शिलबन्दी बोलपत्र आव्हानको सूचना
Details / requirements:
सामुदायिक उत्थान पद्दतिका लागि मञ्च–फोकस नेपाल धादिङ
निलकण्ठ नगरपालिका – धादिङ
शिलबन्दी बोलपत्र आव्हानको सूचना
प्रथम पटक प्रकाशित मिति: २०८१/१२/१७
दोस्रो पटक प्रकाशित मिति: २०८२/१/१
सामुदायिक उत्थान पद्दतिका लागि मञ्च–फोकस नेपाल धादिङले अक्सफाम नेपालको आर्थिक सहयोगमा नेपाल बाढी तथा पहिरो प्रतिकार्य परियोजना कार्यान्वयन गर्दै आइरहेको छ । यस परियोजना अन्र्तगत हालैको बाढी तथा पहिरो बाट प्रभावित धादिङका गरिव तथा विपन्न घरधुरीलाई राहत सामाग्रीहरु खरिद गर्न फोकस नेपालले नेपालभित्रका योग्य आपुर्तिकर्ता/कम्पनीहरुबाट आपुर्ति गर्ने योजना बनाएकोले इच्छुक आपुर्तिकर्ता/विक्रेताहरुलाई रीतपुर्वक शिलबन्दी बोलपत्र आव्हान गरिन्छ ।
क्र.सं. | बोलपत्र नं. | कामको विवरण | कैफियत |
१. | FOCUS-NEPAL/Oxfam/NFLRP/ITB/ 2025/01 |
|
|
नियम तथा सर्तहरु (अनिवार्य):
१) भरिएको टेण्डर फारम बन्द र सिल गरिएको खाममा राखी फोकस नेपाल को कार्यालय धादिङबेसी (पुरा ठेगाना तल उल्लेख) गरिएको छ ) मा पेश गर्नुपर्ने छ । बोलपत्र २०८२/१/१ देखि २०८२/१/७ सम्म जारी गरिने छ ।
२) बोलपत्र फारम तल दिइएको इमेल मार्फत अनुरोध गर्न सकिन्छ । यदि बोलपत्र फारम विद्युतिय रुपमा पेश गरिने भएमा आपुर्तिकर्ताले अनिवार्य रुपमा फाइललाई पासवर्ड सुरक्षा सहित लक गर्नुपर्ने छ र बोलपत्र खोल्ने समयमा संस्थाको आधिकारीक व्यक्तिको अनुरोधमा पासवर्ड उपलब्ध गराउनुपर्नेछ ।
३) बोलपत्र फारम संकलन तथा पेश गर्ने समय आइतबार देखि शुक्रबारसम्म बिहान १०:०० बजे देखि बेलुका ५:०० बजे सम्म हुनेछ (सरकारी विदाका दिनहरु बाहेक) ।
४) लिफामा स्पष्ट रुपमा निम्न विषय उल्लेख गर्नुपर्नेछ । (आफनो उद्देश्यअनुसार उल्लेख गर्ने)
Food Materials, WASH Kits, Household Kits and CGI Sheet FOCUS-NEPAL/Oxfam/NFLRP/ITB/2025/01"
५) रितपूर्वक नभरी बोलपत्र पेश भएको वा नपुगेको वा तोकिएको मिति र समय भित्र प्राप्त हुन नआएको बोलपत्र उपर कुनै कारबाही गरिने छैन । उक्त बोलपत्रहरुलाई स्वतः रद्ध भएको मानिनेछ ।
६) बोलपत्र फारम खरिद गर्दा निम्न कागजातहरु अनिवार्य रुपमा संलग्न गर्नुपर्ने छ:
- कम्पनी प्रोफाइल (यदि भएमा), कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि (नविकरण सहित), पान/मु.अ. कर र्दता प्रमाणपत्रको प्रतिलिपि र आर्थिक वर्ष २०८०/८१ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
७) टेण्डर प्रक्रियाका लागि योग्य हुन कबोल रकमको २.५% हुन आउने रकम विड सुरक्षण वापत Bank Guarantee यस कार्यालयको नाममा जारी गरि बोलपत्र फारम सँगै पेश गर्नुपर्नेछ । यस्तो Bank Guarantee टेण्डर नजित्ने आपुर्तिकर्ताहरुलाई सफल आपुर्तिकर्ताद्धारा पहिलो खरिद आदेश को स्वीकृति एवं आपुर्ति पश्चात फिर्ता गरिनेछ ।
८) बोलपत्र फारममा मूल्य (मूल्य अभिवृद्धि कर बाहेक) स्पष्ट रुपमा अंक र अक्षर दुवैमा उल्लेख गर्नुपर्नेछ । यदि अंक र अक्षरमा भिन्नता भएमा कम मूल्यलाई मान्यता दिइनेछ ।
९) बोलपत्र फारम २०८२/१/७ दिनको ठिक १२ बजे सम्म बुझाउन सकिनेछ र सोहि दिन दिनको ठिक १ बजे देखि आपुर्तिकर्ताको भौतिक उपस्थितिमा यस संस्थाको मुख्य कार्यालय निलकण्ठ–३ धादिङमा खोेलिने छ । आपुर्तिकर्ता वा निजको प्रतिनिधिको भौतिक उपस्थिति नभएमा पनि बोलपत्र खोल्न कुनै वाधा पर्ने छैन ।
१०) यस सुचनामा उल्लेख गरिएका सर्तहरु यसै सुचना वमोजिम र अन्य आवश्यक कुराहरुको हकमा यसै संस्थाको खरिद नियमावली तथा नेपाल सरकारको प्रचलित विद्यमान कानून वमोजिम हुनेछ ।
सामुदायिक उत्थान पद्दतिका लागि मञ्च–फोकस नेपाल
निलकण्ठ नगरपालिका–३, धादिङ, वाग्मती प्रदेश
फोन नं: ०१०–५२०५१९, ५२१०१५
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 14 Apr, 2025 |
Apply Before | 20 Apr, 2025 |
City | Dhading |