Terms of Reference (TOR): जलवायुसँग सम्बन्धित असुरक्षा तथा जोखिम मूल्याङ्कन (Climate Vulnerability and Risk Assessment - CVRA) का लागि गणकहरु
Details / requirements:
जलवायुसँग सम्बन्धित असुरक्षा तथा जोखिम मूल्याङ्कन (Climate Vulnerability and Risk
Assessment - CVRA) का लागि गणकहरुको Terms of Reference (TOR)
१. परिचय
यस Terms of Reference (TOR) ले USAID Biodiversity (जल जङ्गल) सँगको सहकार्यमा Practical Action Consulting द्वारा तोकिएको स्थानमा सञ्चालन हुने जलवायुसँग सम्बन्धित असुरक्षा तथा जोखिम मूल्याङ्कन (CVRA) का लागि गणकहरूको भूमिका र जिम्मेवारीहरू वर्णन गर्दछ । Practical Action Consulting (PAC) ले विभिन्न स्थानहरूका लागि ३८ जना गणकहरू खोजि गरिरहेको छ । CVRA को उद्देश्य नेपालका विभिन्न स्थानीय सरकारहरूमा जलवायु सम्वन्धी असुरक्षा तथा जोखिम मूल्याङ्कन गर्नु हो । गणकहरूले यस मूल्याङ्कनलाई सहयोग पुर्याउन फिल्ड डाटा संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छन् ।
२. उद्देश्य
यस TOR को उद्देश्य CVRA मा संलग्न गणकहरूको भूमिका, जिम्मेवारी, र अपेक्षाहरूलाई परिभाषित गर्नु हो । गणकहरू फिल्ड डाटा संकलन, रिपोर्टिङ, र मूल्याङ्कनको क्रममा संकलित जानकारीको सटीकता र गुणस्तर सुनिश्चित गर्न जिम्मेवार हुने छन् ।
३. कामको दायरा
गणकहरूले निम्न जिम्मेवारीहरू सहित असुरक्षा तथा जोखिम मूल्याङ्कनका लागि डाटा संकलन गर्नुपर्ने छ:
क. फिल्ड मूल्याङ्कन र सूचनादाताहरूसँग परामर्श:
- सहभागितात्मक साधनहरू प्रयोग गरी तोकिएका क्षेत्रहरूको जोखिम, संवेदनशीलता र असुरक्षाको फिल्ड मूल्याङ्कन गर्ने ।
- CVRA पद्दति र साधनहरूमा वर्णन गरिए अनुसार स्थानीय सरकार, समुदाय, र अन्य सम्बन्धित सरोकारवालाहरूबाट डाटा संकलन गर्ने ।
- तोकिएका साधन र प्रविधिहरूको प्रयोग गर्दै डाटा सही र विस्तृत रूपमा संकलन गरिएको सुनिश्चित गर्ने ।
- जोखिम, संवेदनशीलता र क्षमताहरू बुझ्नका लागि सहभागितात्मक मूल्याङ्कनहरूमा संलग्न हुने ।
ख. फिल्ड अवलोकनहरू:
- स्थानीय वातावरणीय अवस्था, पूर्वाधारको पहुँचयोग्यता, र समुदायका जलवायुको असुरक्षा तथा अनुकूलनसँग सम्बन्धित अभ्यासहरूलाई संकलन र अभिलेखन गर्ने ।
- जलवायुका प्रभावहरू, विपदका घटनाहरू, र अनुकूलनका अभ्यासहरू अवलोकन गरि अभिलेखन गर्ने ।
- अवलोकनहरूको अभिलेखनका लागि संरचित तालिका र समावेशी निर्देशिका वा चेकलिस्टहरू प्रयोग गर्ने ।
ग. मुख्य सूचनादातासँग अन्तर्वार्ता (Key Informant Interviews - KII):
- सामाजिक कार्यकर्ता, शिक्षक, स्थानीय सरकारका अधिकारी, र समुदायका प्रतिनिधि लगायत स्थानीय ज्ञान भएका प्रमुख सूचनादाताहरूसँग अन्तर्वार्ता गर्ने ।
- महिला, अपाङ्गता भएका व्यक्तिहरू, र जोखिमयुक्त क्षेत्रमा रहेका परिवारहरू सहितका सीमान्तकृत समुदायलाई प्राथमिकता दिने ।
घ. क्षित समूह छलफल (Focus Group Discussion - FGD):
- ३८ नगरपालिकाका ३१८ वडामा FGD सञ्चालन गर्ने । प्रत्येक गणकलाई ७ वडाहरू तोकिनेछन् ।
- स्थानीय सरोकारवालाहरू सँग विभिन्न जोखिमहरू, प्रभावहरू, र सामना गर्ने क्षमताहरूका बारेमा छलफल गर्ने ।
ङ. नगरका सरोकारवालाहरू सँग परामर्श कार्यशाला:
