शिलबन्दी बोलपत्र आह्वानको सूचना
Details / requirements:
दलित समाज उत्थान समिति नेपाल
महोत्तरी
शिलबन्दी बोलपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति २०८१/०७/१९ गते
ईस्लामिक रिलिफ नेपालको सहयोग र दलित समाज उत्थान समिति नेपाल, महोत्तरीको आयोजनामा “Winterization Support Program 2024” महोत्तरी जिल्लाको बलवा नगरपालिका र लोहरपट्टी नगरपालिकामा अत्यन्त जाडो र सीतलहरीबाट प्रभावित समुदायका ५८१ अति विपन्न परिवारहरूका लागि जाडोबाट बच्ने सामग्री र कपडा खरिद गर्नुपर्ने भएकोले सो सम्बन्धी कार्य गर्ने ईजाजत प्राप्त आपूर्तिकर्ता वा कम्पनीहरूलाई निम्नानुसारको शर्तहरूको अधिनमा रही शिलबन्दी बोलपत्र आह्वानको प्रस्तावना पत्र पेश गर्नका लागि यो सूचाना प्रकाशित गरिन्छ ।
१. यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ११ दिन भित्र सम्बन्धित विषयको ईजाजत प्राप्त आपूर्तिकर्ताले व्यवसाय दर्ताको प्रमाण पत्र (नविकरण सहित), पान/मु.अ.कर दर्ता प्रमाण पत्र र आर्थिक वर्ष २०८०/०८१ वा २०७९/०८० को म्याद थप सहितको कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपी अनिवार्य रुपमा पेश गरी यस संस्थाको मुख्य कार्यालय जनकपुर–४, विश्वकर्मा चोकमा सम्पर्क गरी बोलपत्र सम्बन्धी फारम प्राप्त गर्न सकिनेछ ।
२. रितपूर्वक भरिएको बोलपत्र फारामको प्रत्येक पानामा सम्बन्धित आपूर्तिकर्ता वा कम्पनीको आधिकारिक हस्ताक्षर र छाप अनिवार्य रुपमा लगाई लाहा छापबाट शिलबन्दी गरी संस्थाको मुख्य कार्यालय जनकपुर–४, विश्वकर्मा चोकमा हार्ड कपी बोलपत्र र कम्पनी वा फर्मको कागजात सहित मिति २०८०/०७/२९ गते बेलुकी ५ बजे भित्र पेश गर्नुपर्नेछ । Online मार्फत प्राप्त भएका दर भाउ उपर कुनै पनि कारवाही गरिने छैन ।
३. शिलबन्दी बोलपत्र फारामका साथ बोलपत्रदाताले जम्मा प्रस्तावित कबोल रकमको २.५५ एकमुष्ट रकम Bid Security, Bank Guarantee को रुपमा जम्मा गर्नुपर्ने छ । Bid Security, Bank Guarantee; DaGwL थप विवरण बोलपत्र फाराममा उल्लेख गरिएको छ ।
४. दरभाउ सम्बन्धी थप जानकारी प्रदान गर्नका लागी आपुर्तिकर्ता तथा विक्रेताको उपस्थितिमा पूर्व बैठक (Pre-Bid meeting) सञ्चालन गरिनेछ । सो सम्बन्धी जानकारी कार्यालय मार्फत गराईनेछ ।
५. बोलपत्र फारम प्राप्त गर्ने र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा सो दिनको भोलि पल्ट शिलबन्दी बोलपत्र फारम बुझाउने, बुझिलिने काम हुनेछ । शिलबन्दी बोलपत्र खोल्ने मिति २०८१।०८।०३ गते बिहान ११ बजे देखि सबै आपूर्तिकर्ताहरूको भौतिक वा Virtual उपस्थितीमा खोलिनेछ ।
६. बोलपत्रसँग सम्बन्धी अन्य थप जानकारी तथा सूचना आवश्यक भएमा यस संस्थाको कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।
७. बोलपत्रको पूर्ण वा आंशिक रूपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्ध गर्ने सम्पूर्ण अधिकार दलित समाज उत्थान समिति नेपालको खरिद समितिमा निहित रहने छ ।
८. रितपूर्वक पेश नभएका बोलपत्र आवेदन उपर कुनै कारबाही गरिनेछैन र उक्त बोलपत्रहरू स्वतः रद्द भएको मानिनेछ ।
९. यस सूचनामा उल्लेख गरिएका शर्तहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमासंस्थाको खरिद नियमावली तथा नेपाल सरकारको प्रचलित तथा बिद्यमान कानून बमोजिम हुनेछ ।
दलित समाज उत्थान समिति नेपाल
जनकमुरधाम–४, विश्वकर्मा चोक
सम्पर्क नं.०४१–५२८९७८, ९८०४५२१३८८, ९८१२००९२९२
Email:- dswcn.procurement@gmail.com
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 04 Nov, 2024 |
Apply Before | 14 Nov, 2024 |
City | Mahottari |