शिलवन्दी दरभाउ पत्र आह्वान सम्बन्धी सुचना

Divya Development Resource Centre Parsa

Details / requirements:

दिव्य विकास स्रोत केन्द्र विरगंज, पर्सा

शिलवन्दी दरभाउ पत्र आह्वान सम्बन्धी सुचना

(प्रथम पटक प्रकाशन)

बि.स. २०५० सालमा पर्सा जिल्लामा स्थापना भएको एक मुनाफा रहित गैरसरकारी संस्था हो । संस्थाले महिला पुरुष, किशोर किशोरी तथा बालबालिकालाई संगठित गरी उनिहरूलाई सम्मान र्पूवक बाँच्न पाउन वातावरणको सृजना गर्ने, सिमान्तकृत विपन्न र सामाजिक रुपमा पिछडिएका महिला, किशोरी र युवालाई आर्थिक रुपमा सवल बनाउने, समाजमा रहेका सबै वर्ग र जातजातिलाई शान्तिर्पूवक जिउनको लागि समाजमा रहेका विभेदलाई न्यूनिकरण गर्नको लागि वकालत गर्ने, संस्थागत तथा व्यतिगत विकास गरी सुशासन कार्यन्वयनका लागि पहल गर्दै सुशासनको क्षेत्रमा नेतृत्व प्रदान गर्ने  र विद्यालय बाहिर रहेका सिमान्तकृत तथा अपाङ्गता भएका किशोरिहरूको सशक्तिकरण गर्ने आदि जस्ता कार्यहरू आफ्नो स्थापना काल देखि नै विभिन्न सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँगको समन्वय र सहकार्यमा काम गर्दै आईरहेको छ । हाल दिव्य विकास स्रोत केन्द्र र केयर नेपाल संगको साझेदारीमा पर्सा जिल्लाको ४ वटा स्थानीय तहहरू पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका र जगरनाथपुर गाउँपालिकाहरूमा यूएसएआइडी एडोलेसेन्ट रिप्रोडक्टिभ हेल्थ परियोजना सञ्चालनमा छ ।

USAID Adolescent Reproductive Health (ARH) परियोजना CARE Nepal को नेतृत्वमा Association of Youth Organizations Nepal -AYON_, Howard Delafield International HDI, Jhpiego, and Nepal CRS Company  सँगको सयुक्त साझेदारीमा दिब्य विकास स्रोत केन्द्र (DDRC), पर्साद्वारा १० देखि १९ बर्षका सिमान्तकृत समुदाय लगायतका किशोर किशारीहरूलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल गर्न सक्षम बनाउन सशक्तीकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उदेश्य भनेको किशोर किशारीहरूलाई प्रजनन् स्वास्थ्यको बारेमा सहि र उमेर तथा लिंग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन् स्वास्थ्यको बारेमा उपयुक्त निर्णय लिने सिपको लागि मार्गदर्शन गर्ने, प्रजनन् स्वाथ्यको बारेमा स्वस्थ्य निर्णय लिनको लागि समाजमा उपयुक्त वातावरण तयार गर्ने र ती निर्णयरूलाई स्वस्थकर व्यवहारमा रुपान्तरण गर्दै उनीहरूको पुर्ण क्षमताको विकास गर्नु रहेको छ ।

यसै अनुरुप दिव्य बिकास स्रोत केन्द पर्साले केयर नेपालसँगको साझेदारीमा पर्सा जिल्लाको ४ वटा पालिकाहरू पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका र जगरनाथपुर गाउँपालिकामा USAID किशोर किशोरी प्रजनन् स्वास्थ्य ARH परियोजना सञ्चालन गरिरहेको छ । सोहि परियोजना कार्यक्रम प्रयोजनहरुको लागि समुदाय स्तरमा होटल (खाजा) सेवा सुविधा आवश्यक रहेकोले इच्छुक इजाजत प्राप्त ब्यवसायीहरु सँग शिलबन्दी दरभाउ पेश गर्न आह्वान गर्दछौ ।

सिलवन्दी बोलपत्र खरिद गर्नको लागि निवेदन र फर्मको वैधानिक कागजातहरु दिनु पर्नेछ ।

शिलबन्दी बोलपत्रका साथ संग्लन गर्नुपर्ने कागजातहरु 

  • फर्म/कम्पनि दर्ता प्रमाण पत्र को प्रतिलिपी
  • VAT/PAN प्रमाणपत्रको प्रतिलिपी
  • आ.ब. २०७९/२०८० को कर चुक्ताको प्रतिलिपी

मूल्याङ्कनको मापदण्ड

  • बस्तु तथा सेवाको मूल्य ,
  • बस्तु तथा सेवा गुणस्तर ,
  • विगतको कामको अनुभव ,
  • आवश्यक कानुनी कागजातहरूको अद्यावधिक स्थिति ।
  • स्थानीय सेवा प्रदायकहरूलाई विशेष प्राथमिकता दिई मूल्याङ्कन गरिनेछ ।

सम्झौताको पुरस्कारबाट बहिष्कार हुने अवस्था:

