शिलबन्दी वोलपत्र आह्वानको (सवारी साधन खरीद) सूचना
Details / requirements:
शक्ति समुह
चुच्चेपाटी, काठमाण्डौ
शिलबन्दी वोलपत्र आह्वानको (सवारी साधन खरीद) सूचना
प्रथम पटक प्रकाशित मिति- २०८१/०३/२८
(Bids for Invitation)
गैर–सरकारी संस्था शक्ति समूहले निम्नानुसार कार्यालय सवारी साधनको आपूर्ति तथा डेलिभरीको लागि दर्ता गरिएका तथा नेपाल सरकारबाट मान्यता प्राप्त आपूर्तिकर्ताहरूबाट सिल गरिएको कोटेशनहरू मार्फत बोलपत्र आह्वान गर्दछ ।
क्र.स | विवरण | आवश्यक संख्या | कागजात पेश गर्ने अन्तिम मिति र समय | वोलपत्र खोलिने मिति र समय |
१. | फोर ह्वील हार्डटप सवारी साधन | १ | २०८१/०४/११ दिउसो ४ बजे सम्म | २०८१/०४/१५ दिउसो २ बजे |
२. योग्य बोलपत्रदाताले टेलिफोन नम्बर ०१–४५७८११७ र ९८४१४८८६५३ मा सोधपुछ गरी थप जानकारी प्राप्त गर्न सनेछन् र शक्ति समूह, चुच्चेपाटी, काठमाडौंको कार्यालयबाट वा इमेल shaktisamuha.procurement@gmail.com मा अनुरोध गरी बोलपत्र कागजात पेस गर्न सक्नेछन् ।
३. बोलपत्र कागजातहरूको सम्पूर्ण विवरण चुच्चेपाटी, काठमाडौं स्थित शक्ति समूहको कार्यालयबाट नि: शुल्क प्राप्त गर्न सकिन्छ ।
४. शक्ति समूहको कार्यालयबाट लिइएको बोलपत्र कागजातको मूल कागजातको हार्डकपीमा पेस गर्नुपर्नेछ ।
५. सिल गरिएको बोलपत्रहरू शक्ति समूह, चुच्चेपाटी, काठमाडौँमा बोलपत्रमा भाग लिने स्वयमले पेस गर्नुपर्नेछ । म्याद गुज्रिएपछि प्राप्त भएका बोलपत्रहरू स्वत: अस्वीकार हुनेछ ।
६. बोलपत्रहरू प्रमाणीकरण गर्न छनौट गर्ने बोलपत्रदाता प्रतिनिधिहरूको उपस्थितिमा शक्ति समुहको केन्दी्रय कार्यालय, चुच्चेपाटी, काठमाडौंमा खोलिनेछ र प्राप्त भएका बोलपत्र खोलेको मितिले ४५ दिनसम्मको लागि मान्य हुनेछ ।
७. खरिद र/वा पेस गर्ने अन्तिम मिति सरकारी बिदा परेमा, त्यसपछिको कार्य दिनलाई अन्तिम दिनको रूपमा गणना गरिनेछ । यस्तो अवस्थामा बोलपत्रकोे वैधता अवधि बोलपत्र पेस गर्ने अन्तिम मितिमा तोकिए बमोजिम नै रहनेछ ।
८. छनोट प्रक्रियाको क्रममा सेवा प्रदायक र आपूर्तिकर्ता/फर्मबाट थप विवरण र कागजातहरू खोज्ने अधिकार शक्ति समूहमा सुरक्षित हुनेछ ।
९. बोलपत्र स्वीकार र अस्वीकार गर्ने अधिकार समेत शक्ति समूहमा निहित रहनेछ ।
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 12 Jul, 2024 |
Apply Before | 26 Jul, 2024 |
City | Kathmandu |