शिलबन्दी कोटेशन आह्वान सम्बन्धी सूचना
Details / requirements:
शिलबन्दी कोटेशन आह्वान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८२/०१/०५ गते
सेभ द चिल्ड्रेन संगको साझेदारीमा सेभ द सप्तरी राजबिराज र सवल नेपाल राजविराज सप्तरी जिल्लामा समुन्नती परियोजना संचालन गरिरहेका छन् । यस परियोजना अन्तर्गत सप्तरी जिल्लाको बिभिन्न नगरपालिका/गाउँपालिका (सूरुङ्गा, खडक, तिलाठी कोईलाडी, छिन्नमस्ता, राजबिराज र बिष्णुपूर गाउँपालिकाहरुमा ) युवायुवतीहरुकालागी व्यावसायिक तालिम दिई रोजगारको सुनिश्चितता गर्न सक्ने इच्छुक तालिम तथा रोजगार प्रदायक सँस्था/कम्पनी/फर्महरुबाट तल उल्लेखित शर्तहरुको अधिनमा रहने गरी शिलबन्दी दरखास्त आह्वानको लागि यो सुचना प्रकाशित गरिएको छ ।
शर्तहरु:
- संस्थादर्ता र नविकरण गरिएको प्रमाण पत्र ।
- नेपाल सरकारबाट व्यवसायिक तालिम संचालनकालागी विवरण सहितको ईजाजत प्रमाण पत्र ।
- मूल्य अभिबृद्धि कर तथा आयकरमा दर्ता भएको प्रमाण पत्र
- आ. व. २०८०/०८१ को कर चुक्ता प्रमाण पत्र
- आ. व. २०८०/०८१ को लेखापरिक्षणको (Audit report) प्रतिबेदन
- संस्थाको तालिम प्राप्त युवाहरुलाई रोजगार सिर्जनाका लागि स्वघोसित प्रतिवद्धता ।
- संलग्न हुने जनशक्तिको वैयक्तिक बिवरण (Bio-Data)
- राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था र सरकारी कार्यालय लगायत अन्य संघ संस्थाहरुमा सेवा प्रदान गर्दे आईरहेको तथा बाल सुरक्षा नीति अबलम्बन गरेकोलाई विशेष ग्राहयता दिइनेछ ।
- शिलबन्दी दरखास्त आवश्यक सम्पूर्ण कागजात सहित पेश गर्ने समयावधी मिति २०८२।०१।०५ गते देखि २०८२।०१।११ गतेसम्म विहान १०:०० बजेदेखि ०५:०० बजेसम्म रहनेछ र सो समयावधी पश्चात प्राप्त शिलबन्दी दरखास्त स्वत:बदर ठहरिनेछ ।
- यस शिलबन्दी बोल पत्र सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ ।
यस शिलबन्दी बोल पत्र सम्बन्धी बिस्तृत विवरण प्राप्त गर्नका लागि कार्यालय समय भित्र संस्थाको सम्बन्धित शाखामा सम्पर्क राख्न सकिनेछ र व्यावसायिक तालिम सम्बन्धी सामाग्रीहरुको Quotation फारम र TOR संस्थामा नि:शुल्क उपलब्ध गराईनेछ वा संस्थाको वेबसाईटबाट Download गर्न सकिनेछ तथा ईमेल मार्फत पनि अनुरोधको आधारमा प्राप्त गर्न सकिनेछ साथै तलको छुट्टै ईमेल मार्फत पेश गर्न सकिनेछ ।
ईमेल– Quotation फारम र TOR अनुरोधका लागि: ashok@savethesaptari.org
बोल पत्र पेश गर्नको लागि: procurement@savethesaptari.org
बिस्तृत जानकारी तथा पेश गर्ने सम्पर्क ठेगाना:
सेभ द सप्तरी
राजबिराज सप्तरी
फोन नं.०३१ ५३०९४२
९८०१५३२१४१
(नोट: यो सुचना यस संस्थाको वेब पेज www.sabalnepal.org.np or www.savethesaptari.org मा पनि हेर्न सकिनेछ ।)
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 18 Apr, 2025 |
Apply Before | 24 Apr, 2025 |
City | Rajbiraj, Saptari |