शिलवन्दी कोटेशन सम्बन्धी सूचना

Social Awareness Center SAC Nepal

Details / requirements:

समाज जागरण केन्द्र (स्याक) नेपाल

वीरेन्द्रनगर, सुर्खेत

प्रथम पटक प्रकाशित मिति २०८१।०८।१९ गते 

समाज जागरण केन्द्र (स्याक) नेपाल एक गैर नाफामूलक गैरसरकारी संस्था हो विगत २९ वर्ष देखि विभन्न सझेदार संस्थाको साझेदारीमा विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेकोछ । यस संस्थाले महिला, बालबालिका र किशोरकिशोरीहरुको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माण गर्ने परिकल्पनाका साथ आफ्ना कार्यक्रमहरु कार्यान्वयन गर्दे आइरहेका छ । यस संस्थाले स्वास्थ्य, खानेपानी सरसफाई, शिक्षा, जिविकोपार्जन, संरक्षण र जलवायु परिवर्तन, विपद व्यवस्थापन तथा मानवीय सहायता लगायतका क्षेत्रमा कार्य गर्दछ । 

समाज जागरण केन्द्र (स्याक) नेपालले Unicef को साझेदारीमारुकुम पश्चिम जिल्लाको त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिकामा खानेपानी तथा सरसफाई पुनस्थापना परियोजना गर्दै आइरहेको छ । यस परियोजना कार्यान्वयनका लागि तपशिलमा उल्लेखित सामग्री आवश्यक परेको हुनाले तपशिलमा उल्लेखित सामग्री उपलब्ध गराउन सक्ने फर्महरुले तपलिशमा उल्लेखित शर्त पुरा गरि शिलबन्दी कोटेशन आवहन गरिन्छ । 

शिलबन्दी कोटेशन सम्बन्धि शर्तहरुः

१.     शिलबन्दी कोटेशनकासाथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरुः 

  • कर चुक्ताको प्रमाण पत्र (२०८०/२०८१) को प्रतिलिपि  
  • भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि
  • कम्पनी/घरेलु/वाणिज्य दर्ता प्रमाण पत्रको प्रतिलिपि

२.     छनौटका आधारहरु:

क)     कानुनी प्रक्रिया पुरा गरेको

ख)     सामग्रीको मूल्यः ८० अंक्

ग)     क्षमताः २० अंक

       अ)     सामग्रीको गुणस्तर वा फिल्ड अनुगमन १० अंक

       आ)     आपूर्ति गर्न सक्ने समय ५ अंक

       इ)     कार्य अनुभव २.५ अंक

       ई)     मौज्दात, कारोवार २.५ अंक

३.     ढुवानी/आपूर्तिका र अन्य शर्तहरुः 

समाज जागरण केन्द्र (स्याक) नेपालले कार्यक्रम संचालन गरेको स्थान

१)     त्रिवेणी गापा वडा नं.६, जनजोति आधारभुत बिधालय चौरजहारी बजार देखि ६० किलोमिटर । 

२)     त्रिवेणी गापा वडा नं. ८, शुभ प्रभात आधारभुत बिधालय चौरजहारी बजार देखि ६०किलोमिटर । 

३)     त्रिवेणी गापा वडा नं. ५, जनस्थापना आधारभुत बिधालय चौरजहारी बजार देखि ७० किलोमिटर सम्म ढुवानीसहितको आपूर्ति गर्नु पर्ने छ । उक्त सामाग्रीहरु ढुवानी गर्दा लाग्ने सम्पूर्ण लोड/अनलोड तथा अन्य खर्च आपूर्तीकर्ता स्वयम्ले नै व्यहोर्नु पर्नेछ ।

४)     चौरजहारी नपा वडा नं.११, हिमालय मा.बि खोला गााउ चौरजहारी बजार देखि १० किलोमिटर । 

 ५)     चौरजहारी नपा वडा नं.११, जनकल्याण मा.बि  चौरजहारी बजार देखि ३० किलोमिटर सम्म ढुवानीसहितको आपूर्ति गर्नु पर्ने छ । उक्त सामाग्रीहरु ढुवानी गर्दा लाग्ने सम्पूर्ण लोड/अनलोड तथा अन्य खर्च आपूर्तीकर्ता स्वयम्ले नै व्यहोर्नु पर्नेछ ।

६)     चौरजहारी नपा वडा नं.१४, नाउली चौरजहारी बजार देखि ४० किलोमिटर सम्म ढुवानीसहितको आपूर्ति गर्नु पर्ने छ । उक्त सामाग्रीहरु ढुवानी गर्दा लाग्ने सम्पूर्ण लोड/अनलोड तथा अन्य खर्च आपूर्तीकर्ता स्वयम्ले नै व्यहोर्नु पर्नेछ ।

७)     चौरजहारी नपा वडा नं.१०, ए्रश्वर्य आधारभुत चौरजहारी बजार देखि १५ किलोमिटर सम्म ढुवानीसहितको आपूर्ति गर्नु पर्ने छ । उक्त सामाग्रीहरु ढुवानी गर्दा लाग्ने सम्पूर्ण लोड/अनलोड तथा अन्य खर्च आपूर्तीकर्ता स्वयम्ले नै व्यहोर्नु पर्नेछ ।