  • खरिद प्रक्रियाको क्रममा स्वार्थको द्वन्द्वमा रहेको अवस्थामा (conflict of interest)
  • DDRC लाई सम्झौता प्रक्रियामा सहभागिताको शर्तको रूपमा उपलब्ध गराएको जानकारीमा गलत व्याख्या गरेको वा त्यस्तो जानकारी प्रदान गर्न असफल भएमा ।
  • गुणस्तरीय बस्तु तथा सेवाको उपलब्धता समयमा नभएमा ।
  • बाल श्रम को प्रयोग तथा लैंगिंक विभेद गरेको पाईएमा । 
  • कानुनले बर्जित गरेको जुनसुकै कार्यहरु गरेमा ।
  • सेवा उपलब्ध गराउंदा सफा एवम स्वस्थकर हुनुपर्ने तथा गुणस्तरमा कमि पाईएको खण्डमा DDRC ले सम्झौता रद्द गर्न सक्नेछ ।

आपूर्तिर्कताका अन्य केही शर्तहरु भएमा:

शर्तहरु:

  • होटल सेवाहरूको डेलिभरी पछि मात्र भुक्तानी नेपाली रुपैयाँ (NPR) मा गरिनेछ ।
  • उल्लेखित सबै मूल्यहरूमा सबै लागत (डुवानी सेवा) र करहरू समावेश हुनेछन् ।
  • विक्रोताले सबै जिम्मेवारीहरू ग्रहण गर्नुपर्नेछ र सम्झौता अवधिमा होटल सेवाको लागि सबै दायित्वहरू वहन गर्नुपर्नेछ ।
  • दरभाउ स्वीकृत हुँदा सबै मूल्यहरू उद्धृत गरिएबमोजिम रहने ग्यारेन्टी गरिनेछ । दरभाउ मुल्य अंकित गरिएको हुनु पर्नेछ । दररेट केरमेट भएमा सच्याईएको ठाँउमा दस्तखत भएको हुनुपर्ने छ  ।
  • प्राप्त दरभाउ स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा मात्र स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस दिव्य विकास स्रोत केन्द्रको निहीतमा रहने छ ।
  • संस्थाले उपलब्ध गराएको सामाग्रीको स्फेसिफिकेशनको आधारमा दर रेट उपलब्ध गराउनुपर्नेछ । 
  • सेवा सुबिधा/बिल भर्पाई प्राप्त गरिसकेपछि चेक मार्फत भुक्तानी गरिनेछ साथै नेपाल सरकारको नियामानुसार कर कट्टा गरिनेछ । 
  • USAID ARH परियोजना संचालित माथि उल्लेखित बिभिन्न ४ पालिकाभित्र को जुन सुकै स्थानमा  भेण्डरले नै डेलेभरी गरी खाजा, खाना, नास्ता तथा बिभिन्न होटलको सेवा सुविधा उपलब्ध गराउनु पर्नेछ । यसमा डेलेभरी गरे वापत संस्था वाट अन्य कुनै शुल्क वा चार्ज उपलब्ध गराउने छैन ।
  • यस दरभाउ भित्र दरभाउदाताले समावेश गरिएको जानकारीहरु दरभाउ नखुल्दासम्म गोप्य राख्ने तथा कसैलाई पनि जानकारी गराउनु हुदैन ।
  • उक्त: बोलपत्र मिति २०८१ कार्तिक २ गते शुक्रवार अपरान्ह ५ बजे भित्र दर्ता गराई सक्नु पर्ने छ । शिलबन्दी बोलपत्र दर्ता गर्ने अन्तिम दिन विदा परेमा सोको भोलिपल्ट वा विदा पछि कार्यालय खुलेको पहिलो दिन हुने छ । 
  • शिलबन्दी बोलपत्र दिव्य विकास स्रोत केन्द्र, पर्सा र बोलपत्रकर्ताहरुको उपस्थितीमा मिति २०८१ कर्तिक ४ गते आइतवारको दिन दिब्य विकास स्रोत केन्द्र,पर्साको विरगंज श्रीपुर फुलवारीटोलको कार्यालयमा दिउँसो २:०० बजे खोलिनेछ । बोलाइएका बोलपत्रकर्ता वा प्रतिनिधिहरु उपस्थित नभएको खण्डमा पनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।

For the Financial Quotation and Terms of Reference(TOR), please downloaded the following links:

Link: Financial Quotation

Link: Terms of Reference(TOR)

नोट: दिव्य विकास श्रोत केन्द्रले हरेक पालिकामा एउटा होटल छनौट गर्ने तथा छनौत हुने आपुर्तिकर्ता संग १ बर्ष सम्मको सम्झौता गर्नेछ । संलग्न गराइएको शर्तहरुमा तपाइको मञ्जुरी भएमा यस संस्थाले उपलब्ध गराएको फर्म भरी छाप र सहि लगाई शिलबन्दी कोटेशन तोकेको समय भित्रमा पेश गरि दिनु हुन अनुरोध गर्दछौ । 

शिलबन्दी बोलपत्र पेश गर्ने ठेगाना:

दिब्य विकास स्रोत केन्द्रको कार्यालय

श्रीपुर फुलवारीटोल - ११ वीरगंज पर्सा

सम्पर्क न. ०५१-५३४०५०

मोवाईल न. ९८०२५९१८१६

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 22 Sep, 2024
Apply Before 18 Oct, 2024
City Parsa