शिलबन्दी कोटेशन आह्वानको सूचना

Sindhuli Integrated Development Services Nepal (SIDS Nepal)

Details / requirements:

सिन्धुली एकीकृत विकास सेवा (सिड्स) नेपाल, सिन्धुली

शिलबन्दी कोटेशन आह्वानको सूचना

दाश्रो पटक प्रकाशित मिति २०८१/०८/२० गते

वर्ल्ड भिजन इन्टरनेशनल नेपालसिन्धुली एकीकृत विकास सेवा (सिड्स) नेपाल सिन्धुलीको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत गोलन्जोर तथा तीनपाटन गाउँपालिकाका विभिन्न क्षेत्रहरूमा खानेपानी आयोजनाहरू निर्माण गर्नु पर्ने भएको हुनाले यस संस्थामा सूचीकृत हुनु भएका तथा निर्माणकार्य गर्नको लागि दर्ता हुनु भएका निर्माण कम्पनीहरूबाट रीतपूर्वक शिलबन्दी कोटेशन आह्वान गरिन्छ । 

क्र.सं.बोलपत्र नं.खानेपानी आयोजनाको नामअनुमानित लागतबोलपत्र पेश गर्ने तरिका
SIDS-DWS-2025-001माझकुभिण्डे खानेपानी आयोजना, गोलन्जोर ४, सिन्धुली१४,४४,९२१।७८संस्थामा स्वयं उपस्थित भई 
SIDS-DWS-2025-002तोश्रामखोला खानेपानी आयोजना, तीनपाटन ७, सिन्धुली८,९०,७३९।०२संस्थामा स्वयं उपस्थित भई

१.यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र ईच्छुक ईजाजतप्राप्त निर्माण कम्पनीहरूले (१) दर्ता प्रमाण पत्र, (२) मु.अ.कर दर्ता प्रमाणपत्र, (३) आर्थिक बर्ष २०८०/८१ को कर चुक्ता प्रमाण पत्र साथै सम्बन्धीत काम गरेको कार्य अनुभव पत्रको प्रतिलिपिका साथ बुझाई कोटेशन सम्बन्धी फारम प्राप्त गर्न सकिनेछ । 

२. बोलपत्र सम्बन्धी फारम र कागजात यस संस्थाको मुख्य कार्यालय कमलामाई ६, धुराबजार सिन्धुलीबाट प्राप्त गर्न सकिनेछ । साथै तल उल्लेखित इमेलमा कोटेशन फारमका लागि आवेदन पेश गरि अनुरोध गर्न सकिन्छ र सकलप्रति टेण्डर कागजात सँगै अनिवार्य पेश गर्नु पर्नेछ । साथै आफूले कबोल गरेको रकमको २.५ प्रतिशत Bid Security बापतको रकम संस्थाको तपशिलको खातामा जम्मा गरेको भौचर वा connect IPS गरेको Slip अनिवार्य पेश गर्नू पर्नेछ । 

तपशिल 

खाता नं.खातावालाको नामबैंकको नाम, शाखा
08801040250214SIDS Nepal/WVINIMB, Sindhuli

३. कोटेशन सम्बन्धी कागजात रीतपूर्वक भरि प्रत्येक पानामा सहीछाप गरि लाहाछाप सहित शिलबन्दी गरि संस्थाको कमलामाई ६, धुराबजार स्थित कार्यालयमा मिति २०८१/०८/२६ गते बुधबारको दिन कार्यालयको समय ४ बजे सम्म बुझाई सक्नु पर्नेछ, समयावधी भन्दा पछि प्राप्त भएको कोटेशन मान्य हुने छैन । 

४. कोटेशन खोल्ने तथा निर्णय गर्ने सम्पूर्ण अधिकार संस्थाको खरिद समितीमा निहित हुनेछ । कुनै वा सवै कोटेशन पुरै वा आंशिक रुपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार पनि खरिद समितीमा निहित हुनेछ । 

५. कोटेशन खरिद गर्ने र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा त्यसको भोलि पल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिएको मिति र समयमा कोटेशन खरिद गर्ने र पेश गर्ने अन्तिम मिति कायम हुनेछ । यस्तो अवस्थामा कोटेशनको मान्य अवधी भने सुचना आह्वान गरेकै मिती देखि गणना गरिनेछ । 

६. कोटेशन सँग सम्बन्धी थप कुनै जानकारी आवस्यक भएमा यस परियोजना अन्तर्गतको खरिद अधिकृतलाई सम्पर्क राख्नु हुन अनुरोध छ वा संस्थाको scm.sids@gmail.com इमेल मार्फत जानकारी प्राप्त गर्न सकिनेछ । 

७. दरभाउ वा कोटेशन पेश गर्ने क्रममा माथि उल्लेखित आयोजनाहरू मध्ये आफूलाई इच्छा लागेको आयोजनाको लागि मात्र वा सवै आयोजनाहरूको लागि दरभाउ पेश गर्न सकिनेछ । 

आवश्यक सूची दर्ता फाराम तथा BOQ तलको लिङ्क बाट प्राप्त गर्न सकिनेछ । साथै कार्यालयमा सम्पर्क राखी वा इमेल मार्फत पनि माग गर्न सकिनेछ ।

https://drive.google.com/drive/folders/109ybfAvaMs961oJ1qM8tPyl5NLVhq1Cf?usp=sharing

शिल गरिएको प्रस्तावना फारम बुझाउने ठेगाना: (Accepted and Valid only Hardcopy) 

सिन्धुली एकीकृत विकास सेवा (SIDS), सिन्धुली

कमलामाई–०६, सिन्धुली

फोन नं. ९८५२०७३२४१

इमेल: scm.sids@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 05 Dec, 2024
Apply Before 11 Dec, 2024
City Sindhuli