दरभाउपत्र आह्वानको सूचना
Details / requirements:
दरभाउपत्र आह्वानको सूचना
(प्रथम पटक प्रकाशित मितिः २०८१/०८/०३
यस संस्थाद्धारा आ.व. २०८०/०८१ मा पाँचपोखरी थाङपाल-०२ बाङगदाङ , सिन्धुपाल्चोक जिल्लामा सञ्चालित परियोजना “हिमालयन लाईफ एजुकेशन सेन्टर फेज-३’’ को लागि निमार्ण सामग्री (काठ) आवश्यक भएकोले इच्छुक योग्य आपुतिकर्ताले फारम प्राप्त गरि मिति २०८१/०८/१३ गते बेलुकी ५ बजे भित्रमा बोलपत्र सम्बन्धि कागजातमा उल्लेख भए वोमोजिमको विवरण र सर्तहरूको अधिनमा रही रीतपुर्वक बोलपत्र पेश गर्नहुन यो सूचना प्रकाशित गरिएको छ ।
आवेदन पेश गर्ने प्रक्रियाः
ईच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्मले आफूले बोलपत्रको आवेदन फारम ,प्राविधिक विशिष्टता फारम, Financial Proposal Bidding Form र Bidder जानकारी फारम तल दिइएका लिङ्कहरूमा गई डाउनलोड गरि प्राप्त गर्न सकिनेछ:
Link 1: Bidder Information Form
Link 2: Bidding Specification Form
Link 3: Bidding Financial Proposal and Specification Form
आवश्यक कागजातहरु यस कार्यलयको ईमेल foundation@himalayanlife.com मार्फत पठाउन सक्नुहुनेछ ।
बोलपत्रको आवेदन सहित पेश गर्नु पर्ने कागजातहरू:
- कम्पनी वा फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी
- आर्थिक वर्ष २०८०/०८१ को कर चुक्ताको प्रमाण पत्र प्रतिलिपी
- VAT र PAN दर्ताको प्रमाण पत्र प्रतिलिपी
- अन्य कुनै संस्था, कम्पनी वा फर्मसँग यस्तै वा सम्बन्धीत कार्य अनुभवको कृतज्ञता, क्षमता तथा सेवा प्रदायको बारेमा लेखिएको चिठी वा कागजात ।
- आर्थिक वर्ष २०८०/०८१ को कम्पनी वा फर्मको अध्यावधी
अन्य शर्तहरू
- दरभाउ पेश गर्ने फर्महरू कम्तिमा ३ वर्ष पुगेको हुनु पर्ने छ ।
- म्याद नाधि आएको, रीत नपुगेको र शर्त राखिएको दरभाउपत्र उपर कारवाहि हुने छैन
- दररेटमा अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिईनेछ । केरमेट भएकोमा केरमेट भएको ठाउमा सहिछाप भएको हुनु पर्नेछ ।
- यस कार्यालयको हितलाई ध्यानमा राखि दरभाउपत्र स्वीकृत गर्ने, नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने वा रद्द गर्ने सबै अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
- छनोटमा परेका कम्पनी वा फर्मसँग परियोजनाको अवधिलाई ध्यान राखि कार्य सम्झौता गरि कारोवार गरिने छ ।
नोटः पेस गरिएको बोलपत्रको आधारमा सेवाप्रदायक कम्पनी,फर्म वा आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार हिमालयन लाईफ फाउण्डेशनमा निहित हुनेछ ।
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 18 Nov, 2024 |
Apply Before | 28 Nov, 2024 |
City | Kathmandu |