शिलबन्दी टेण्डर आह्वान सम्बन्धि सूचना
JWAS-Nepal is a non-government and non-profit making social organization which works to uplift the standard of living for the women, children and other marginalized people of rural community and to improve their economic, health and social conditions by proper mobilization of local resources with community participation. It was established in 2050 B.S. (1993A.D.) in Dhanusha District. The organization was founded and is operated by a group of women social workers.
Details / requirements:
शिलबन्दी टेण्डर आह्वान सम्बन्धि सूचना
प्रथम पटक प्रकाशित मिति: २०८२।०१।०५ गते
WELT HUNGER HILFE(WHH) को आर्थिक सहयोगमा जानकी महिला जागरण समाज(JWAS), आसमान नेपाल, र PAC Nepal को सहकार्यमा धनुषा जिल्लाको ३ वटा स्थानीय तहहरूमा (गणेशमान चारनाथ न.पा.,शहिदनगर न.पा. तथा जनकनन्दीनी गा.पा.) सञ्चालित प्रकृतिमा आधारित स्थानीय कृषि खाद्य प्रणालीका लागि नागरिक समाज Civil society for nature-based local agri-food-systems (CS4FS) कार्यक्रममा आवद्व किसानहरूको लागि वितरण गर्ने प्रयोजनार्थ दार्ता भई कारोवार गर्दै आईरहेका सम्बन्धित इच्छुक विक्र्रेता/सप्लायसर्, दर्तावाला फर्महरूबाट यस संस्थाको तल उल्लेखित कार्यालयको ठेगानामा प्राविधिक तथा आर्थिक प्रस्ताव साथै संक्षिप्त प्रोफाईल सहितको सिलबन्दी टेण्डर आगामि मिति २०८२।०१।११ गते कार्यालय समय भित्र पेश गर्नका लागि आह्वान गर्दछौँ ।
१. आवेदन यस जानकी महिला जागरण समाज (JWAS) को जनकपुरधाम उप महानगरपालिका वडा नं ४, कटैयाचौरी जानेबाटो स्थित कार्यालयमा तोकिएको मिति सम्म कार्यालय समय विहान १०:०० बजेदेखि साँझ ०५:०० बजेसम्म पेश गर्न सकिने छ ।
२. सम्बन्धित सेवा प्रदायक/तालिम प्रदायकले दर्ताको लागि पेश गरेको सिलबन्दी टेण्डर सहितको खाम बाहिर आफ्नो, फर्म, कम्पनीको नाम, ठेगाना र आवेदनको प्रयोजन समेत उल्लेख गर्नु पर्ने छ ।
३. सम्बन्धित फर्म, कम्पनीले तयार गरेको प्राविधिक तथा आर्थिक प्रस्ताव अनिवार्य रुपमा अलग अलग खामभित्र सिलबन्दी गरी दुवै शिलबन्दी खामलाई अर्को एउटा खामभित्र पूनः सिलबन्दी गरी पेश गर्नु पर्ने छ ।
४. आवेदनका लागि इच्छुक फर्म, कम्पनीले प्राविधिक तथा आर्थिक प्रस्तावको ढाँचाको नमुना सहितको विवरण रहेको Terms of reference (ToR) प्राप्त गर्न यस संस्थाको jwasprocure2025@gmail.com इमेल ठेगानामा इमेल मार्फत अनुरोध गरेमा यथासक्य चाँडै इमेल मार्फत नै उपलब्ध गराइनेछ ।
फर्म, कम्पनीबाट प्राविधिक र आर्थिक प्रस्ताब सहितको आवेदन साथ संलग्न गर्नुपर्ने अन्य अनिवार्य कागजातहरू:
क) कम्पनि तथा फर्मको हकमा दर्ता नविकरणको कागजातको प्रतिलिपि
ख) आर्थिक वर्ष २०८०।०८१ को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि
ग) PAN वा VAT दर्ताको प्रमाणपत्रको प्रतिलिपि
घ) कम्पनि तथा फर्मको हकमा कम्पनि फर्मको संक्षिप्त प्रोफाइल (कारोवार गरेको विवरण सहित )
ङ) नेपाल सरकारको गुणस्तर तथा अन्य कुनै आधिकारिक निकायमा दर्ता वा आवद्धता भएको भएमा सो दर्ता तथा आवद्वताको प्रमाण पत्रको प्रतिलिपी
च) TOR का साथ उपलब्ध गराइने स्वार्थको द्वन्दको स्वघोषणा गर्ने हस्ताक्षर सहितको प्रमाणित फारम ।
छ) सेवा प्रदायक कुनै पनि किसिमको कालो सुचिमा नपरेको जनाउ दिने स्वघोषणा पत्र
ज) जारी गरिएको Term of Reference (ToR) मा सेवा प्रदायकका तर्फबाट पढी बुझिएको छ भन्ने जनाउ दिनका लागि सेवा प्रदायकका तर्फबाट समेत हस्ताक्षर र छाप सहित राखी सो TOR को एक प्रति समेत संलग्न गर्नुपर्ने ।
Tender Dossier Form-CS4FS Link:
https://drive.google.com/uc?export=download&id=1RanM7GCPwX3GJ3_vdYfPFyhPwmNl4ZFd
निर्धारित समय भन्दा ढिलो र निर्धारित प्रकृया पुरा नगरी प्राप्त भएको टेण्डर मुल्याङ्कन प्रकृयामा समावेश गरिने छैन् । टेण्डर छनौटको सम्पुर्ण अधिकार संस्थामा निहित रहनेछ ।
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 18 Apr, 2025 |
Apply Before | 24 Apr, 2025 |
City | Janakpur |