शिलबन्दी दरभाउ आह्वान पत्र
Details / requirements:
शिलबन्दी दरभाउ आह्वान पत्र
मिति: २०८१ माघ ४
अटिजम केयर चितवन सोसाईटी, अटिजम भएका बालबालिकाका अभिभावकहरूको समुहद्वारा स्थापित गैर–सरकारी, गैर नाफामुलक संस्था हो । संस्थाले आफ्नो स्थापनाकाल देखि नै अटिजम भएका बालबालिका तथा व्यक्तिहरूको सचेतना, अधिकार र क्षमता विकासका लागि सक्रिय रुपमा काम गर्दै आएको छ ।
अटिजम केयर चितवन सोसाईटी र ह्याण्डीक्याप ईन्टरनेशनल नेपालको साझेदारीमा चितवन जिल्लाको भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा सञ्चालित समावेशी शिक्षा परियोजना अन्तर्गत सामुदायिक विद्यालयमा शिक्षण सिकाइमा प्रविधिको प्रयोगको लागि टेलिभिजन खरिद गर्नु पर्ने भएकाले (विस्तृत विवरणको लागि तल दिइएको तालिकामा हेर्नुहोलां) । बिक्रेता छनौट गरीने जानकारी गराउदै दरभाउ पत्र सहित सूचना गरीएको मितिले १५ दिन भित्र यस कार्यालयमा आईपुग्ने गरी दरभाउ पत्र उपलब्ध गरि दिनुहुन अनुरोध गरिन्छ ।
पालन गर्नुपर्ने शर्तहरु
- दरभाउ पत्र पेश गर्दा फर्मको लेटर हेडमा अनिवार्य रुपमा पठाउनुका साथै दरमा कर भ्याट समावेश भएको हुनुपर्नेछ, अन्यथा प्रक्रियामा सहभागी गराईने छैन ।
- दरभाउ पत्रलाई सिलबन्दी गरी पेश गर्नुपर्नेछ अन्यथा प्रक्रियामा सहभागी गराईने छैन ।
- दरभाउ पत्र मिति २०८१ माघ ४ गते देखि २०८१ माघ १९ गते साझ ४ बजे भित्र अटिजम केयर चितवन सोसाईटीको कार्यालयमा बुझाउनु पर्नेछ ।
- मिति र समय नाघेका दरभाउपत्रलाई समावेश गराईने छैन।
- संस्थाले भुक्तानी गर्दा खाता दाखिला चेकबाट मात्र भुक्तानी गरीनेछ ।
- कम्पनीको भ्याट दर्ता, अन्तिम करचुक्ता प्रमाण पत्र र कम्पनी दर्ता प्रमाण पत्र तथा नविकरण गरीएको फोटोकपी दरभाउ पत्र सँगै बुझाउनु पर्नेछ ।
- नेपाल सरकारको नियम अनुसार लाग्ने करकट्टी गरीनेछ ।
- सामानको ढुवानी अटिजम केयर चितवन सोसाईटीको कार्यालय सम्म आपुर्तिकर्ताले नै गरीदिनु पर्नेछ ।
- आपुर्ति गर्नुपर्ने सम्पुर्ण सामग्रीहरूको सूची तलको तालिकामा उल्लेख गरीएको छ ।
सम्पर्क नम्बरः ०५६- ५३५१३१
पत्राचार को लागी ठेगाना: अटिजम केयर चितवन सोसाईटी, भरतपुर – १०, चितवन
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 17 Jan, 2025 |
Apply Before | 01 Feb, 2025 |
City | Chitwan |