शिलबन्दी बोलपत्र आह्वानको सूचना
Details / requirements:
जन जागरण युवा क्लब, बारा
शिलबन्दी बोलपत्र आह्वानको सूचना
कलैया उप महानगरपकलिका – १, बारा
दोस्रो पटक प्रकाशित मिति २०८१/०८/०९ (२४ नोभेम्बर २०२४)
इस्लामिक रिलिफ वर्ल्डवाइड (IRW), नेपालको आर्थिक सहयोग तथा यस जन जागरण युवा क्लव (JJYC) द्वारा मधेश प्रदेशको बारा जिल्लाको महागढिमाई नगरपालिकाको वडा न १, २ र ८ तथा सुवर्ण गाउँपालिकाको वडा व १, ५, ६ र ८ मा समुदायको उत्थानशिलता सुद्धिढिकरण परियोजना "Strengthening Community Resilience Project" अन्तर्गत ५ वटा Mitigation Activities सम्बन्धि निर्माण कार्य गर्नु पर्ने भएकोले निम्न उल्लेखित शर्त तथा बन्देजको अधिनमा रहि तपसिलको समय सिमा भित्र दिइएको ठेगानामा सम्बन्धित सरोकारवाला, निर्माण कम्पनी, सप्लायर्सले शिलबन्दी बोलपत्र फारम पेश गर्नका लागी यो सूचना आह्वान गरिएको छ । शिलबन्दी बोलपत्र सम्बन्धी फाराम तल दिइएको गुगल लिङ्क (Google Link) तथा जन जागरण युवा क्लब बाराको कार्यालयबाट प्राप्त गर्न सकिन्छ ।
शर्त तथा बन्देजहरू:
- शिलबन्दी बोलपत्र फाराम पेश गर्दा कम्पनी दर्ताको प्रमाण पत्र, मु. अ. क. को प्रमाण पत्र, आ. व. २०८०/०८१ को कर चुक्ता प्रमाण पत्र साथै आवश्यक सम्पुर्ण कानुनी कागजातको प्रमाण पत्रका प्रतिलिपिहरू पेश गर्नु पर्ने छ ।
- प्रथम पटक प्रकाशित मितिले ५ दिन भित्र शिलबन्दी दरभाउ पेश गर्नुपर्ने र अन्तिम दिन बिदा परेमा सोको भोलिपल्ट वा विदा पछि कार्यालय खुलेको दिनमा हुनेछ तथा म्याद नाघि आएका शिलबन्दी बोलपत्र फाराम स्वत रद्ध हुनेछ ।
- दर्ता भएका बोलपत्र फाराम संस्थाका प्रतिनिधिहरू र बोलपत्र दाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा बोलपत्र खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधी अनुपस्थित भएमा पनि बोलपत्र खोल्न कनै बाधा पर्ने छैन
- शिलबन्दी बोलपत्रमा आफुले कबोल गरेको रकमको २.५ प्रतिशले हुन आउने रकम न्यूनतम ६० दिनसम्म मान्य हुने बैंक (Bank Guarantee) पत्र यदि निर्माण कम्पनी, सप्लायर्स वा फर्म छनौट भएको अवस्थामा अनिवार्य पेश गर्नु पर्नेछ ।
- शिलबन्दी बोलपत्र फाराम पेश गर्दा प्रचलित बजार दररेट भन्दा बढी हुन गएमा पेश गरिएको शिलबन्दी बोलपत्र फाराम प्रस्तावना स्वतः रद्द हुनेछ ।
- कुनै पनि कारण जनाई वा नजनाई प्राप्त शिलबन्दी बोलपत्र फाराम स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा मात्र स्वीकार गर्ने सम्पूर्ण अधिकार यस संस्थामा निहित रहनेछ ।
- शिलबन्दी बोलपत्र प्रक्रिया सम्बन्धी कार्यमा प्रभाव पार्ने आपुर्तिकर्ताको शिलबन्दी बोलपत्र फाराम रद्ध गरिनेछ ।
Google Links:
Technical Proposal_Mitigation_Construction_JJYC
Financial Proposal_Mitigation activities construction_JJYC
शिलबन्दी बोलपत्र फाराम सम्बन्धी कागजात रितपुर्वक भरि प्रत्येक पानामा आधिकारिक हस्ताक्षर , कार्यालयको छाप र लाहा छाप (WaxSeal) लगाई शिलबन्दी गरेको हुनुपर्नेछ । साथै खामको बाहिर बोलपत्रदाताको नाम, ठेगाना, सम्पर्क नम्बर लेख्नुपर्नेछ भने फर्मको छाप अनिवार्य खाममा लगाई हार्ड कपि यस संस्थाको कार्यालय कलैया उप महानगरपालिका– १, मोतिबाग, बारा मिति २८ नोभेम्बर २०२४ (२०८१/०८/१३) गते बेलुका ४ बजे भित्र बुझाउन हुन अनुरोध छ ।
जन जागरण युवा क्लब, बाराको कार्यालय
कलैया उप महानगरपालिका–१, मोतिबाग, सम्पर्क नं.: ९८०१०२६२४८
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 24 Nov, 2024 |
Apply Before | 28 Nov, 2024 |
City | Bara |