शिलबन्दी कोटेशन आह्वानको सूचना

Sindhuli Integrated Development Services Nepal (SIDS Nepal)

Details / requirements:

सिन्धुली एकीकृत विकास सेवा (सिड्स) नेपाल, सिन्धुली

शिलबन्दी कोटेशन आह्वानको सूचना

प्रकाशित मिति २०८१/१०/२२ गते

वर्ल्ड भिजन इन्टरनेशनल नेपालसिड्स नेपाल सिन्धुलीद्वारा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत तपशिल अनुसारका सेवा तथा सामाग्रीहरू आवस्यकता परेको हुँदा इच्छुक आपुर्तीकर्ता/बिक्रेताहरूबाट रीतपूर्वक शिलबन्दी कोटेशन आह्वान गरिन्छ ।

तपशिल: आवस्यक सामाग्रीहरूको सूची यसै सूचनामा तल रहेको लिङ्कबाट प्राप्त गर्न सकिनेछ ।

१. यो सूचना प्रकाशन भएको मितीले ७ दिन भित्र ईच्छुक ईजाजतप्राप्त आपूर्तीकर्ता/विक्रेताहरूले (१) दर्ता प्रमाण पत्र, (२) स्थायी लेखा नम्बर र मु.अ.कर दर्ता प्रमाणपत्र, (३) आर्थिक बर्ष २०८०/८१ को कर चुक्ता प्रमाण पत्र को प्रतिलिपिका साथ बुझाई कोटेशन सम्बन्धी फारम प्राप्त गर्न सकिनेछ ।

२. कोटेशन सम्बन्धी फारम र कागजात यस संस्थाको मुख्य कार्यालय कमलामाई ६, धुराबजार सिन्धुलीबाट प्राप्त गर्न सकिनेछ । साथै तल उल्लेखित इमेलमा कोटेशन फारमका लागि आवेदन पेश गरि अनुरोध गर्न सकिन्छ र सकलप्रति कागजात सँगै अनिवार्य पेश गर्नु पर्नेछ ।

३. कोटेशन सम्बन्धी कागजात रीतपूर्वक भरि प्रत्येक पानामा सहीछाप गरि लाहाछाप सहित शिलबन्दी गरि संस्थाको कमलामाई ६, धुराबजार स्थित कार्यालयमा मिति २०८१/१०/२८ गते सोमबार दिनको २:०० बजे सम्म बुझाई सक्नु पर्नेछ । समयावधी भन्दा पछि प्राप्त भएको कोटेशन मान्य हुने छैन । यदि कोटेशन बुझाउने अन्तिम दिन शनिबार वा सार्वजनिक बिदाको दिन परेमा सो को भोलिपल्ट दिनको १२:०० बजे सम्ममा कोटेशन बुझाई सक्नु पर्नेछ ।

४. कोटेशन खोल्ने तथा निर्णय गर्ने सम्पूर्ण अधिकार संस्थाको खरिद समितीमा निहित हुनेछ । कुनै वा सवै कोटेशन पुरै वा आंशिक रुपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार पनि खरिद समितीमा निहित हुनेछ ।

५. विल तथा सामाग्री प्राप्त गरेका ३० दिन भित्रमा A/C Payee चेक मार्फत सप्लायर्सको फर्मको नाममा भुक्तानी गरिनेछ । यदि तपाई केही भुक्तानी शर्तहरू भएमा उल्लेख गर्नुहोला ।

६. कुनै कारणवश स्वीकार गरेको समयमा सामाग्री उपलब्ध नभएमा २ प्रतिशत जरिवाना साप्ताहिक रुपमा लाग्नेछ ।

७. कोटेशनसँग सम्बन्धी थप कुनै जानकारी आवस्यक भएमा यस परियोजना अन्तर्गतको खरिद अधिकृतलाई सम्पर्क राख्नु हुन अनुरोध छ वा संस्थाको scm.sids@gmail.com इमेल मार्फत जानकारी प्राप्त गर्न सकिनेछ ।

८. कोटेशनमा उल्लेख गरिएको दरभाउ १ बर्ष सम्मको लागि मान्य हुनेछ साथै छनौट हुनु भएको आपूर्तीकर्ता सँग १ बर्ष सम्मको लागि सम्झौता गरिनेछ ।

आवश्यक सूची दर्ता फाराम तथा सामाग्रीहरूको विवरण तलको लिङ्कबाट प्राप्त गर्न सकिनेछ । साथै कार्यालयमा सम्पर्क राखी वा इमेल मार्फत पनि माग गर्न सकिनेछ ।

https://drive.google.com/drive/folders/1bo2400Cbtr6rWOzl6C1p-wk5MJ0OKY7X?usp=sharing

शिल गरिएको प्रस्तावना फारम बुझाउने ठेगाना: (Accepted and Valid only Hardcopy)

सिन्धुली एकीकृत विकास सेवा (SIDS), सिन्धुली

कमलामाई–०६, सिन्धुली

फोन नं. ९८५२०७३२४१

इमेल: scm.sids@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 03 Feb, 2025
Apply Before 10 Feb, 2025
City Sindhuli