शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

SOSEC Nepal

Details / requirements:

बेलपाटेधारा डाँडागाउँ सोलार लिफ्ट खानपेानी तथा सरसफाइ उपभोक्ता समिति डुंगेश्वोर गाउँपालिका वडा नं ५ , दैलेख

को

खरिद समिति

डुंगेश्वोर गाउँपालिका, दैलेख

शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित सूचना मिति: २०८१ फाल्गुण ११  गते

एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपालको आर्थिक सहयोगमा स्थानीय साझेदार संस्था सोसेक नेपाल दैलेखको सहजीकरणमा डुंगेश्वोर गाउँपालिका, दैलेखमा सञ्चालित बेलपाटेधारा डाँडागाउँ सोलार लिफ्ट खानेपानी तथा सरसफाइ योजनाको लागि खानेपानी योजना निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीहरू खरिद गर्नुपर्ने भएकोले शिलबन्दी दरभाउपत्रमा उल्लेख गरिएको शर्तहरू र सामाग्रीको गुणस्तर (स्पेसिफिकेशन) बमोजिमको सामाग्रीहरू सप्लाई गर्न इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका आपूर्तिकर्ता, फर्म वा कम्पनिवाट निम्न शर्तहरूको अधिनमा रही सिलबन्दी दरभाउपत्र आह्वान गरिएकोछ ।

प्याकेज १ :

समुह क: खानेपानी योजनाको लागि सोलार वाटर लिफ्ट प्रणालीको सामानको आपूर्ति, डेलिभरी र स्थापना गर्ने कार्य (Supply, delivery and installation of solar water lift system accessories of water supply system)

शर्तहरू:

१. दरभाउपत्र निम्न स्थानमा नि: शुल्क उपलब्ध हुने वा लिङ्कबाट डाउनलोड गर्न सकिने छ । 

  • शिलबन्दी दरभाउपत्र पाइने स्थान: सोसेक - नेपाल, केन्द्रीय कार्यालय, नारायण नगरपालिका , दैलेख 
  • अथवा, शिलबन्दी दरभाउपत्र डाउनलोड गर्नका लागि लिङ्क: https://notice.helvetasnepal.org, https://sosec.org.np
  • दरभाउपत्र डाउनलोड वा प्राप्त गर्न केही समस्या भएमा ९८५८०३९१८७ वा ९७०२३१११४९ (संयोजक – खरिद समिति))  नं. मा सम्पर्क गर्न सकिनेछ ।

२. दरभाउपत्र बुझाउने अन्तिम मिति र स्थान: 

  • दरभाउपत्र बुझाउने अन्तिम मिति: २०८१ फाल्गुण २६  गते (१० मार्च २०२५), दिउसो १२:०० बजे भित्र
  • दरभाउपत्र बुझाउने स्थान: सोसेक नेपाल , केन्द्रीय कार्यालय, नारायण १ दैलेख    
  • म्याद नाघी वा रित नपुगी आएका दरभाउपत्र उपर कुनै कारबाही हुने छैन । 

३. दरभाउपत्र पेश गर्ने सप्लायरले खरिद समितिले जारि गरेको परिमाण सुची (Bill of quantity) मा मात्र दरभाउ पेश गर्नु पर्नेछ । अन्य कागजमा भरिएको दरभाउपत्रलाई मान्यता दिइने छैन ।

४. शिलबन्दी दरभाउपत्र खोल्ने मिति, समय र स्थान:

  • मिति: २०८१ फाल्गुण २६  गते (१० मार्च २०२५), दिउसो १:०० बजे
  • स्थान: सोसेक  नेपाल, केन्द्रीय कार्यालय, नारायण नगरपालिका दैलेख    
  • शिलबन्दी दरभाउपत्र दरभाउपत्रदाता वा निजका प्रतिनिधिको रोहवरमा खोलिने छ ।  दरभाउपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन । 

५. सामाग्री खरिद सम्झौता बमोजिम तोकिएको स्थान सम्म सामाग्री ढुवानी भै उपभोक्ता समितिले सामाग्री चेकजाँच र प्राप्त गरे पछि मात्र आपूर्तिकर्तालाई भुक्तानी गर्नेछ ।  

६. यो सूचनामा केहि संसोधन गर्नु परेमा सो को सूचना अहिले प्रकाशित भएका पत्रिकाहरू वा माध्यमबाट नै गरिने छ ।

७. दरभाउपत्र पेश गर्दा शिलबन्दी दरभाउपत्र साथ रु. ४५,५००.०० (पैतालिस हजार पाँच सय  मात्र) को  नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त वाणिज्य बैंकबाट ७५ दिन मान्य अवधि (दरभाउपत्र खोलिने मिति देखि गणना हुनेगरी) भएको सक्कल बैंक जमानत दरभाउपत्र साथ संलग्न गर्नु पर्नेछ ।

जमानत जारी गर्नु पर्ने नाम (beneficiary name) : BELPATE DHARA DADAGAUN SOLAR LIFT KHANEPANI TATHA SARSAFAI UP. SA 

८. दर्ता भएका शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस , बेलापाटेधारा डाँडागाउँ सोलार लिफ्ट खानेपानी तथा सरसफाई खरिद समिति डुंगेश्वोर, दैलेखमा सुरक्षित रहनेछ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 25 Feb, 2025
Apply Before 10 Mar, 2025
City Dailekh