सामग्रीहरुको विवरण अनुसुचि १ र २ मा संलग्न गरिएको छ ।

  • शिलबन्दी कोटेशनको प्रत्येक पेजमा अनिवार्य रुपमा हस्ताक्षर र छाप हुनु पर्नेछ । यदि उक्त पेशगरेको कोटेशनमा छाप र हस्ताक्षर नभएमा कोटेशन रद्द गर्ने अधिकार संस्थामा निहित रहनेछ ।  
  • कोटेशन पठाउदा दिइएको सामग्रीको शिलबन्दी गरी पठाउनु पर्ने छ, अन्यथा मान्य हुने छैन । शिलबन्दी कोटेशन फाराम संस्थाको केन्द्रिय कार्यालयमा आइ दर्ता गराउनु पर्नेछ । वा इमेलमार्फत पासवाड राखि पिडिएफ फम्याटमा पठाउनु पर्नेछ । 
  • यदि संस्थालाई थप सामाग्री आवश्यक भएमा ४ महिना भित्र थप अडर गर्न सक्ने छ । थप अडर गर्दा आपूर्तीकर्ता सोही दररेटमा उपलब्ध गराउनु पर्ने छ । 
  • सामग्रीको गुण, विशेषता वा विशिष्टिकरण र प्रति एकाई मुल्य अनिवार्य रुपमा खुलाउनु पर्नेछ । 
  • म्याद नाघी प्राप्त भएका वा रित नपुगेका शिलबन्दी कोटेशनफारामहरु मान्य हुने छैन र त्यस्ता खाले शिलबन्दी कोटेशन फारामहरु  रद्द गरिनेछ । 
  • कोटेशन फाराममा उल्लेख गरिएका सम्पुर्ण सामग्रीहरुको दररेट उल्लेख भएको हुनुपर्नेछ । यदि कुनै सामग्रीको दररेट उल्लेख नगरेमा त्यस्ता कोटेशन फरामहरु  रद्द गरिने छ ।
  • सामग्री उपलब्ध गराउदा दिईएको स्पेसिफिकेशन अनुसारको गुणस्तर नभएमा सामग्री बुभ्न समाज जागरण केन्द्र (स्याक) नेपाल वाध्य हुने छैन र स्पेसिफिकशन अनुसारको सामाग्री पुनः उपलब्ध गराउनु पर्नेछ । पुनः सप्लाई तथा ढुवानी  गर्दा लाग्ने सम्पूर्ण लोड/अनलोड तथा अन्य खर्च सप्लायर स्वयम्ले नै व्यहोर्नु पर्नेछ ।
  • प्रति इकाई मुल्यमा र परिमाणको गुणा वा जोडमा फरकम परेमा प्रति इकाई मुल्यलाई मान्यता दिइनेछ । 
  • यदि प्रति एकाई मुल्यमा केरमेट भएमा सहिछाप अनिवार्य लगाउनु पर्नेछ । 

४.     भूक्तानीः  

संलग्न विवरण बमोजिमको सम्पुर्ण सामाग्रीहरु उल्लेखित शर्तहरु पालना गरी पूर्ण रुपमा प्राप्त भइ सकेपछि मात्रै भुक्तानी गरिनेछ ।

५.     सामग्री उपलब्ध गराउने समय (समय स्पष्ट खुलाउनु पर्नेछ) 

१)     अर्डर गरेको..................दिन

६.     कार्यअनुभव (कार्यअनुभव स्पष्ट खुलाउनु पर्नेछ) 

१)     कार्यअनुभव छ/कार्यअनुभव छैन (यदि छ भने सम्झौता वा विल को नमुना कपी राख्नुपर्नेछ)

७.    कोटेशन पठाउने अन्तिम मिति र ठेगानाः                                            Quotation Form

  • शिलबन्दी कोटेशन पठाउनु पर्ने अन्तिम मिति र समयः २०८१ मंसिर  २१  गते दिउसो ४ बजे भित्र समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर १२ दिपनगर सुर्खेत वा इमेलबाट पेश गर्नु परेमा दरभाउ पत्र पठाउदा दिइएको पिडिएफ (PDF) फाइललाई पासवर्डले लक गरी वा पासवर्ड नभई खोल्न नमिल्ने गरी पठाउनु पर्ने छ, कोटेशन र पासवर्ड पठाउनु पर्ने इमेल ठेगाना sacquotation@gmail.com यदि हाड कपि शिलबन्दी कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा भएपनि उक्त दिन कार्यलय खुल्ले भएकोले सोही दिन ४ बजे भित्र पेश गर्नहुन समेत जानकारी गराईन्छ । 
  • कोटेशन खोल्ने समय २०८१ मंसिर २१  गते दिनको ५ बजे र स्थानः समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर सुर्खेत । प्राप्त कोटेशनहरु आपूर्तीकर्ताको प्रतिनिधिको रोहवरमा खालिने छ तर प्रतिनिधि उपस्थित नभएमा पनि कोटेशन खोल्न वाधा पर्ने छैन ।
  • कोटेशन पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार समाज जागरण केन्द्र (स्याक) नेपालमा निहित रहनेछ ।
  • आफूले कोटेशन भरेको सामग्रीको फोटा समाबेश गर्न सकिनेछ । संस्थालाई थप जानकारी लिन आवश्यक परेमा स्याम्पल पिस पनि माग गर्न सक्नेछ । 
  • छनौट भएका आपूर्तीकर्ताले माग गरिएको सामग्रीहरु उपलब्ध गराउन असमर्थ रहेमा संस्थाले कालोसूचिमा राख्न सक्नेछ ।  

Terms of Reference

यस बाहेक थप जानकारी आवश्यक परेमा कार्यालयको फोन नं.०८३–५२१२८२ मा कार्यालय समयमा सम्पर्क गर्न सकिनेछ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 04 Dec, 2024
Apply Before 06 Dec, 2024
City Surkhet