शिलबन्दी बोलपत्र आह्वानको सूचना
Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD Nepal), a national NGO involved in the fields of local capacity building & action research with special focus on food security, household incomes and resource conservation invites application from interested candidates for the following positions for its head office at Chitwan.
Details / requirements:
शिलबन्दी बोलपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मितिः २०८१/०९/२४
जर्मन सरकारको आर्थिक सहायता तथा विकासका लागि संघीय मन्त्रालय (BMZ) को आर्थिक सहयोगमा वेल्टहंगरहिल्फे (Welthungerhilfe (WHH) र “विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समूह (फरवार्ड नेपाल)” को सहकार्यमा सप्तरी जिल्लाको राजगढ गाउँपालिका र रौतहट जिल्लाको परोहा नगरपालिकामा सञ्चालित “पोषणयुक्त नमूना गाउँ (दोश्रो चरण (NPL 1066-19) परियोजनाको क्रियाकलापहरूको सफलताको कथा र परियोजनाको प्रभाव सम्बन्धी फोटोहरु (Success stories and impact photos of project) तयार गर्नुपर्ने भएकोले उक्त कार्य गर्नका लागि ईच्छुक PAN/VAT मा दर्ता भएका व्यक्ति/फर्महरूबाट रीतपुर्वकको शिलबन्दी बोलपत्र आह्वान गरिन्छ । यो सूचना प्रकाशन भएको मितिले १० (दश) दिन (मिति २०८१/१०/४ गते बेलुका ०३:०० बजे) भित्र शिलबन्दी बोलपत्र फरवार्ड नेपालको केन्द्रीय कार्यालय, भरतपुर म.न.पा.२, क्षेत्रपुर, चितवन वा परियोजना कार्यालय, राजविराज, रुपनी रोड, सप्तरीमा बुझाउन सकिनेछ । बोलपत्रको लागि फाराम तथा बोलपत्र सम्बन्धि थप जानकारी संस्थाको परियोजना कार्यालय, राजविराजको सूचनापाटी र फरवार्ड नेपालको वेवसाईट https://www.forwardnepal.org/announcements मा हेर्न सकिने छ । उक्त बोलपत्र फाराम डाउनलोड गर्न कुनै समस्या भएमा info@forwardnepal.org मा ईमेल मार्फत माग गर्न सकिनेछ ।
फरवार्ड नेपाल: परियोजना कार्यालय
केन्द्रीय कार्यालय: पोषणयुक्त नमूना गाउँ परियोजना दोश्रो चरण NSC-II -NPL 1066 -19)
भरतपुर म.न.पा. २, क्षेत्रपुर, चितवन राजविराज न.पा. ८, राधा कृष्ण मन्दिरको गेट नजिक रुपनी रोड सप्तरी
फोन नं.: ०५६५१७६२३
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 08 Jan, 2025 |
Apply Before | 17 Jan, 2025 |
City | Chitwan |