शिलबन्दी बोलपत्र आह्वानको म्याद थप सम्बन्धि सूचना

Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD) Nepal

Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD Nepal), a national NGO involved in the fields of local capacity building & action research with special focus on food security, household incomes and resource conservation invites application from interested candidates for the following positions for its head office at Chitwan.

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वानको म्याद थप सम्बन्धि सूचना

म्याद थपको सूचना प्रकाशन मितिः २०८१/१०/३०

JOAADRA UK को आर्थिक सहयोगमा ADRA NepalIRDC Nepal को साझेदारीमा FORWARD Nepal द्वारा सञ्चालित TERAI परियोजनाको लागि आवश्यक पर्ने विभिन्न दुग्ध उपकरणहरू आपूर्तिका लागि कान्तिपुर राष्ट्रिय दैनिकमा मिति २०८१/१०/१४ मा प्रथम पटक प्रकाशित शिलबन्दी बोलपत्र आह्वानको सूचनाको म्याद थप गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । मु.अ.क. (VAT) मा दर्ता भएका इच्छुक विभिन्न दुग्ध उपकरणहरू आपूर्तिकर्ता/बिक्रेताहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिन (मिति २०८१/११/०६ गते बेलुका ४:०० बजे) भित्र फरवार्ड नेपालको केन्द्रिय कार्यालय, भरतपुर म.न.पा. २, क्षेत्रपुर, चितवन वा आड्रा नेपालको केन्द्रिय कार्यालय, बखुन्डोल, ललितपुरमा रीतपूर्वकको शिलबन्दी बोलपत्र बुझाउन सकिनेछ । बोलपत्रको लागि फाराम, आवश्यक सामग्रीहरूको विवरण तथा बोलपत्र सम्बन्धि थप जानकारीका लागि फरवार्ड नेपालको केन्द्रिय कार्यालयको सूचनापाटी वा वेबसाईट https://www.forwardnepal.org/announcements मा पनि हेर्न सकिनेछ । यदि उक्त बोलपत्र फाराम डाउनलोड गर्न कुनै समस्या भएमा info@forwardnepal.org वा complaint.register@adranepal.org मा ईमेल गर्न सकिनेछ ।

नोट: पहिले बोलपत्र बुझाइसकेका आपूर्तिकर्ता / बिक्रेताहरूले पुनः बोलपत्र बुझाउनुपर्ने छैन ।

फरवार्ड नेपाल

केन्द्रिय कार्यालय,

भरतपुर म.न.पा.२, क्षेत्रपुर, चितवन

फोन नं.: ०५६ ५१७६२३/५१७७३४

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 12 Feb, 2025
Apply Before 18 Feb, 2025
City Chitwan