शिलबन्दी दरभाउ आह्वान गरिएको सूचना
Details / requirements:
शिलबन्दी दरभाउ आह्वान गरिएको सूचना
सूचना नं. ०३ –/०८१/८२
प्रथम पटक प्रकाशित मिति: २०८१/११/२६
दोस्रो पटक प्रकाशित मिति: २०८१/१२/१८
वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) (Preservation of Environment and Social Welfare Association of Nepal-PESWAN) सँग साझेदारी गरी कञ्चनपुर जिल्लामा समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम सञ्चालन गरिरहेको छ।
उल्लेखित कार्यक्रम अन्तर्गत तपशिलमा,उल्लेखित सामग्री खरिद गर्नु पर्ने भएकाले नेपाल सरकारको प्रचलित कानुन अनुसार दर्ता भई मूल्य अभिवृद्धि करमा आवद्ध भएका इच्छुक आपूर्तिकता/उत्पादक/अधिकृत बिक्रेता वा वितरकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन कार्यालय समय भित्र तपशिलका शर्तहरूमा रहि दरभाउ पेश गर्न हुनका लागि यो सूचना आह्वान गरिएको छ।
खरिद गर्नु पर्ने सामग्रीहरूको दरभाउ फाराम तल दिइएको लिङ्कबाट डाउनलोड गर्न सकिने छ।
लिङ्कः
खरिद गर्नु पर्ने सामग्रीहरूको विवरण:
Machine /Product Name | Specifications | Unit | Quantity | Remarks |
Double die plate making Machine | Motor size at least 1 HP power, 220 v, single phase, semi-automatic grade, Hydraulic, body materials MS body, Double cylinder, production capacity at least 1500 per hour, materials- pe coated paper/green leaf, preferred plate size 4-14 inch, including minimum 2 dies, at least 1 year warranty. | Set | 2 |
दरभाउका शर्तहरू:
१. दरभाउ फाराम संस्थाको कार्यालयमा उपस्थित भई पेश गर्न सकिनेछ वा उल्लेखित ईमेल ठेगानामा अनुरोध गरी प्राप्त गर्न सकिनेछ र तोकिएको समयभित्र संस्थाको कार्यालयमा उपस्थित भई वा फोल्डरमा पासवर्ड राखेर ईमेल ठेगानामा पठाउन सकिने छ। म्याद नाघि वा रीत नपुगी आएका दरभाउ छनौट प्रक्रियामा समावेश गराइने छैन।
२. उल्लेखित सामग्री आपूर्ति गर्न इच्छुक उत्पादक, विक्रेता तथा वितरकहरूले दरभाउमा उल्लेख गरेको दरभाउ फारामका साथ उद्योग/फर्म दर्ताको प्रमाण-पत्र, उद्योग/फर्म भ्याटमा दर्ता भएको प्रमाण-पत्र, आ.व. २०८०/०८१ को कर चुक्ता प्रमाण-पत्र दरभाउ दाताको नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि संलग्न गरी पेश गर्नु पर्नेछ ।
३. दरभाउ फाराममा उल्लेखित प्रत्येक सामग्रीको दरभाउ अङ्क र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ। केरमेट वा टिपेक्स लागेको अङ्क वा अक्षरलाई मान्यता दिईने छैन। दरभाउ शिलबन्दी गरेर खाम बन्द गरेको हुनुपर्नेछ । साथै खामको बाहिर दरभाउ दाताको नाम, ठेगाना, सम्पर्क स्पष्ट नम्बर लेख्नु पर्नेछ भने फर्मको छाप अनिवार्य खाममा लगाएको हुनु पर्नेछ।
४. दरभाउ बुझाउने अन्तिम मिति २०८१ साल चैत्र २४ गते सोमबार, कार्यालय समय ५:०० बजेसम्म । यदि दरभाउ फाराम बुझाउने अन्तिम दिन सार्वजनिक विदा परेमा सोको लगत्तै कार्यालय खुलेको दिनमा पनि दरभाउ फाराम बुझाउन सकिने छ।
५. रभाउ फाराम दर्ता गर्ने अन्तिम मितिको भोलिपल्ट संस्थाका प्रतिनिधिहरू र दरभाउ दाता स्वयम् वा नीजको प्रतिनिधिको उपस्थितिमा यस संस्थाको कार्यालयमा दरभाउ खोलिनेछ।तोकिएको दिनमा दरभाउदाता वा निजको प्रतिनिधि अनुपस्थित भएमा पनि दरभाउ खोल्न कुनै बाधा पर्ने छैन। तर सो दिन सार्वजनिक विदा परेमा सोको लगत्तै कार्यालय खुलेको दिनको उल्लेखित समयमा नै दरभाउ खोलिने छ।
६. छनोट भएका उत्पादक, आपूर्तिकर्ता, अधिकृत विक्रेता तथा वितरकहरूले खरिद गरिने सामग्री संस्थाको केन्द्रीय कार्यालय भीमदत्त नगरपालिका १८, महेन्द्रनगर, कञ्चनपुर स्थित ढुवानी गरिदिनु पर्नेछ।
सर्वाधिकार वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) मा नीहित रहेको छ र अन्य सम्पूर्ण कुराहरू नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ।
Link: Quotation format_Duna Tapari
खरिद सामिति
भीमदत्त नगरपालिका १८, महेन्द्रनगर, कञ्चनपुर
सम्पर्क नं.: ९७०१५६८३४४
इमेलबाट दरभाउ पेश गर्नका लागि इमेल
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 31 Mar, 2025 |
Apply Before | 06 Apr, 2025 |
City | Kanchanpur |