शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति २०८१/११/०५)

राष्ट्रिय कृषक समूह महासंघ नेपालद्दारा केएर नेपालसँगको साझेदारीमा सिरहा जिल्लाको भगवानपुर, सखुवानन्कारकट्टी, लक्ष्मीपुर पतारी गा.पा. तथा धनगढीमाई न.पा. साथै सप्तरी जिल्लाको रुपनी तथा अग्नीसाईर कृष्णासावरण गा.पा.संगको सहकार्यमा, भूमिहिन, विपन्न र कम आयश्रोत किसानभएका परिवारका लागि रुपान्तरण परियोजना संचालन गर्दे आएकोसमावेशीछ। र लैंगिक समानता कृषि अभ्यासमार्फत–सिमान्कृतसाना तथा भूमिहिन किसान लाई सशक्त बनाई जीविकोपार्जनमा सुधार ल्याऊनुयस परियोजनाकोनै मुख्य उदेश्य हो । यस परियोजना अन्तर्गत विभिन्न जलवायु मैत्री कृषक पाठशाला जस्तै, शून्य खनजोतमा लसुन र गहूँ खेती; धान, आलु, र गहूँको बालीहरुमा जातीय छनौट, गड्यौला मल र कम्पोष्ट मल बाट तरकारी खेती आदि संचालन गरिएको छ । कृषक पाठशाला अभ्यास अन्तर्गत किसानहरूले आफ्नै खेतबारीमा प्रदर्शनि स्थल स्थापना गर्ने र चरणबद्ध रुपमा बालीको चक्रिया प्रणलि अनुसार नतिजा खोज्ने, सम्बन्धि व्यवहारिक सिकाई आदान प्रदान गरिन्छ । कृषक पाठशाला अन्तर्गतमा यीनै नव प्रवर्तन, राम्रा अभ्यास र सिकाइलाई गैर-सरकारी सरोकारवालासँग साझा, स्थानीयकरण, र डकुमेन्टेस गर्न भिडियोग्राफी सेवा अवाश्यक भएको हुनाले संलग्न गरिएको TOR सहित यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र तपसिलको शर्तहरुको अधिनमा रही कार्यालय समय भित्र कार्यलयमा उपस्थित भई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु हुन वा ईमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत आवेदन दिन यो सूचना प्रकाशित गरिएको छ ।

Link: Terms of Reference (TOR)

तपसिलको शर्तहरु

१. आपूर्तीकर्तालाई भुक्तानी गर्दा नियमानुसार लाग्ने कर कट्टी गरी मात्र रकम भुक्तानी गरिने छ ।

२. बोलपत्र पेश गर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याट वा प्यानमा दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि १ थान, आर्थिक वर्ष २०८०/०८१ को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १, थान बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । शिलबन्दी बोलपत्रको खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । माथि उल्लेखित सामग्रीहरु मध्ये सम्बन्धित आपूर्तीकर्ताले उपलब्ध गराउन सक्ने सामग्रीहरुको मात्र दर भाउ उल्लेख गर्नु पर्ने छ ।

३.  बोलपत्र फाराम खाम बन्द गरी लाहाछापले शिलबन्द गरिएको हुनु पर्नेछ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।

४. पेश गरिएका बोलपत्रहरु यो सूचना प्रकाशन भएको ८ औं दिन संस्थाका प्रतिनिधीहरु र बोलपत्र दाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।

५. म्याद नाघी वा रित नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।

६. अन्य शर्तनामाहरु राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलीत कानून बमोजिम हुनेछ  सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ, नेपालमा नीहित रहेको छ 

बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगाना:

राष्ट्रिय कृषक समूह महासंघ नेपाल

मधेश प्रदेश कार्यालय

लहान न.पा. वडा नं.– १, सिरहा – (हुलाक भन्दा दक्षिण नहरको बाटोमा)

फोन न.०३३–५६४०७३

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 17 Feb, 2025
Apply Before 23 Feb, 2025
City Siraha