टेन्डर (बोलपत्र) सम्बन्धि सुचना
Details / requirements:
टेन्डर (बोलपत्र) सम्बन्धि सुचना
(प्रकाशित मिति २०८१ फाल्गुन ०८ गते बिहिबार कान्तिपुर दैनिक, द हिमालयन टाईम्स र www.jobsnepal.com)
ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (RHEST) २०४९ मा स्थापित एक गैरसरकारी संस्था हो । यस संस्थाले नेपालका ७ प्रदेश अन्तर्गत १८ जिल्लामा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । रेष्टले गत वर्षहरुमा झै आगामी शैक्षिक सत्रको लागि आवश्यक शैक्षिक सामग्री तथा अन्य सेवाहरु (विद्यालय पोशाक, स्वीटर/शर्ट/स्कर्ट, स्टेशनरी र प्याकिंग गर्ने सामाग्रीहरु) आपूर्ति गर्न चाहने योग्य आपूर्तिकर्ताहरुलाई यो सुचना प्रकाशित भएको मितिले १४ औं दिन (मिति २०८१।११।२१) तदानुसार (मार्च ५, २०२५ बुधबार) साझ ०५:०० बजे भित्र ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (RHEST) को केन्द्रिय कार्यालय, विशालनगरमा बोलपत्र पेश गर्नका लागि यो सुचना प्रकाशित गरिएको छ ।
सम्बन्धित सामग्री तथा सेवाको आपूर्तिका लागि विस्तृत सन्दर्भका सर्तहरु (TOR) साथै वित्तीय प्रस्तावनाको फारम केन्द्रिय कार्यालयबाट प्राप्त गर्न सकिन्छ ।
ठेगाना:
खरिद समिति
ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट)
प्रधान कार्यालय, विशालनगर, काठमाण्डौ
सम्पर्क फोन: ०१–४५३७३७१, ०१–४५२९८८३
पुुनश्च: आवश्यक जानकारीको लागि कार्यालय समय भित्र उल्लेखित email: procurement@rhest.org मार्फत समेत जानकारी लिन सकिनेछ ।
बोलपत्र (टेन्डर) सम्बन्धी जानकारी
१) आपूर्तिकर्ताले तल उल्लेखित कागजातहरु पेश गर्नुपर्ने छ ।
क) कम्पनीको प्रोफाइल
ख) कम्पनी दर्ताको प्रमाण पत्र
ग) PAN/VAT दर्ता प्रमाणपत्र
घ) अन्तिम ३ आर्थिक वर्षको बिक्री कारोवार (Sales Turnover)
ङ) आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन (Recent/latest Audit Report)
च) आर्थिक वर्ष २०८०/८१ को करचुक्ता प्रमाणपत्र पेश गर्नु पर्नेछ ।
२) आपूर्तिकर्ता प्राविधिक प्रतावना (Technical Proposal) र वित्तीय प्रतावना (Financial Proposal) को कागजातमा हस्ताक्षर तथा कम्पनीको छाप लगाई पेश गर्नुपर्ने छ । साथै बोलपत्रदाताले बोलपत्र पेश गर्दा (क) वर्गको बैँकबाट बोलपत्र रकमको २.५ प्रतिशत बराबरको धरौटी (बैंक ग्यारेन्टी) को रुपमा कम्तिमा ९० दिनसम्मको मान्य हुने गरी पेश गर्नुपर्नेछ ।
३) आपूर्तिकर्ताले कुनै एक शिर्षकमा पनि प्रस्तावना पेश गर्न सक्नेछ तर एक भन्दा बढी शिर्षकहरुमा प्रस्तावना पेश गर्न चाहेमा सो मा पनि गर्न सकिनेछ ।
४) आपूर्तिकर्ताले यो सुचना प्रकाशित भएको मितिले १४ औं दिन (मिति २०८१।११।२१) तदानुसार (मार्च ५, २०२५ बुधबार) साझ ०५:०० बजे भित्र ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (RHEST) को केन्द्रिय कार्यालय, विशालनगरमा बोलपत्र पेश गरिसक्नु पर्नेछ ।
५) यो बोलपत्र मिति २०८१।११।२२ गते बिहिबार दिनको ११:०० बजे यस ग्रामीण स्वास्थ्य र शिक्षा सेवा (गुठी) को कार्यालय विशालनगर, केन्द्रिय कार्यालयमा खरिद समितिको उपस्थिति वा रोहबरमा खोलिने छ ।
आपूर्ति गर्ने स्थानहरू
तल उल्लेखित सामाग्रीहरु आपूर्ति गर्ने स्थानहरु यसप्रकार छन् ।
क्र.स | जिल्ला | सामग्री पुऱ्याउने ठाउँको नाम र ठेगाना |
१ | काठमाडौँ | रेष्टको मुख्य कार्यालय, विशालनगर |
२ | सिन्धुपाल्चोक | रेष्ट जिल्ला कार्यालय, बाहुनेपाटी |
३ | मकवानपुर | महिला तथा बालबालिका सरोकार केन्द्र– WCCC, हुप्राचौर, हेटौडा |
४ | उदयपुर | रौता समाज विकास केन्द्र, गाइघाट |
५ | रामेछाप | मंथली |
६ | बाँके | स्वास्थ्य तथा शिक्षा विकास केन्द्र–HEDC, कारकादो, भाटभटेनी पछाडि, नेपालगंज |
७ | सुर्खेत | रेष्टको सम्पर्क कार्यालय, विरेन्द्रनगर–८, खजुरा |
८ | कैलाली | महिला विकास समाज, धनगढी–४, उत्तरबेडी |
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 20 Feb, 2025 |
Apply Before | 05 Mar, 2025 |
City | Kathmandu |