शिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धि सूचना

Relief Nepal

Details / requirements:

शिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धि सूचना 

प्रथम पटक प्रकाशन मिति: २०८१ कार्तिक २६ गते 

सूचना नं.: CAN/RN/FY-2081/082/SQ-2

रिलिफ नेपाल, वि.स. २०६५ मा सिन्धुलीमा स्थापना भएको राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । यस संस्थाले बालबालिकालाई केन्द्रमा राखेर बाल अधिकार तथा बाल संरक्षण, खानेपानी सरसफाई तथा स्वच्छता प्रवर्धन, शिक्षा तथा स्वास्थ्य, कृषि तथा आर्थिक विकास, र विपद् जोखिम व्यवस्थापनको क्षेत्रमा कार्य गर्दै आईरहेको छ ।

रिलिफ नेपाल, सिन्धुली र Childaid Network Foundation Nepal को साझेदारीमा संचालित ELEVATE: Equitable Learning Environment for All परियोजना अन्तर्गत डेस्कटप कम्प्युटर र सम्बन्धित सामग्री  खरिद गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक आपूर्तिकर्ताहरुलाई मिति २०८१ मङ्सिर ११ गते दिनको १२:०० बजे भित्र रित पुर्वक शिलबन्दी दरभाउ पत्र पेश गर्नहुन यो सुचना प्रकाशित गरिएको छ ।

आवश्यक सामाग्रीको विवरण

w+LYWgQk2iiDwAAAABJRU5ErkJggg==

शर्त तथा बन्देजहरू:

१) इच्छुक आपुर्तिकर्ताहरुले तपसिलमा उल्लेखित कागजातहरू अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । 

क) फर्म वा कम्पनी दर्ता तथा नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि ।

ख) स्थायी लेखा नम्बर तथा मूल्य अभिवृद्धि करमा दर्ता तथा नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि ।

ग) आर्थिक वर्ष २०८०/८१  को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ।

२) दरभाउ पत्र जमानत बापत रु.५४,०७५/- अक्षेररुपि रु. चौउन्न हजार रुपैया मात्र (पछी फिर्ता हुने) 'क' बर्गको बैंकले रिलिफ नेपालको नाममा जारि गरेको कम्तिमा ७५ दिनको बैंक जमानत (Bank Guarantee) पेश गर्नुपर्ने छ ।

३) एउटा आपुर्तिकर्ताको नाममा खरिद गरेको शिलबन्दी दरभाउ फारम अर्को आपुर्तिकर्ताको नामबाट दाखिला गर्न पाइने छैन ।

४) यस कार्यालयको हितलाई ध्यानमा राखी दरभाउ पत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार रिलिफ नेपालमा निहित हुनेछ ।

५) शिलबन्दी दरभाउ पत्र स्वीकृत भएपछी सम्झौता गर्नु पूर्व नियमानुसार हुन आउने रकमको 'क' बर्गको बैंकले रिलिफ नेपालको नाममा जारि गरेको  Performance Guarantee पेश गर्नुपर्ने छ ।

६) शिलबन्दी दरभाउ पत्र खरिद गर्ने, पेश गर्ने वा खोल्ने दिन सार्बजनिक बिदा पर्न गएमा त्यसको लगतै कार्यालय खुलेको दिनलाई  अन्तिम दिन मानिने छ ।

७) प्राप्त भएका शिलबन्दी दरभाउ पत्रहरु, मिति २०८१ मङ्सिर ११ गते दिनको २:०० बजे उपस्थित हुन चाहने आपुर्तिकर्ताहरुको प्रतिनिधिहरुको रोहबरमा रिलिफ नेपालको कार्यालयमा खोलिने छ ।

८) शिलबन्दी दरभाउ फारम प्राप्त गर्नको लागि तपशिलको बैंक खाता नम्बरमा रु एक हजार नगद (फिर्ता नहुने गरि) जम्मा गरेको भौचर सहित इमेल scm@reliefnepal.org.np बाट वा कार्यालयमा सम्पर्क गरि मिति २०८१ मङ्सिर १० गते कार्यालय समय (१०:०० देखि ४:०० बजे ) भित्र प्राप्त गर्न सकिने छ । 

खातावालाको नाम: Relief Nepal Fund For Child

बैंक खाता नं: २३१०२४८२८५३००००५ 

बैंकको नाम र शाखा: कुमारी बैंक, सिन्धुली

थप जानकारीका लागि:

रिलिफ नेपाल, कमलामाई-६, सिन्धुली

ईमेल: scm@reliefnepal.org.np

टेलिफोन: ०४७–५२०९१५

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 11 Nov, 2024
Apply Before 26 Nov, 2024
City Sindhuli