शिलबन्दी कोटेशन आह्वान सम्बन्धी सुचना

BASE Organization (Backward Society Education)

Details / requirements:

शिलबन्दी कोटेशन आह्वान सम्बन्धी सुचना

प्रथम प्रकाशित मिति: २०८१।०५।०७ गते

बेस संस्था (ब्याकवार्ड सोसाईटी एजुकेशन) बर्दिया र लुथरन वर्ल्ड रिलिफ को साझेदारीमा सञ्चालित उद्यमी परियोजना अन्तर्गत बर्दिया जिल्लाको ठाकुरबाबा र बारबर्दिया नगरपालिकाका बिभिन्न उद्यमका १५० जना लाभग्राहीहरुलाई उद्यम सँग सम्बन्धित कृषि तथा गैर कृषि सामग्री सहयोग गरी ती उद्यमीहरु अथवा लाभग्राहीको उद्यममा सहयोग पुऱ्याउने उद्देश्यका साथ देहाय बमोजिमका कृषि तथा गैर कृषि सामग्रीहरु खरिद गर्नु पर्ने भएको हुदाँ निम्न शर्तहरुमा अधिन रही सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र ईच्छुक इजाजत प्राप्त आपूर्तिकर्ताले आफ्नो फर्मको बैधानिक कागजपत्रको प्रतिलिपि र शिलबन्दी कोटेशनपत्र पहिलो पटक सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र (२०८१।०५।१३ गते भित्र) कार्यालय समय भित्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

सामग्रीहरुको बर्गीकरणको लागी कृपया तलको लिङ्क मार्फत जानुहोस् 

Link: https://drive.google.com/uc?export=download&id=1l1up-msSZ9_UhXSz87XAv05bjKoQ0O8t

शर्तहरु:

१. शिलबन्दी कोटेशन पत्र पेश गर्न ईच्छुक र योग्य आपूर्तिकर्ताहरुले थप जानकारीको लागी बेस संस्था (ब्याकवार्ड सोसाईटी एजुकेशन) जिल्ला शाखा कार्यालय गुलरिया ५ मिलनटोल बर्दिया अर्थात मोबाइल नं. ९८६८१९०७१३ र ९८४८२१७२२७ मा सम्पर्क राख्न सकिनेछ ।

२. दर रकम अंक र अक्षर दुवैमा स्पष्ट लेख्नु पर्नेछ । यदि अंक अस्पष्ट भएमा अक्षरलाई मान्यता दिइनेछ ।

३. अनिवार्य रुपमा पेश गर्नु पर्ने कागजातहरु स्थायी लेखा नम्बर, फर्म वा कम्पनी दर्ता प्रमाण पत्र (नविकरण सहित), २०८०/०८१ को कर चुक्ता प्रमाण पत्र (सो आ.ब.को नभएमा आ.ब.०७९/०८० को कर चुक्ता), उद्योग तथा वाणिज्य दर्ता प्रमाण पत्र नविकरण सहित पेश गर्नु पर्ने छ ।

४. Online मार्फत कोटेशन पेश गर्ने आपूर्तिकर्ताले संस्थाको ईमेल ठेगाना basebardiya.info@gmail.com मा बुझाउन सकिने छ । कोटेशन पत्र lock गरी Password आफूसँग सुरक्षित गर्नु पर्ने छ र कोटेशन  खोल्ने दिन संस्थाको आधिकारी ब्यक्ति लाई Password Share गर्नु पर्ने छ ।

५. म्याद नाघी आएको रित नपुगेको कोटेशन उपर कुनै कारवाही गरिने छैन ।

६. आपूर्तिकर्ताले बेस संस्था गुलरिया बर्दिया सम्म सामग्री ढुवानी गर्नु पर्ने छ ।

७. कोटेशन स्वीकृत गर्ने/नगर्ने सम्पुर्ण अधिकार यस संस्थामा सुरक्षित रहनेछ । 

८. शिलबन्दी कोटेशनहरु सम्पुर्ण आवेदकहरुको उपस्थितिमा मिति २०८०/०५/१४ गते शुक्रबार दिउँसो १:०० बजे खोलिने छ । यदि बिशेष कारणवश कोही आवेदक अनुपस्थित भएमा कोटेशन खोल्न बाधा पुगेको मानिने छैन  ।

९. यदि आवेदनको अन्तिम दिन सरकारी विदा पर्न गएमा अर्काे कार्यदिनलाई अन्तिम दिन मानिने छ ।

बेस संस्था (ब्याकवार्ड सोसाईटी एजुकेशन)

जिल्ला शाखा कार्यालय गुलरिया, बर्दिया

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 23 Aug, 2024
Apply Before 29 Aug, 2024
City Bardiya