शिलबन्दी कोटेशन आह्वानको सूचना
Social Development Centre (SDC) Mahottari is non-political and non-profitable NGO established in 1996 by a group of Terai marginalized group’s activists. Since then, SDC is fully dedicated to work in humanitarian assistance, community development, livelihood, Child Well Being, and environmental protection mainly in the Terai region of Nepal through the humanitarian and long-term development projects.
Details / requirements:
शिलबन्दी कोटेशन आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिती २०८१/१०/०८ गते
वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र समाज विकास केन्द्र जलेश्वर नेपालको साझेदारीमा संचालित इको परियोजना अन्तर्गत एकडाारा गाउँपालिकाको नेपाल राष्ट्रिय बिधालय बहेडवा एकडारा विधालयमा कम्पाउन्ड वाल वा घेराबेरा (Compound wall) निर्माण गर्नु पर्ने भएको हुनाले यस संस्थामा सूचीकृत हुनु भएका तथा निर्माणकार्य गर्नको तपसिल बमोजिम रित पुगि लागि दर्ता हुनु भएका निर्माण कम्पनीहरुबाट रीतपूर्वक शिलबन्दी कोटेशन बुझाई प्रतिस्प्रधात्मक बोल प्रक्रियामा भाग लिनको लागि आह्वान गरिन्छ ।
क्र.सं. | बोलपत्र नं. | निर्माण स्थलको विवरण | अनुमानित लागत | बोलपत्र पेश गर्ने तरिका | बिड सेकुरिटी |
१ | ECO/SDC/FY-2025/002 | नेपाल राष्ट्रिय बिधालय बहेडवा एकडारा को पर्खाल निर्माण | रु.२५,३१,७३४.८० | शिलबन्द एकल खाम भित्र वित्तीय र प्राविधिक दुवै कागजात राखिएको | आवश्यक नपर्ने |
१. ईच्छुक ईजाजत प्राप्त निर्माण कम्पनीहरुले यसै सुचनामा संलग्न गरिएको बोलपत्र कागजातहरुमा माग गरिए अनुसार कागजात तयार गरि वा दर भाउ भरि एकल खाममा राखेर शिलबन्द गरि , तल उल्लेखित समय र मिति भित्र कोटेशन बुझाउन सक्नेछन शिलबन्द खाम भित्र निम्न कागजात हरु राख्नु पर्नेछ । क) दर्ता प्रमाण पत्र, ख ) मु.अ.कर दर्ता प्रमाणपत्र, ग ) आर्थिक वर्ष २०८०/८१ को कर चुक्ता प्रमाण पत्र, घ) माग गरिएका बिषयमा राम्रो संग जानकारी भरेको कन्ट्रयाकटर को प्राविधिक फर्म ङ) रित पुर्वक भरिएको वित्तीय प्रस्ताव (BOQ): वित्तीय प्रस्ताब भर्दा दरभाउ प्रिन्ट गरेर भर्नु पर्ने छ र कुनै छुटहरु भएमा सो समेत सम्बन्धित वित्तीय प्रस्ताबमा प्रिन्ट गरिएको अक्षरमा नै स्पस्ट उल्लेख भएको हुनु पर्ने छ । च) आवस्यक न्युनतम योग्यता: निर्माण क्षेत्रमा कम्तिमा ३ बर्षको कार्यअनुभव रहेको, बिगत तिन बर्षको वार्षिक औसत निर्माण कारोवार (construction turnover) कम्तिमा रु २५ लाख नेपाली रुपैया हुनु पर्ने ।
२. साथै सम्बन्धीत काम गरेको कार्य अनुभव प्रमाणित हुने कागजात , २. बोलपत्र सम्बन्धी फारम भौतिक रुपमा उपस्थित भइ लिन इच्छुक निर्माण ब्यावसायीले यस संस्थाको कार्यालय जलेश्वर २ बाट समेत लिन सक्नेछन वा संस्थासंग इमेल मार्फत समेत माग गरि प्राप्त गर्न सकिनेछ । बोलपत्र माग गर्दा वा संस्थामा लिन आउंदा निम्न कागजातहरु क) दर्ता प्रमाण पत्र, ख ) मु.अ.कर दर्ता प्रमाणपत्र, ग ) आर्र्थिक बर्ष २०८०/८१ को कर चुक्ता प्रमाण पत्र पेश गर्नु पर्ने छ ।
३. बोलपत्रमा प्रस्ताव गरीएको दरभाउ असन्तुलित रुपमा न्युन वा अधिक भए सो दरभाउलाई असन्तुलित निर्धारण गरी अको बोलपत्रदातालाई छनौट गर्न सक्ने अधिकार संस्थामा निहित रहनेछ ।
४. कोटेशन सम्बन्धी कागजात रीतपूर्वक भरि प्रत्येक पानामा सहीछाप गरि शिलबन्दी गरि संस्थाको कार्यालयमा मिती २०८१/१०/१३ गते दिउसो ०४:०० बजे सम्म बुझाई सक्नु पर्नेछ, समयावधी भन्दा पछि प्राप्त भएको कोटेशन मान्य हुने छैन ।
५. बोलपत्र दाताका प्रतिनिधिहरुको उपस्थितिमा संस्थाको कार्यालय समाज विकास केन्द्रमा मिति २०८१/१०/१४ गते दिउसो ०१:०० बजे कोटेशन खोलिनेछ । बोलपत्र दाताले आफ्ना प्रतिनिधि उपस्थित नगराए को खण्डमा संस्थाले आफ्नो प्रक्रिया अनुसार कोटेशन खोलि प्रक्रिया अगाडि बढाउन सक्ने छ ।
६. कोटेशन खोल्ने तथा निर्णय गर्ने सम्पूर्ण अधिकार संस्थाको खरिद समितीमा निहित हुनेछ ।
७. Performance security, निर्माण कार्यान्वयन लगायतका शर्तहरु संस्थाको निर्माण सम्बन्धि सम्झौताको ढाचा बमोजिम हुनेछ । सो ढाचा यसै सुचनामा संलग्न रहेको छ ।
८. कोटेशन सँग सम्बन्धी थप कुनै जानकारी आवश्यक भएमा यस परियोजना अन्तर्गतको खरिद अधिकृतलाई सम्पर्क राख्नु हुन अनुरोध छ वा संस्थाको sdcmahottari.procurement@gmail.com इमेल मार्फत जानकारी प्राप्त गर्न सकिनेछ ।
सम्पर्कको लागि
समाज विकास केन्द्र जलेश्वर नेपाल
सम्पर्क नं.: ०४४ ५२०७८३, मो. ९८१९८७४२७१
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 21 Jan, 2025 |
Apply Before | 26 Jan, 2025 |
City | Mahottari |