शिलबन्दी कोटेशन अब्हान सम्बन्धी सुचना
SDF is a non-profit making, non-political, right based social organization established in 1998. It works for poor people to create prosperous and self dependent society
Details / requirements:
शिलबन्दी कोटेशन अब्हान सम्बन्धी सुचना
प्रथम पटक प्रकाशित मिति २०८१।११।०६
सामाजिक विकास मञ्च, बाँके एक गैरसरकारी संस्था हो । यो संस्था विगत २६ वर्ष देखि विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गर्दै आइरहेको छ । हाल यस संस्था र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल (WVI-Nepal) को साझेदारीमा संचालित Community Empowerment Project अन्तर्गत बाँके जिल्ला नरैनापुर गाउँपालिकामा सञ्चालन भईरहेको छ । Community Empowerment Project अन्तर्गत पि.एल.जी.सेन्टर र आर.सी. बालबालिकाहरुलाई कथाका किलाबहरु प्रिन्ट गरी वितरण गर्नुपर्ने भएको हुदा उल्लेखित अनुसुचीमा उल्लेखित स्पेशिफिकेशन अनुसार बुक प्रिन्ट गरि उपलब्ध गराउन सक्ने फर्महरुसँग एक वर्षको दिर्घकालिन सम्झौता (Long Term Agreement) गरि आवश्यकता अनुसार पटक पटक गरी बुक प्रिन्ट गर्नुपर्ने भएकोले इच्छुक फर्म तथा सप्लायर्सहरुसँग तपसिलमा उल्लेखित सर्त पुरा गरी शिलबन्दी कोटेशन आब्हान गरिन्छ ।
शिलबन्दी कोटेशन सम्बन्धि शर्तहरु:
१. शिलबन्दी कोटेशनका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरु:
- करचुक्ताको प्रमाण पत्र (२०८१।२०८२) को प्रतिलिपि
- भ्याट प्रमाण पत्रको प्रतिलिपि
- व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि
- आशय पत्रको फारम भरेर हस्ताक्षर र छाप लगाई पेश गर्नुपर्ने ।
- Suppliers Code of Conduct पढेर बुझेर हस्ताक्षर छाप लगाउनु पर्ने ।
२. छनौटका आधारहरु:
२.१ न्युनतम मापदण्ड भित्रको आधिकारीक कागजातहरु सहित वस्तुको मुल्य र गुणस्तरको आधारमा छनौट गरिनेछ ।
३. माग गरिएको सामाग्रीहरुको विवरण तल उल्लेखित अनुसुचीमा स्पेशिफिकेशन सहित व्यवस्था गरिएको छ ।
३.१ अनुसुची १: बुक प्रिन्टको लागत दर माग फारम ३.२ अनुसुची २: G1&ECD Material List ३.३ अनुसुची ३: G2 Material List ३.४ अनुसुची ४: G3 Material List ३.५ अनुसुची ५:आशय पत्रको फारम ३.६ अनुसुची ६: Suppliers Code of Conduct
- अनुसुची १ मा उल्लेख गरिएअनुसारको बुक प्रिन्टको विवरण अनुसार काम गर्न अधिकार प्राप्त फर्म वा सप्लायर्सहरुले कोटेशन पेश गर्न सक्नेछ ।
४. कोटेशनसँगै आवश्यक कागजातहरुमा हस्ताक्षर र छाप लगाई शिलबन्दी कोटेशन संस्थाको कार्यालयमा आई दर्ता गराउनु पर्ने छ अथवा ईमेलद्धारा पठाउदा PDF बनाई पठाउनु पर्नेछ ।
५. बुक प्रिन्टको लागि आवश्यक सामाग्रीहरुको गुण, विशेषता, वा विशिष्टिकरण र प्रति एकाई मुल्य अनिवार्य रुपमा खुलाउनु पर्नेछ । प्रति इकाई मुल्य र परिमाणको गुण र जोडमा फरक परेमा प्रति इकाई मुल्यलाई मान्यता दिइनेछ । प्रति इकाई मूल्यमा केरमेट भएमा सही छाप लगाउनु पर्नेछ ।
६. शिलबन्दी कोटेशन पठाउने अन्तिम मिति र ठेगाना
मिति २०८१।११।१२ गते दिउसो ५ बजे भित्र सामाजिक विकास मञ्च नेपालगँजको कार्यालय वा इमेल hr@sdfbanke.org.np मा PDF बनाई पठाउनु पर्नेछ । अन्तिम दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको पहिलो दिन को ५ बजे भित्र पेश गरिसक्नुपर्नेछ ।
७. फारमहरु तल अनुसुचीबाट प्राप्त गर्न सकिनेछ ।
अनुसुचि १: बुक प्रिन्टको लागत दर माग फारम (कोटेशन)
अनुसुची २: G1&ECD Material List
अनुसुची ३: G2 Material List
अनुसुची ४: G3 Material List
अनुसुची ५: आशय पत्रको फारम
अनुसुची ६: Suppliers Code of Conduct
वा यदि हार्डकपि लिन चाहने सप्लायर्सले सामाजिक विकास मञ्चको कार्यालयबाट स्वयम उपस्थिति भएर पनि लिन सक्नेछन् ।
८. शिलबन्दी कोटेशन पुर्ण वा आशिक रुपमा रद्द गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
थप जानकारीका लागि
सामाजिक विकास मञ्च बाँके
फोन नं. ०८१– ५३५३७२/९८४९६१९०८६
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 18 Feb, 2025 |
Apply Before | 24 Feb, 2025 |
City | Banke |