शिलबन्दी बोलपत्र आह्वानको सूचना

Rural Development Centre Nepal

Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in June 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.

Details / requirements:

ग्रामीण विकास केन्द्र नेपाल

रौतहट

शिलबन्दी बोलपत्र आह्वानको सूचना

प्रकाशित मिति २०८१।०९।१९

ईस्लामिक रिलिफ नेपालको सहयोग तथा ग्रामीण विकास केन्द्र नेपाल द्वारा यस रौतहट जिल्लामा संचालित लैङ्किक हिंसा न्यूनीकरण परियोजना अन्तर्गत खानेपानिको लागि हैन्डपम्प जडान गर्नु पर्ने भएकोले ईच्छुक निर्माण सेवाहरुबाट रितपूर्वक शिलवन्दी बोलपत्र आह्वान गरिन्छ । यो परियोजना रौतहट जिल्लाको राजपुर र चन्द्रपुर नगरपालिकामा विभिन्न क्षेत्रहरु जस्तै महिला हिंसा रोकथाम, महिला सशक्तिकरण, घरेलु हिंसा  न्यूनीकरण, जिविकोपार्जन, सरसफाई र संरक्षण लगायतका कामहरुमास्थानीय सरकार र समुदायलाई सहयोग पुर्याउने उद्देश्यले संचालित रहेको छ ।

क्र.सं.बोलपत्र नं.विवरणथप जानकारी
RDCN-TN-09-081/82शुद्ध खानेपानिको लागि २०० हैन्डपम्प जडानतल दिईएको ईमेल वा फोन नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

१. यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिन भित्र सम्बन्धित विषयको ईजाजत प्राप्त निर्माण सेवाले व्यवसाय दर्ताको प्रमाण पत्र (नविकरण सहित), पान/मु.अ.कर दर्ता प्रमाण– पत्र, आर्थिक वर्ष २०८०/८१ को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपी र सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएको प्रमाण पत्र संलग्न राखी  संस्थाको शाखा कार्यालय गौर–२ भन्सार रोड, रौतहटमा अनिवार्य पेश गर्नुपर्ने छ । बोलपत्र सम्बन्धी फारम सूचना प्रकाशित भएको online portal बाट Download गरी वा तपशिलमा उल्लेखित ईमेल ठेगाना, वा स्वयं उपस्थित भई माग गर्न सकिनेछ ।

२. रितपूर्वक भरिएको हार्डकपी बोलपत्र फारामको प्रत्येक पानामा सम्बन्धित निमार्ण सेवा कम्पनीको आधिकारिक हस्ताक्षर र छाप अनिवार्य रुपमा लगाई लाहा छापबाट शिलबन्दी गरी संस्थाको शाखा कार्यालय गौर–२, भन्सार रोड, रौतहटमो म्याद कायम रहेको मिति तथा कार्यालय समय भित्र बुझाउन पर्नेछ । बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोली पल्ट बोलपत्र फाराम बुझाउने, बुझिलिने काम हुनेछ ।  । साथै समय सिमा पश्चात प्राप्त भएका बोलपत्रहरु स्वत: अस्विकृत हुनेछन् । अनलाईन मार्फत प्राप्त भएका बोलपत्र उपर कुनै कारवाही गरिने छैन । 

३. बोलपत्र फारामका लागी बोलपत्रदाताले जम्मा प्रस्तावित कबोल रकमको २.५% एकमुष्ट रकम Bid Security बापत Bank Guarantee यस कार्यालयको नाममा जारी भएको पत्र पेश गर्नुपर्ने छ । Bid Security सम्बन्धी थप विवरण बोलपत्र फाराममा उल्लेख गरिएको छ । 

४. बोलपत्र सम्बन्धी थप जानकारी प्रदान गर्नका लागी आपूर्तीकर्ता तथा विक्रेताको उपस्थितिमा पूर्व वैठक (Pre-bid meeting) संचालन गरिनेछ । सो बैठक २०८१ माघ ३ गते १६ जनवरी २०२५ का दिन यस संस्थाको शाखा कार्यलय गौरमा दिउसो ११:०० बजे बस्नेछ ।

५. बोलपत्र, पूर्ण वा आंशिक रूपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्ध गर्ने सम्पूर्ण अधिकार यस ग्रामिण बिकास केन्द्र नेपाल रौतहटको खरिद समितिमा निहित रहने छ ।

६. बोलपत्रसँग सम्बन्धित थप जानकारी तथा सूचना आवश्यक भएमा संस्थाको कार्यालयबाट उक्त जानकारी तथा सुचनाहरु प्राप्त गर्न सकिनेछ ।

७. रित पुरा नगरी पेश भएको बोलपत्र उपर कुनै पनि कारवाही गरिने छैन । उक्त बोलपत्रहरु स्वत: रद्द भएको मानिनेछ ।

८. शिलबन्दी बोलपत्र तयारी तथा पेश गर्न लाग्ने कुनै पनि खर्चहरु यस संस्थाले व्यहोर्ने छैन ।

९. आर्थिक तथा प्राबिधिक बोलपत्र फाराम मिति २०८१ माघ ११ गते बिहान ११:०० बजे खरिद समिती, संस्थाका प्रतिनिधीहरु र बोलपत्रदाता स्वय् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको शाखा कार्यालय गौर २, भन्सार रोड, रौतहट खोलिनेछ । कुनै कारणबश उक्त मितिमा बोलपत्र खोल्न नसकिएमा खरिद समितिले निर्णय गरे बमोजिम हुनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । 

१०. बोलपत्र फाराम पेश गर्दा प्राविधिक र वित्तिय प्रस्तावना छुट्टाछुट्टै खाममा शिलबन्दी गरी पेश गर्नुपर्नेछ । साथै सोही खाममा स्पष्ट रुपमा बुझिने गरी प्राविधिक प्रस्तावना र वित्तिय प्रस्तावना लेखी आधिकारीक हस्ताक्षर र आपूर्तीकर्ता वा कम्पनीको छाप हुनुपर्नेछ ।

११. बोलपत्र पेश गर्दा स्वयं उपस्थिती भई वा प्रतिनिधीले पेश गर्न सकिनेछ । तर प्रतिनिधीको  हकमा आधिकारीकता प्राप्त गरेको पत्र हुनुपर्नेछ ।

१२. यस सूचनामा उल्लेख गरिएका शर्त तथा बन्देजहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा संस्थाको बन्दोबस्ती तथा खरिद नियमावली २०२३ तथा नेपाल सरकारको प्रचलित बिद्यमान कानून बमोजिम हुनेछ ।

Proposal Links:

Link: Financial Proposal

Link: Technical Proposal

ग्रामीण विकास केन्द्र नेपाल

शाखा कार्यालय गौर २ भन्सार रोड रौतहट, मधेश प्रदेश

फोन.नं. ०५५–५२०२४०/०५५–५४०२०३

इमेल: procurement@rdcnepal.org

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 03 Jan, 2025
Apply Before 23 Jan, 2025
City Rautahat