शिलबन्दी बोलपत्र आह्वानको सुचना
Details / requirements:
शिलबन्दी बोलपत्र आह्वानको सुचना
(प्रथम पटक प्रकाशित मिति: २०८१/०८/२१ गते)
भेरी वातावरणीय विशिष्टता समूह (BEE Group) वि.सं. २०५६ सालमा बाँके जिल्लामा दर्ता भई मानवअधिकारको संरक्षण र प्रवर्धन, वातावरण तथा जैविक विविधताको संरक्षण एवम् पोषण तथा स्वास्थ्य, खानेपानी सरसफाई तथा स्वच्छता, शिक्षा, जीविकोपार्जन, विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकुलन र सामुदायीक विकासको क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्था हो । यस संस्थाले केयर नेपाल र आई.डि.ई नेपालसँग साझेदारी गरी बाँके जिल्लाका खजुरा गाँउपालिका वडा नं. १, ५ र ६, जानकी गाँउपालिका वडा नं. २ र ३, डुडुवा गाँउपालिका वडा नं. १, २ र ३, राप्तीसोनारी गाँउपालिका वडा नं. १ र ६ र बैजनाथ गाँउपालिका वडा नं. ३ र ८ मा आमा र बच्चाको पोषणको अवस्थामा सुधार ल्याउने उद्देश्यले Mother Child Wellbeing Program (पोषण कार्यक्रम) सञ्चालन गरिरहेको छ ।
उल्लेखित कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिना उमेर समूहका कुपोषित बच्चाका लागि तपशिलमा उल्लेखित खाद्य सामग्री र सरसफाईका लागि आवश्यक पर्ने सामग्री खरिद गर्ने योजना गरिएकाले योग्यता पुगेका अधिकृत विक्रेता, उत्पादक तथा आपूर्तीकर्ताहरुबाट सूचना प्रकाशन भएको मितिले ९ दिन भित्र तपशिलमा उल्लेखित शर्तहरुको अधिनमा रही सामग्री उपलब्ध गराउन बोलपत्र पेश गर्नुहुनका लागि यो सूचना आह्वान गरिएको छ ।
खरिद गर्नुपर्ने सामग्रीको विवरणको लागि तलको लिड्ढमा जानुहोस् ।
बोलपत्रका शर्तहरु:
१. बोलपत्र फाराम संस्थाको कार्यलय नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२, बेलाशपुरमा उपस्थित भई प्राप्त गर्न सकिने छ । साथै बोलपत्र तोकिएको समयभित्र संस्थाको कार्यालयमा बोलपत्रदाता स्वयम वा निजको प्रतिनिधी उपस्थित भई पेश गर्न सकिने छ । साथै इमेलबाट बोलपत्र दर्ता गर्न चाहनेले फोल्डरमा पासवर्ड राखेर तपशिलमा उल्लेखित इमेल मार्फत पेश गर्न सकिने छ ।
२. बोलपत्र पेश गर्दा बोलपत्र फारामका साथमा फर्म दर्ताको प्रमाण–पत्र, भ्याटमा दर्ता भएकोे प्रमाण–पत्र, हालसालैको कर चुक्ताको प्रमाण–पत्र, उल्लेखित सामग्री आपूर्ती गर्ने इजाजत प्राप्तको प्रमाण–पत्रको प्रतिलिपि र बोलपत्र दाता वा सञ्चालकको नेपाली नागरिकताको प्रमाण–पत्र पेश गर्नु पर्नेछ ।
३. बोलपत्र लाहाछाप शिलबन्दी गरेर खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर लेख्नुपर्नेछ । साथै खाम बाहिर फर्मको छाप अनिवार्य लगाएको हुनु पर्नेछ । अन्यथा भएमा संस्था बोलपत्र बुझ्न वा सदर गर्न वाध्य हुने छैन । इमेल मार्फत पठाउन चाहनेले फोल्डरमा पासवर्ड राखेर पठाउनु पर्नेछ ।
५. बोलपत्र फाराममा आफुले कबोल गरेको दररेट (मूल्य अभिवृद्धि कर बाहेक) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेकोे अंक मान्य हुने छैन ।
६. बोलपत्रदाताले बोलपत्रका साथमा आफुले कबोल गरेको रकमको २.५ (दुई दशमलब पाँच) प्रतिशतले हुन आउने रकमको न्यूनतम ६० दिनसम्म मान्य हुने बैँक जमानत (Bank Guarantee) पत्र बोलपत्रका साथमा संलग्न गरी पेश गर्नु पर्नेछ ।
७. बोलपत्र फाराम दर्ता गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिनमा बोलपत्र पेश गर्न सकिने छ ।
८. बोलपत्र पेश गर्ने अन्तिम मितिको भोलीपल्ट १ः३० बजे संस्थाका प्रतिनिधीहरु र बोलपत्र दाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको केन्द्रिय कार्यालयमा बोलपत्र खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधि अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।
९. म्याद नाघी वा रीत नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।
१०. यस बाहेक थप जानकारी आवश्यक परेमा तल उल्लेखित सम्पर्क नम्बरहरुमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ ।
११. अन्य सम्पुर्ण कुराहरु नेपाल सरकारको प्रचलीत कानून बमोजिम हुनेछ ।
१२. बोलपत्र स्वीकृत गर्ने/नगर्ने वा प्रक्रिया रद्द गर्ने सर्वाधिकार भेरी वातावरणीय विशिष्टता समूह (BEE Group) बाँकेमा नीहित रहने छ ।
१३. बोलपत्र पेश गर्ने अन्तिम मिति २०८१ साल मंसिर २८ गते शनिबारबार साँझ ४ः०० बजेसम्म ।
बोलपत्र फारम प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगाना:
भेरी वातावरणीय विशिष्टता समुह (BEE Group)
नेपालगञ्ज उप-महानगरपालिका वडा नं: १२, बेलाशपुर, बाँके
सम्पर्क नं.: ०८१-५५०२९५
मोवाईल नं.: ९८४८०६०७५९
ईमेलबाट बोलपत्र माग गर्नः ekdev2007@gmail.com
इमेलबाट बोलपत्र पेश गर्नका लागिः beegroup.procurement@gmail.com
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 06 Dec, 2024 |
Apply Before | 13 Dec, 2024 |
City | Banke |