शिलबन्दी बोलपत्र आह्वानको सुचना ।

Centre for Development and Disaster Management (CDM Nepal)

Details / requirements:

विकास तथा प्रकोप व्यवस्थापन केन्द्र (CDM-Nepal)

देवीनगर, बुटवल, रुपन्देही

देवदह नगरपालिकामा बहुतले कृषि वन परियोजना मार्फत दिगो जीविकोपार्जनका लागि हरित उद्यमशीलता प्रवर्द्धन परियोजना

शिलबन्दी बोलपत्र आह्वानको सुचना

प्रथम पटक सुचना प्रकाशन मिति  २०८१/०३/२३ गते

विकास तथा प्रकोप व्यवस्थापन केन्द्र (CDM-Nepal) ले संयुक्त राष्ट्र विकास कार्यक्रम UNDP नेपालको साझेदारीमा देवदह नगरपालिकामा बहुतले कृषि वन परियोजना मार्फत दिगो जीविकोपार्जनका लागि हरित उद्यमशीलता प्रवर्द्धन परियोजना’’ अन्तर्गत रुपन्देही जिल्लाको देवदह नगरपालिकामा कृषकहरु का लागि कृषि सामग्री सहयोग गर्र्न शिलबन्दी बोलपत्र प्रस्ताव आह्वान गरिन्छ । यसका साथै इजाजत प्राप्त कम्पनी वा फर्महरुलाई दरभाउ पत्र र प्रस्तावना पेश गर्नको लागि तपशिलका शर्तहरुको आधारमा रितपुर्वक शिलबन्दी बोलपत्र आव्हान गरिन्छ ।  प्राप्त बोलपत्र सम्बन्धित आर्थिक प्रस्तावना छुट्टाछुट्टै रितपूर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहाछापले खाममा शिलबन्दी गरी विकास तथा प्रकोप व्यवस्थापन केन्द्र (CDM-Nepal) देवीनगर, बुटवल, रुपन्देही २०८१/०३/३० गते बेलुकी ५ बजे भित्र बुझाई सक्नु पर्नेछ ।  प्राविधिक/आर्थिक प्रस्तावना मिति २०८१/०३/३१ गते दिनको ११ वजे खोलिने छ । बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएको खण्डमा त्यसको भोलीपल्ट कार्यालय समय भित्र पेश गरि सक्नु पर्नेछ । बोलपत्र सम्बन्धी प्राविधिक र आर्थिक प्रस्तावना यस संस्थाको कार्यालय, देवीनगर, बुटवल, रुपन्देही, बाट प्राप्त गर्न सकिन्छ ।

नोट:

१. फर्म वा कम्पनीले सम्पूर्ण बैधानिक कागजातहरु (दर्ता, नबिकरण, करचुक्ता, भ्याट/पान दर्ता आदि) प्रस्तावना सँगै पेश गर्नु पर्ने छ । यदि कुनै पनि प्रकारका कागजातहरु पेश नभएको खण्डमा स्वत:अयोग्य हुनेछन् ।

कृषकहरु लागि कृषि सामग्री सहयोग गर्नका लागि प्राविधिक प्रस्तावनाको लागि कृपया तलको लिङ्क मार्फत जानुहोस् 

Link: https://drive.google.com/uc?export=download&id=1xu4XfoCoaHDrtmBp-GoQFI1_L20e7TDk

विकास तथा प्रकोप व्यवस्थापन केन्द्र

(CDM Nepal)

देवीनगर, बुटवल, रुपन्देही

ईमेल: cdm@cdmnepal.org

सम्पर्क नं.: ०७१–४१०२२४, ९८५७०२७००२

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 07 Jul, 2024
Apply Before 14 Jul, 2024
City Butwal, Rupandehi