Sponsorship Quality Control Officer (SQCO)

Dalit Society Welfare Committee Nepal

Details / requirements:

दलित समाज उत्थान समिति नेपाल, महोत्तरी

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

प्रकाशित मिति: २०८१ माघ ०७ गते सोमबार

दलित समाज उत्थान समिति नेपाल (Dalit Society Welfare Committee Nepal) महोत्तरी जिल्लामा विगत २३ वर्ष देखि सञ्चालनमा रहेको एक गैर सरकारी संस्था हो । यस संस्थाले जिल्लाका विभिन्न निकायहरूसँगको सहकार्यमा शिक्षा, जीविकोपार्जन, स्वास्थ्य, खानेपानी तथा सरसफाई लगायत बालबालिका तथा महिलाको हकहित संरक्षण, न्यायमा पहुँच जस्ता कार्यहरू सञ्चालन गर्दै आइरहेको छ । 

वर्ल्ड भिजन इन्टरनेशलन (World Vision International Nepal) सँगको सहकार्यमा यस महोत्तरी जिल्लाको सम्सी र एकडाँरा गाउँपालिकामा संरक्षण–समुदाय संलग्नता तथा बालस्पोन्सारसीप कार्यक्रम (Protection-Community Engagement and Sponsorship Programme) सञ्चालन गरी रहेको हुँदा उक्त कार्यक्रममा तपसिल अनुसारका कर्मचारी आवश्यक रहेकाले योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्तको लागि आह्वान गरिन्छ । 

पदशैक्षिक योग्यताआवश्यक योग्यता तथा सीपहरू

Sponsorship Quality Control Officer (SQCO)

१ (एक) जना

स्नातकतह उत्तिर्ण 

(Bachelor degree in any disciple)

  • सम्बन्धीत क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
  • तथ्याङ्क र सूचना व्यवस्थापनमा राम्रो प्रविधिक ज्ञान र अनुभव भएको ।
  • सफलता र असफलताका क्षेत्रहरूलाई गुणात्मक र मात्रात्मक तथ्याङ्क र सान्दर्भिक रुपमा हाईलाईट गर्न र प्रस्तुतीकरण सीप भएको ।
  • सृजनशील, उत्प्रेरक तथा उत्प्रेरणा जगाउन सक्ने ज्ञान भएको ।
  • निर्धारित समयावधि भित्र गुणस्तरीय नतिजाहरू उपलब्ध गराउन विविध टोली व्यवस्थापन गर्न सकिने ।
  • पत्राचार मापदण्ड, समय सिमा र प्राविधिक आवश्यकताहरू जनकारी भएको तथा त्यस अनुसार कार्य क्षेत्रका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न सक्ने । 
  • दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको भएको ।

JD for Sponsorship Quality Control Officer (SQCO)

आवेदन साथ पेश गर्नु पर्ने कागजातहरूमथि उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले व्यक्तिगत विवरण (Bio-Data), निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता, तालिम र कार्य अनुभव पत्रहरूको प्रतिलिपि सहित आफुले आवेदन गर्न चाहेको पद प्रष्ट रुपमा खुलाई २ जना सन्दर्भ व्यक्ति (Reference person) हरूको नाम सम्पर्क नम्वर र इमेल सहित सम्पूर्ण कागजपत्रहरू स्वः प्रमाणित गरी संस्थाको कार्यालय जनकपुरधाम ४, (विश्वक्रमा चोक) वा ईमेल dswcn.vacancy2023@gmail.com मा आवेदन इमेल गर्न सकिन्छ ।
आवेदन दिने अन्तिम मितिसूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे भए सोको भोली पल्ट ।
जनकारीका लागिफोन नं. ०४४–५२१०४०, ९८४४२७०२३३ र ९८५४०२९२७७

तोकिएको मिति भित्र पर्न आएको आवेदकहरूको संक्षिप्त सूची(Shortlist) तयार गरिनेछ साथै संक्षिप्त सूचीमा परेका आवेदकहरूलाई मात्र लिखित, मौखिक तथा प्रस्तुतीकरणको प्रक्रियामा समावेश गरिनेछ ।

कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरू स्वीकार वा अस्वीकार गर्ने अधिकार दलित समाज उत्थान समिति नेपालमा सुरक्षित रहनेछ ।

दलित समाज उत्थान समिति नेपाल र कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ । कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरूको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।

बेटी पढाउ बेटी बचाऔँ । विवाह २० वर्ष पछाडि गरौँ । बालविवाहमुक्त समाज निर्माण गरौँ ।

Overview

Category Development and Project, Development studies, Management
Openings 1
Position Type Contract
Experience 2+ years
Education Graduate (Bachelors)
Posted Date 20 Jan, 2025
Apply Before 26 Jan, 2025
City Dhanusha