शिलबन्दी बोलपत्र आह्वान गरिएको सम्बन्धि सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वान गरिएको सम्बन्धि सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८१/११/२७)

राष्ट्रिय कृषक समूह महासंघ नेपालले केएर नेपालसँगको साझेदारीमा सिरहा जिल्लाको लहान नगरपालिकामा संरक्षण परियोजना र सिरहा जिल्लाको भगवानपुर, सखुवानन्कारकट्टी, लक्ष्मीपुर पतारी गा.पा. तथा धनगढीमाई नगरपालिकाका साथै सप्तरी जिल्लाको रुपनी तथा अग्नीसाईर कृष्णासवरन गाउँपालिकाहरुमा जलवायु मैत्री गाउँ नेपाल परियोजना सञ्चालन गरिरहेको छ । 

उल्लेखित परियोजना अन्तर्गत तपसिल अनुसारका आवश्यक सामग्रीहरु खरिद गर्नुपर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएको वा मूल्य अभिवृद्धि करमा दर्ता नगरी सञ्चालन गर्न पाउने भनि कानूनले तोकिदिएको हकमा प्यानमा दर्ता भएका उल्लेखित सामग्रीहरु आपूर्ति गर्न इच्छुक अधिकृत विक्रेता, आपूर्तिकर्ता तथा बितरकहरुबाट यो सूचना प्रकाशन भएको मितिले ७ दिन अर्थात २०८१ साल चैत्र ४ गते दिउँसो १ः०० बजे भित्र तपसशीलको शर्तहरुको अधिनमा रही कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु हुन वा ईमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत शिलबन्दी कोटेशन पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ ।

आपूर्ति गरिने सामग्रीहरुको विवरण कृपया तलको लिङ्क मार्फत जानुहोस् ।

Link: https://drive.google.com/file/d/1xaiUH0xaUh6MZwGyLyxu-CCPIx0tcjdM/view?usp=sharing

तपशिल

१. उल्लेखित सामग्रीहरु मध्ये पोलिहाउसका लागि आवश्यक पर्ने निर्माण सामग्रीहरु माथि उल्लेखित पालिकाहरुको तोकिएको स्थान सम्म ढुवानी गर्ने र पोलिहाउस निर्माण समेतको दर भाउ पेश गर्नुपर्ने छ । 

२. मुँग र ढैचाको वीउको प्याकिंग ५ के.जी वा १० के.जीको प्याकेट बनाई आपूर्ती गर्नुपर्ने छ । उक्त वीउ महासंघको लहान स्थित कार्यालयसम्म ढुवानी गर्नुपर्ने छ । 

३. वीउ उत्पादनका लागि (डी) सेक्सनमा उल्लेखित सामग्रीहरु भगवानपुर सिरहा जिल्लाको भगवानपुर गा.पा. र सप्तरी जिल्लाको अग्नीसाईर कृष्णसावरन गा.पा. सम्म ढुवानी गरी संचालन गर्ने तरिका समेतको जानकारी दिनुपर्ने छ ।   

४. छनौट भएको आपूर्तीकर्तासंग गरिएको सम्झौता तथा खरिद आदेश बमोजिम सामग्रीहरु खरिद गरिने छ । आपूर्तिकर्ताले लाभग्राहीलाई उपलब्ध गराएको सामग्रीहरुको विवरण आफूसँग रेकर्ड राख्ने छ साथै सामग्री प्राप्तकर्ताको भर्पाई समेत संलग्न गर्नुपर्ने छ । उक्त रेकर्डको आधारमा आवश्यक कागजात सहित आपूर्तीकर्ताले विल भर्पाई महासंघको कार्यालयमा भुक्तानी माग गर्नेछ र महासंघले आवश्यक प्रकृया पुर्याई बैंक खाता मार्फत रकम भुक्तानी गर्दै जानेछ । 

५. आपूर्तिकर्तालाई भुक्तानी गर्दा नियमानुसार लाग्ने कर कट्टी गरी मात्र रकम भुक्तानी गरिने छ ।  

६. उपरोक्त बमोजिमको कारोवार २०८१ साल फाल्गुण महिना देखि २०८२ साल आषाढ महिनासम्म सञ्चालन गरिने छ ।

७. स्थानीय तथा सम्बन्धित पालिकामा सञ्चालनमा रहेका प्रतिस्पर्धी आपूर्ति कर्ताहरुलाई छनौट प्रकृयामा प्राथमिकता दिईने छ । 

८. इच्छुक अधिकृत विक्रेता, आपुर्तिकर्ता वा बितरकले संस्थाको कार्यालयमा उपस्थित भई वा ईमेल nfgfmadeshpradesh2075@gmail.com मार्फत यसै साथ संलग्न गरिएको फर्मेटमा दर भाउ उल्लेख गरी पेश गर्न सकिने छ ।

९. बोलपत्र पेश गर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याट दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, गत आर्थिक वर्षको कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान, व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । शिलबन्दी बोलपत्रको खाम बाहिर बोलपत्रदाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । माथि उल्लेखित सामग्रीहरु मध्ये सम्बन्धित आपूर्तीकर्ताले उपलब्ध गराउन सक्ने सामग्रीहरुको मात्र दर भाउ उल्लेख गर्नुपर्ने छ ।

९. बोलपत्र फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।

१०. बोलपत्र फाराम खामबन्द गरी लाहा छापले शिलबन्द गरिएको हुनुपर्नेछ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न यस संस्था बाध्य हुने छैन ।

११. पेश गरिएका बोलपत्रहरु खोलिने मिति २०८१ साल चैत्र ४ गते दिउँसो २:३० बजे संस्थाका प्रतिनिधीहरु र बोलपत्रदाता स्वयम् वा निजको प्रतिनिधिको उपस्थितिमा यस संस्थाको कार्यालयमा खोलिनेछ । तोकिएको दिनमा बोलपत्र दाता वा निजको प्रतिनिधि अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक बिदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।

१२. म्याद नाघी वा रित नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।

१३. थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।    

१४. अन्य शर्तनामाहरु राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र  नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा नीहित रहेको छ ।

बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगाना:

राष्ट्रिय कृषक समूह महासंघ, नेपाल

मधेश प्रदेश कार्यालय

लहान न.पा. वडा नं.– १, सिरहा–(बालाजु पेट्रोल पम्प भन्दा उत्तर पट्टीको गल्ली बाट १०० मि भित्र ।)  

फोन न. ०३३–५६४०७३

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 11 Mar, 2025
Apply Before 17 Mar, 2025
City Siraha District