि सम्बन्धित बिषयमा कारोवार गर्न सुचिकृतका लागि पेस गरेको सेवा प्रदायक रजिष्टर्ड फर्म, कम्पनी तथा व्यक्तिहरूले आफूले आपूर्ति गर्ने सामान एवं सेवाहरूको दररभाउ (Quotation) प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस संस्थाको ईमेल ठेगाना procurement.samagralahan@gmail.com मा सम्पूर्ण कागजात स्क्यान गरि पठाउनुहुनु अथवा लहान नगरपालिका वडा नं.- ८ यातायात कार्यालयको ५० मिटर दक्षिण पुर्वमा अवस्थित यस कार्यालय स्वंय उपस्थित भई कार्यालय समय ५:०० बजे भित्र पेश गर्न हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।
कोटेसन पेस गर्नुपर्ने बस्तु तथा सेवाहरू
१. फर्निचर आपूर्ति, फर्निसिङ तथा मर्मत
२. स्टेशनरी र तथा खेल सिकाई सामाग्री आपूर्ति
३. छापाखाना र छपाई सम्बन्धी काम डिजाईनिङ
४. इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स उपकरणहरू, डेक्सटप, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, यु.पी.एस. ब्याट्री, प्रीन्टर टोनर तथा सो संग सम्बन्धित पार्टपुर्जाहरूको आपूर्ति तथा मर्मत संभार सेवा ।
५. निर्माण सम्बन्धि सेवा
६. राहत तथा खाद्य र गैर खाद्य सामाग्री
७. वीमा सम्बन्धि सेवा
८. मोटरसाइकल विक्री तथा मर्मत संभार
९. सवारी साधन भाडामा उपलब्ध गराउने
१०. कुरियर तथा ढुवानी सम्बन्धी कार्यहरू
११. बीउ बिजनको आपूर्ति
१२. कृषि उपकरण तथा सामाग्रीहरूको आपूर्ति
१३. सूचना प्रकाशन तथा प्रसारण
१४. निर्माण, रङ्गरोगन, प्लम्बिङ्ग,पाईप आपूर्ति तथा मर्मत कार्यहरू
१५. होटल तथा रेष्टुरेण्ट सेवा
१६. सफ्टवेएर, एप्स तथा वेबसाईट निर्माण
१७. लेखा परिक्षण सेवा
१८. अन्य परामर्श सेवाहरू ,विशेषज्ञ, प्रशिक्षण सेवा आदि ।
१९. प्रशोधित (जार) पिउने पानी आपूर्ति ।
२०. होर्डिङ्ग बोर्ड, फ्लेक्स बोर्ड, भित्ते लेखन सम्बन्धी कार्य
२१. ड्रेस, ब्याग तथा छाता लगायतको आपूर्ति ।
२२. Tours & travel, घरेलु तथा अन्तराष्टिय हवाइ टिकट
२३. खाधान्न तथा किराना सामानहरू
२४. आषधि जन्य तथा साहायक सामग्रि
अन्य शर्त तथा जानकारीहरू:
कोटेसन उपलब्ध गराएका आपूर्तिकर्ता, फर्म र कम्पनीहरू मध्येबाट योग्य ठहरिएका आपूर्तिकर्ता, फर्म वा कम्पनीहरूलाई जानकारी गराइने छ । यस उपर कुनै दावी बिरोध गर्न पाईने छैन । कारोवार गर्न योग्य हुने वा नहुने सम्पूर्ण अधिकार यस संस्थामा निहीत रहनेछ । म्याद नाघि आएको कोटेसन उपर कुनै कारवाही गरिने छैन ।
पेश गर्नुपर्ने कागजातहरू
- फर्म/कम्पनीको दर्ता प्रमाणपत्र,
- स्थायी लेखा नम्वर (PAN) प्रमाणपत्र,
- मूल्य अभिबृद्धि कर (VAT) दर्ता प्रमाणपत्र
- पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्र,
- स्वघोषणा निवेदन
कोटेसनको ढाँचाको लागि निम्न लिखित ठेगानामा सम्पर्क गर्नुहोस
समग्र जन उत्थान केन्द्र लहान, सिरहा
procurement.samagralahan@gmali.com
मोबाइल नं.- 9840054168
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 23 Sep, 2024 |
Apply Before | 07 Oct, 2024 |
City | Siraha |