शिलवन्दी दरभाउ पत्र आह्वान सम्बन्धी सूचना

Divya Development Resource Centre Parsa

Details / requirements:

दिव्य विकास स्रोत केन्द्र विरगंज, पर्सा

शिलवन्दी दरभाउ पत्र आह्वान सम्बन्धी सूचना

(प्रथम पटक सूचना प्रकाशन)

बि.स. २०५० सालमा पर्सा जिल्लामा स्थापना भएको एक मुनाफा रहित गैरसरकारी संस्था हो । संस्थाले महिला पुरुष, किशोर किशोरी तथा बालबालिकालाई संगठित गरी उनीहरूलाई सम्मान र्पूवक बाँच्न पाउन वातावरणको सृजना गर्ने, सिमान्तकृत विपन्न र सामाजिक रुपमा पिछडिएका महिला, किशोरी र युवालाई आर्थिक रुपमा सवल बनाउने, समाजमा रहेका सबै वर्ग र जातजातिलाई शान्तिर्पूवक जिउनको लागि समाजमा रहेका विभेदलाई न्यूनिकरण गर्नको लागि वकालत गर्ने, संस्थागत तथा व्यतिगत विकास गरी सुशासन कार्यन्वयनका लागि पहल गर्दै सुशासनको क्षेत्रमा नेतृत्व प्रदान गर्ने  र विद्यालय बाहिर रहेका सिमान्तकृत तथा अपाङ्गता भएका किशोरीहरूको सशक्तिकरण गर्ने आदि जस्ता कार्यहरू आफ्नो स्थापना काल देखि नै विभिन्न सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँगको समन्वय र सहकार्यमा काम गर्दै आईरहेको छ । हाल दिव्य विकास स्रोत केन्द्र र केयर नेपाल सँगको साझेदारीमा पर्सा जिल्लाको ४ वटा स्थानीय तहहरू पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका र जगरनाथपुर गाउँपालिकाहरूमा यूएसएआइडी एडोलेसेन्ट रिप्रोडक्टिभ हेल्थ परियोजना सञ्चालनमा छ ।

USAID Adolescent Reproductive Health (ARH) परियोजना CARE NEPALको नेतृत्वमा Association of Youth Organizations Nepal -AYON, Howard Delafield International HDI, Jhpiego, and Nepal CRS Company सँगको सयुक्त साझेदारीमा दिव्य विकास स्रोत केन्द्र (DDRC), पर्साद्वारा १० देखि १९ बर्षका सिमान्तकृत समुदाय लगायतका किशोर किशारीहरूलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल गर्न सक्षम बनाउन सशक्तीकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उदेश्य भनेको किशोर किशारीहरूलाई प्रजनन् स्वास्थ्यको बारेमा सहि र उमेर तथा लिङ्ग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन् स्वास्थ्यको बारेमा उपयुक्त निर्णय लिने सिपको लागि मार्गदर्शन गर्ने, प्रजनन् स्वाथ्यको बारेमा स्वस्थ्य निर्णय लिनको लागि समाजमा उपयुक्त वातावरण तयार गर्ने र ती निर्णयरूलाई स्वस्थकर व्यवहारमा रुपान्तरण गर्दै उनीहरूको पुर्ण क्षमताको विकास गर्नु रहेको छ ।

यसै अनुरुप दिव्य बिकास स्रोत केन्द पर्साले तथा केयर नेपालसँगको साझेदारीमा USAID किशोर किशोरी प्रजनन् स्वास्थ्य ARH परियोजना सञ्चालन गरिरहेको छ । सोहि परियोजना अन्तर्गत विभिन्न कार्यक्रमहरूको लागि होटलको सेवा सुविधा आवश्यक रहेकोले इच्छुक इजाजत प्राप्त ब्यवसायीहरूसँग शिल कोटेशन पेश गर्न आह्वान गर्दछौँ  ।

सिल कोटेशन भर्नको लागि र फर्मको वैधानिक कागजातहरू दिनु पर्नेछ ।

शिल कोटेशनको साथै संग्लन गर्नुपर्ने कागजातहरू

  • फर्म/कम्पनि दर्ता प्रमाण पत्र को प्रतिलिपी 
  • मूल्य अभिबृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपी
  • आ.ब. २०८०/२०८१ को कर चुक्ताको प्रतिलिपी वा आ.ब. २०७९/२०८० को कर चुक्ताको प्रतिलिपी   साथै म्याद थप दिनु पर्ने

Click on the links below for detailed Hotel notice and Quotation:

Hotel Notice

Quotation

नोट: दिव्य विकास श्रोत केन्द्रले एउटा होटल छनौट गर्ने तथा छनौट हुने आपुर्तिकर्तासँग १ बर्ष सम्मको सम्झौता गर्नेछ । संलग्न गराइएको शर्तहरुमा तपाइको मञ्जुरी भएमा यस संस्थाले उपलब्ध गराएको फर्म भरी छाप र सहि लगाई शिल कोटेशन तोकेको समय भित्रमा पेश गरि दिनु हुन अनुरोध गर्दछौँ । 

शिलबन्दी बोलपत्र पेश गर्ने ठेगानाः

दिव्य विकास स्रोत केन्द्रको कार्यालय

श्रीपुर फुलवारीटोल-११ वीरगंज पर्सा

सम्पर्क न. ०५१(५३४०५०

मोवाईल न. ९८०२५९१८१६

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 25 Nov, 2024
Apply Before 25 Dec, 2024
City Parsa