शिलबन्दी दररेट पेश गर्ने सम्बन्धमा
Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in May 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.
Details / requirements:
ग्रामीण विकास केन्द्र नेपाल
रौतहट
शिलबन्दी दररेट पेश गर्ने सम्बन्धमा
दोस्रो पटक प्रकाशित मिति २०८१।१२।११
ईस्लामिक रिलिफ नेपालको सहयोग तथा ग्रामीण विकास केन्द्र नेपालद्वारा यस रौतहट जिल्लामा सञ्चालित लैङ्किक हिंसा न्यूनीकरण परियोजना अन्तर्गत स्नान घर निमार्ण गर्नु पर्ने भएकोले ईच्छुक निमार्ण कम्पिनिहरूबाट रितपूर्वक शिलबन्दी दरभाउ पत्र पेश गर्न आह्वान गरिन्छ । यो परियोजना रौतहट जिल्लाको राजपुर र चन्द्रपुर नगरपालिकामा विभिन्न क्षेत्रहरू जस्तै महिला हिंसा रोकथाम, महिला सशक्तिकरण, घरेलु हिंसा न्यूनीकरण, जिविकोपार्जन, सरसफाई र संरक्षण लगायतका कामहरूमा स्थानीय सरकार र समुदायलाई सहयोग पुर्याउने उद्देश्यले सञ्चालित रहेको छ ।
१. यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ दिन भित्र अर्थात २०८१।११।१७ गते भित्र सम्बन्धित विषयको ईजाजत प्राप्त फर्म वा निमार्ण कम्पिनिले व्यवसाय दर्ताको प्रमाण पत्र (नविकरण सहित), पान/मु.अ.कर दर्ता प्रमाण–पत्र, आर्थिक वर्ष २०८०/८१ को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपी र सम्बन्धित क्षेत्रमा कार्यानुभव भएको प्रमाण पत्र संलग्न राखी संस्थाको शाखा कार्यालय गौर–२ भन्सार रोड, रौतहटमा अनिवार्य पेश गर्नुपर्ने छ । दरभाउ सम्बन्धी फारम तपशिलमा उल्लेखित ईमेल ठेगाना, वा स्वयं उपस्थित भई माग गर्न सकिनेछ ।
२. रितपूर्वक भरिएको हार्डकपी बोलपत्र फारामको प्रत्येक पानामा सम्बन्धित आपूर्तिकर्ता वा कम्पनीको आधिकारिक हस्ताक्षर र छाप अनिवार्य रुपमा लगाई लाहा छापबाट शिलबन्दी गरी संस्थाको शाखा कार्यालय गौर–२, भन्सार रोड, रौतहटमो म्याद कायम रहेको मिति तथा कार्यालय समय भित्र बुझाउन पर्नेछ । बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परे पनि सोहि दिन दररेट फाराम बुझाउने, बुझिलिने काम हुनेछ । साथै समय सिमा पश्चात प्राप्त भएका कागजातहरू स्वतः अस्विकृत हुनेछन् । अनलाईन मार्फत प्राप्त भएका दरभाउ उपर कुनै कारवाही गरिने छैन ।
३. बोलपत्रदाताले जम्मा प्रस्तावित कबोल रकमको २.५% एकमुष्ट रकम Bid सुरक्षण बापट Bank Guarantee यस कार्यालयको नाममा जारी भएको पत्र पेश गर्नुपर्ने छ । द्यष्म सुरक्षण सम्बन्धी थप विवरण बोलपत्र फाराममा उल्लेख गरिएको छ ।
४. दररेट पूर्ण वा आंशिक रूपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्ध गर्ने सम्पूर्ण अधिकार यस ग्रामिण बिकास केन्द्र नेपाल रौतहटको खरिद समितिमा निहित रहने छ ।
५. रित पुरा नगरी पेश भएको बोलपत्र उपर कुनै पनि कारवाही गरिने छैन । उक्त कागजातहरू स्वतः रद्द भएको मानिनेछ ।
६. शिलबन्दी बोलपत्र तयारी तथा पेश गर्न लाग्ने कुनै पनि खर्चहरू यस संस्थाले व्यहोर्ने छैन ।
७. दररेट तथा आवश्यक कागजातहरू मिति २०८१।१२।१८ गते बिहान ११:०० बजे खरिद समिती, संस्थाका प्रतिनिधीहरू र बोलपत्रदाता स्वय् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको शाखा कार्यालय गौर २, भन्सार रोड, रौतहट खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाताको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । कुनै कारणबश उक्त मितिमा बोलपत्र खोल्न नसकिएमा खरिद समितिले निर्णय गरे बमोजिम हुनेछ ।
८. यस सूचनामा उल्लेख गरिएका शर्त तथा बन्देजहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा संस्थाको बन्दोबस्ती तथा खरिद नियमावली २०२३ तथा नेपाल सरकारको प्रचलित बिद्यमान कानून बमोजिम हुनेछ ।
ग्रामीण विकास केन्द्र नेपाल
शाखा कार्यालय गौर २ भन्सार रोड रौतहट, मधेश प्रदेश
फोन.नं. ०५५–५२०२४०/०५५–५४०२०३
इमेल: procurement@rdcnepal.org
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 24 Mar, 2025 |
Apply Before | 30 Mar, 2025 |
City | Rautahat |