शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना
Details / requirements:
शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८१/०७/१४)
भेरी वातावरणीय विशिष्टता समूह (BEE Group) वि.सं. २०५६ सालमा बाँके जिल्लामा दर्ता भई लुम्बिनी, सुदुरपश्चिम, कर्णाली प्रदेशमा मानवअधिकार संरक्षरण र प्रवर्धन, स्वास्थ्य र पोषण, विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकुलन, खानेपानी सरसफाई र स्वच्छता, शिक्षा र जीविकोपार्जनका क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्था हो । यस संस्थाले Practical Action सँग साझेदारी गरी बर्दिया र कैलाली जिल्लामा समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम सञ्चालन गरिरहेको छ ।
उल्लेखित कार्यक्रम अन्तर्गत तपशिलमा उल्लेखित सामग्री खरिद गर्नुपर्ने भएकाले नेपाल सरकारको प्रचलित कानुन अनुसार दर्ता भई मूल्य अभिवृद्धि करमा आवद्ध भएका इच्छुक आपूर्तीकता/उत्पादक/ अधिकृत बिक्रेता वा वितरकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तपशिलको शर्तहरुको अधिनमा रही कार्यालय समय भित्र लाहाछाप शिलबन्दी खाममा बोलपत्र पेश गर्न हुनका लागि यो सूचना आह्वान गरिएको छ ।
खरिद गर्नुपर्ने सामग्रीहरु तल दिइएको लिङ्क वाट डाउनलोड गर्न सकिने छ।
https://download-document-BEEgroup/khadirdsamagri
बोलपत्रका शर्तहरुः
१. बोलपत्र फाराम संस्थाको कार्यालयमा उपस्थित भई वा तपशिलमा उल्लेखित ईमेल ठेगानामा अनुरोध गरी प्राप्त गर्न सकिनेछ र तोकिएको समयभित्र संस्थाको कार्यालयमा उपस्थित भई वा फोल्डरमा पासवर्ड राखेर तपशिलको ईमेल ठेगानामा पठाउन सकिने छ ।
२. उल्लेखित सामग्री पूणर् वा आंशिक रुपमा आपूर्ती गर्न इच्छुक उत्पादक, अधिकृत विक्रेता तथा बितरकहरुले दररेट उल्लेख गरेको बोलपत्र फारामका साथ उद्योग/फर्म दर्ताको प्रमाण-पत्र, उद्योग/फर्म भ्याटमा दर्ता भएकोे प्रमाण-पत्र, आ.व. २०८०/०८१ को कर चुक्ता प्रमाण-पत्र वा कर दाखिला म्याद थप प्रमाण पत्र र बोलपत्र दाताको नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपी संलग्न गरी पेश गर्नु पर्नेछ । साथै, उपलब्ध गराउने सामग्रीको प्रमाणित स्पेशीफिकेशन सहित स्पष्ट रुपमा देखिने सामग्रीको रङ्गीन फोटो पनि अनिवार्य पेश गर्नुपर्नेछ ।
३. बोलपत्र लाहाछाप शिलबन्दी गरेर खाम बन्द गरेको हुनुपर्नेछ । साथै खामको बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर लेख्नु पर्नेछ भने फर्मको छाप अनिवार्य खाममा लगाएको हुनु पर्नेछ । अन्यथा भएमा संस्था बोलपत्र बुझ्न वा सदर गर्न वाध्य हुने छैन ।
४. बोलपत्र फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट (मूल्य अभिवृद्धि कर बाहेक) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेकोे अंक वा अक्षरलाई मान्यता दिईने छैन ।
५. छनौट भएका उत्पादक, आपूर्तिकर्ता, अधिकृत विक्रेता तथा बितरकहरुले खरिद गरिने सामग्री संस्थाको राजापुर नगरपालीका वडा नर ४ राजापुर स्थित परियोजना कार्यालयसम्म ढुवानी गरिदिनु पर्नेछ ।
६. बोलपत्र फाराम दर्ता गर्ने अन्तिम मितिको भोलीपल्ट संस्थाका प्रतिनिधीहरु र बोलपत्र दाता स्वय् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाकोे कार्यालयमा बोलपत्र खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधि अनुपस्थित भएमा पनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिनको उल्लेखित समयमा नै बोलपत्र खोलिने छ ।
७. बोलपत्रमा आफूले कबोल गरेको रकमको २.५० (दुई दशमलब पाँच) प्रतिशतले हुन आउने रकम न्यूनतम ९० दिनसम्म मान्य हुने बैंक जमानत (Bank Guarantee) पत्र यदि फर्म छनौट भएको अवस्थामा अनिवार्य पेश गर्नु पर्नेछ ।
८. म्याद नाघी वा रीत नपूगी आएका बोलपत्र छनौट प्रक्रियामा समावेश गराइनेछैन ।
९. बोलपत्रदाताले संस्थाको कार्यकारी समितिका पदाधिकारी, सदस्य र कर्मचारीसँग कुनैपनि स्वार्थको द्वन्द्व बाझीने अवस्था छैन भनि स्वःघोषणा गरेको पत्र फर्मको लेटरहेडमा लेखेर सञ्चालकको हस्ताक्षर गरी बोलपत्रसँग संलग्न गर्नुपर्नेछ ।
१०. बोलपत्र फाराम बुझाउने अन्तिम मिति २०८१ साल कार्तिक २८ गते बुधबार, कार्यालय समय ५ः०० बजेसम्म । यदि बोलपत्र फाराम बुझाउने अन्तिम दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिनमा पनि बोलपत्र फाराम बुझाउन सकिने छ ।
११. सर्वाधिकार भेरी वातावरणीय विशिष्टता समूह (BEE Group) बाँकेमा नीहित रहेको छ र अन्य सम्पुणर् कुराहरु नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ ।
बोलपत्र फाराम प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगानाः
भेरी वातावरणीय विशिष्टता समूह (BEE Group),
नेपालगञ्ज उप-महानगरपालीका वडा नं. १२, बेलासपुर, बाँके
सम्पर्क नं.: ०८१-५५०२९५
इमेलबाट बोलपत्र माग गर्नका लागि अनुरोध गर्ने मोवाईल नं: ९८४७९९२७५७
इमेलबाट बोलपत्र पेश गर्नका लागिः beegroup.procurement@gmail.com
Overview
Category | Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 31 Oct, 2024 |
Apply Before | 15 Nov, 2024 |
City | Banke |