- नगरका सरोकारवालाहरू सँग परामर्श कार्यशाला आयोजना र सञ्चालन गर्ने ।
- प्रत्येक पालिकाबाट १५ जना सहभागीहरूलाई निमन्त्रणा गरि VRA प्रतिवेदनका लागि प्रमाणिकरण कार्यशाला सञ्चालन गर्ने ।
च. डाटा प्रमाणीकरण:
- विभिन्न स्रोतहरूसँग क्रस–चेक गरेर डाटाको शुद्धता र सटीकता प्रमाणित गर्ने ।
- कुनै असमानता वा समस्या भएमा टिम लिड र सम्बन्धित टोली सदस्यहरूलाई रिपोर्ट गर्ने ।
- परियोजना टोलीलाई नक्शा र डाटाको प्रमाणीकरणमा सहयोग गर्ने ।
छ. रिपोर्टिङ:
- फिल्ड गतिविधिहरू, चुनौतीहरू, र प्रारम्भिक निष्कर्षहरू सङ्क्षेपीकरण गरि दैनिक वा साप्ताहिक रूपमा रिपोर्टहरू तयार गर्ने ।
- पूरा गरिएका डाटा फारमहरू, हाजिरि रेकर्डहरू, र अन्य आवश्यक कागजातहरू बुझाउने
ज. सहकार्य:
- डाटा संकलनमा एकरूपता सुनिश्चित गर्न अन्य गणकहरू र सम्बन्धित टोली सदस्यहरूसँग समन्वय गर्ने ।
- प्रगति विवरण र चुनौतीहरू छलफल गर्न र समस्या समाधान गर्न नियमित मा सहभागी हुने ।
झ. तालिम र परिचय:
- CVRA फ्रेमवर्क र साधनहरू बुझ्नका लागि प्रारम्भिक तालिम सत्रहरूमा सहभागी हुने ।
- डाटा संकलन साधनहरू, निर्देशिकाहरू, र तोकिएका क्षेत्रहरूको स्थानीय सन्दर्भसँग परिचित हुने ।
ञ. नैतिकता:
- उत्तरदाताहरूको गोपनीयतालाई सम्मान गर्ने र हानी नगर्ने सिद्धान्तको पालना गर्ने ।
- डाटा संकलन गर्नु अघि उत्तरदाताको सहमति लिने र नैतिक निर्देशिकाहरूको पालना गर्ने ।
४. योग्यताहरू र अनुभव
- वन, वातावरण, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, वा सम्बन्धित क्षेत्रमा स्नातक वा स्नातकोत्तर डिग्री ।
- फिल्ड डाटा संकलन, सर्वेक्षण, वा अनुसन्धानमा पूर्व अनुभव ।
- CVRA प्रक्रिया र जलवायुसँग सम्बन्धित जोखिमको अवधारणाहरू सँग परिचित ।
- विविध सरोकारवालाहरूसँग प्रभावकारी रूपमा अन्तरक्रिया गर्न सक्ने सञ्चार कौशल।
- स्थानीय भाषाहरू वा भाषीकाहरूमा दक्षता ।
५. अवधि र स्थान
- कार्य अवधि: २४ दिन।
- संचालनको आधार: तोकिएका स्थानहरूका स्थानीय सरकारहरूमा फिल्ड कार्यहरू।
- फिल्ड स्थानहरू: CVRA स्कोपमा उल्लेखित नगरपालिका वा वडाहरू।
६. रिपोर्टिङ र सुपरिवेक्षण
- गणकहरूले तोकिएका टीम सदस्यहरूलाई रिपोर्ट गर्नेछन् ।
- परियोजनाका उद्देश्यहरू र गुणस्तरका मापदण्डहरूको पालना सुनिश्चित गर्न नियमित अपडेट र प्रतिकृया सत्रहरू सञ्चालन गरिनेछ ।
७. डेलिभरेबल्स
- पूरा गरिएका डाटा संकलन फारमहरू र रिपोर्टहरू ।
- आवश्यक रूपमा नियमित प्रगति रिपोर्टहरू ।
- VRA रिपोर्टहरू ।
- निष्कर्षहरू र अवलोकनहरू संक्षेप गर्ने अन्तिम फिल्ड रिपोर्ट ।
८. आचार संहिता
- व्यावसायिक आचरण र अखण्डताको मापदण्डहरूको पालना गर्ने ।
- सबै सरोकारवालाहरूसँग सम्मानजनक र नैतिक रूपमा अन्तरक्रिया गर्ने ।
- परियोजनाको निर्देशिका र प्रोटोकलहरूलाई पालना गर्ने।
९. आवेदन प्रक्रिया
इच्छुक उम्मेदवारहरूले आफ्नो बायो डाटा, कभर लेटर, र सम्बन्धित प्रमाणपत्रहरू info.pacasia@practicalaction.org.np मा पठाउनु पर्ने छ । महिला र विपन्न वर्गलाई आवेदन दिन प्रोत्साहित गरिन्छ। आवेदन दिने अन्तिम मिति २३ अगस्त २०२४ ।
१०. कार्य क्षेत्रहरू
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 13 Aug, 2024 |
Apply Before | 23 Aug, 2024 |
City | Various Locations |