शिलबन्दी कोटेशन माग सम्बन्धमा ।
Details / requirements:
समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
शिलबन्दी कोटेशन माग सम्बन्धमा ।
प्रथम पटक प्रकाशित २०८१(११(०९ गते
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २९ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसँगको साझेदारीमा कार्य गरिरहेको छ। प्लान इन्टरनेशलन नेपालको ,आर्थिक सहयोगमा डोल्पा जिल्लामा सञ्चालीत किशोरी शसक्तिकरण परियोजनाका लागि आवश्यक पर्ने वस्तुहरू खरिद गर्नु पर्ने भएकोले इन्छुक फर्महरूले यहि मिति २०८१।११।१० देखि २०८१।११ ।१६ गते 12:00 बजेसम्म आवश्यक कागजात (फर्म दर्ता र नविकरणको प्रमाणपत्र, कर चुक्ता आव २०८०/०८१ सहित शिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरिन्छ। शिलबन्दी दरभाउ पत्र फारम तल दिएको लिङ्कमा किल्क गरेर भर्न सकिनेछ। यदि शिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा परेमा पनि सोही दिन कार्यालय खुल्ला रहने हुदा शिलबन्दी दरभाउ पत्र पेश गर्न सकिनेछ। शिलबन्दी दरभाउपत्र अनलाइन मार्फत पनि पेश गर्न सकिनेछ। अनलाईनबाट शिलबन्दी दरभाउपत्र पेश गर्दा PDF फर्मेटमा पासवार्ड राखि पेश गर्नु पर्नेछ। शिलबन्दी दरभाउपत्र पेश गर्दा sacquotation@gmail.com मा पेश गर्न सकिनेछ। यदि शिलबन्दी दरभाउपत्रमा पासवाड नराखी पेशगरेमा कोटेशन छनौट प्रक्रियामा समावेस गरिने छैन। शिलबन्दी दरभाउपत्र मिति २०८१।११।१६ गते दिउसो ३:०० बजे खोलिने जानकारी गराईन्छ।यदि कोटेशन खोल्दा कुनै व्यक्ति वा फर्मका प्रतिनिधि उपस्थित नभएमा शिलबन्दी दरभाउपत्र खोल्न कुनै बाधा हुने छैन । थप बुझ्न वा विस्तृत जानकारी आवश्यक परेमा संस्थामा सम्पर्क गर्नु होला।
सामग्रीको विवरण
१. Hording Board
२. भित्ते लेखन
३. A3,A5 Book Printing
छनौटका आधारहरू:
क) कानुनी प्रक्रिया पुरा गरेको
ख) सामग्रीको मूल्य: ८० अंक
ग) क्षमता: २० अंक
अ) सामग्रीको गुणस्तर वा फिल्ड अनुगमन १० अंक
आ) आपूर्ति गर्न सक्ने समय ५अंक
इ) कार्य अनुभव: २.५ अंक ९पुरानो सम्झौत वा विलको प्रतिलिपि पेश गर्नु पर्ने०
ई) मौज्दात, कारोवार: २.५ अंक ९सामग्रीको मौज्दात छुटै पानामा पेश गर्नु पर्ने०
उ) सामग्री आपूर्ति गर्न सक्ने ----------------- दिन
भित्ते लिखन गर्ने विद्यालयको नाम र ठेगाना:
स. न. | विद्यालयको नाम | ठेगाना | कोठाको साईज |
१. | कान्जीरुवा विद्यालय | त्रिपुरासुन्दरी नगरपालिका डोल्पा- ११ | ८x६ फिट |
२. | मुक्तेस्वर माध्यमिक विद्यालय | त्रिपुरासुन्दरी नगरपालिका डोल्पा- ०६ फुल्चिंन | ९x६ फिट |
३. | विद्यामन्दिर माध्यमिक विद्यालय | ठुलिभेरी नगरपालिका डोल्पा- ५ माझ्फाल | ९x७ फिट |
४. | श्री आदर्श माध्यमिक विद्यालय | ठुलिभेरी नगरपालिका डोल्पा - ७ जुफाल | ८x७ फिट |
नोट: संस्थाले छनोट भएको आपूर्तिकर्तालाई Reference Material’s Printing Book भित्ते लेखनको सूचना दिईने छ। साथै: अनुसूची १,२ छुट्टा छुट्टै पेश गर्नु पर्नेछ ।
फारामहरू अनुसुचीबाट प्राप्त गर्न सकिनेछ ।
Link 1: Sealed Quotation_SAC
थप जानकारीका लागि
समाज जागरण केन्द्र (स्याक) नेपाल, वीरेन्द्रनगर, सुर्खेत
सम्पर्क नं. ०८३-५२१२८२
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 21 Feb, 2025 |
Apply Before | 28 Feb, 2025 |
City | Surkhet |