दरभाउ पत्र माग सम्बन्धमा

Panchtara Yuwa Samrakshak Manch (PTYSM) ,Jajarkot

Details / requirements:

पाँचतारा युवा संरक्षक मञ्च , जाजरकोट

प्रथम पटक प्रकाशित मिति: २०८१/१०/२७

विषय: दरभाउ पत्र माग सम्बन्धमा।

पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट गैर धार्मिक, गैर राजनीतिक तथा गैर नाफामुलक गैर सरकारी संस्थाका रुपमा विगत २७ वर्ष देखि शिक्षित बालमैत्री र वातावरणमैत्री समतामूलक समाज निर्माण गर्ने परिकल्पना सहित कर्णाली प्रदेशमा कार्यरत छ । जिल्लाका विपन्न बर्ग, महिला, बालबालिका, दलित, जनजाति तथा अल्पसंख्यक समुदायहरूको जिविकोपार्जन, सशक्तिकरण, समानता तथा सामाजिक न्याय र कृषि, शिक्षा, स्वास्थ्य पोषणका क्षेत्रमा कार्यरत रहेको छ । वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित PCESP र IQE परियोजनाबाट बालबालिकाहरूलाई वितरणका लागि तपशिल अनुसारको आवश्यक समाग्रीको मागका लागि मिति २०८१ माघ २७ गते बाट २०८१ फाल्गुण ४ गते भित्र JobsNepal मा प्रकाशित सूचनाबाट लिङ्क डाउनलेड गरि ptysm.procrument@gmail.com मा पठाउन अनुरोध गर्दछौ । साथै कोटेशनको अन्तिम मिति सम्म एक सेट नमुना समेत उपलब्ध गराउनु पर्ने छ नमुना पाँचतारा युवा संरक्षक मञ्चको कार्यालय वा World Vision International Nepal Field Office धनगढी कार्यालयमा बुझाउन सकिने छ  सामाग्री खरिदका लागि Long Term Agreement गरि आगामाी दिनमा अरु सामाग्री आवश्यक परेको खण्डमा अरु साझेदार संस्थाहरूलाई समेत सामाग्री उपलब्ध गराउनु पर्ने छ  ।

आवश्यक कागजातहरू

  • स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र प्रतिलिपी
  • कर चुक्ता प्रमाण(पत्र प्रतिलिपी (२०८०/०८१)
  • कार्य गरेको अनुभव पत्र 

शर्तहरू

  • दरभाउ पेश गर्दा ढुवानीको हकमा सम्बन्धीत स्थानबाट जाजरकोट खलङ्गा सम्मको ढुवानीलाई समेत समेटि  पेश गर्नुपर्ने छ ।
  • दरभाउ पत्रमा केरमेट गर्न पाइने छैन । 
  • आपुर्तिकर्ता आचार संहितामा हस्ताक्षर तथा छाप भएको हुनपर्ने छ ।
  • बाल संरक्षण नितिमा हस्ताक्षर र छाप भएको हुनुपर्ने छ ।
  • दरभाउ पत्र पेश गर्ने फर्म अनिवार्य रुपमा भ्याटमा दर्ता भएको हुन पर्ने छ ।

Links:

Stationary Quatation_SL

Supplier Registration Form_ Nepali Version

Suppliers Code of Conduct and Child Safe Guarding Policy

दरभाउ पत्र २०८१  माघ २७  , देखि फाल्गुण ४  गते सम्म कार्यलय समयभित्र ptysm.procurement@gmail.com मा वा प्रत्यक्ष रुपमा भेरी नगरपालिका वडा नं ३ मा रहेको कार्यालयमा  बुझाउन सकिने छ साथै यो प्रक्रियालाइ पुर्ण वा आसिंक रुपमा बद गर्ने अधिकार पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटसँग निहित रहने छ  ।

सहयोगका लागि ०८९-४३००६८ मा सम्पर्क गर्नुहाला ।

खरिद समिति

पाँचतारा युवा  संरक्षक मञ्च , जाजरकोट

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 09 Feb, 2025
Apply Before 16 Feb, 2025
City Jajarkot