शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

Bheri Environmental Excellence Group (BEE-Group) Banke

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मितिः २०८१/०७/०१ गते)

भेरी वातावरणीय विशिष्टता समूह (BEE GROUP) वि.सं. २०५६ सालमा बाँके जिल्लामा दर्ता भई मानवअधिकार, वातावरण तथा जैविक विविधताको संरक्षण, पोषण तथा स्वास्थ्य, खानेपानी सरसफाई तथा स्वच्छता, शिक्षा, जीविकोपार्जन, विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकुलन र सामुदायीक विकासको क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्था हो । यस संस्थाले ADH को आर्थिक सहयोगमा AWO Internationalसँग साझेदारी गरी बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिकामा “जलवायु परिवर्तन अनुकुलन तथा विपद् जोखिम न्युनीकरण कार्यक्रम” सञ्चालन गरिरहेको छ ।

उल्लेखित परियोजना अन्तर्गत तपशिलमा उल्लेखित सामग्री खरिद गनुपर्ने भएकाले नेपाल सरकारको प्रचलित कानुन अनुसार दर्ता भएका आपुर्तीकर्ता वा उत्पादक वा अधिकृत बिक्रेतालाई सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र तपशिलको शर्तहरूको अधिनमा रहेर कार्यालय समय भित्र लाहाछाप शिलबन्दी खाममा बोलपत्र पेश गर्न हुनका लागि यो सूचना आह्वान गरिएको छ ।       

खरिद गरिने सामग्रीको प्रकार र संख्या तथा विशेषताः

क्र.सं.

सामग्रीको नाम

प्रकार

संख्या

विशेषता

कैफियत

१.

इलेक्ट्रिक इनडक्सन चुल्हो

इन्फ्रारेड

५३८ थान

१. सबै प्रकारका धातुका भाँडामा खाना पकाउन मिल्ने

२. २००० वाट (२२०–२४० भोल्ट) विद्युतबाट सञ्चालन हुने

३. सेन्सर टच भएको


बोलपत्रका शर्तहरू:

१. बोलपत्र फाराम संस्थाको कार्यलय नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२, बेलाशपुरमा उपस्थित भई प्राप्त गर्न सकिने छ । साथै बोलपत्र तोकिएको समयभित्र संस्थाको कार्यालयमा बोलपत्रदाता स्वयम् वा निजको प्रतिनिधी उपस्थित भई पेश गर्न सकिने छ । साथै इमेलबाट बोलपत्र दर्ता गर्न चाहनेले फोल्डरमा पासवर्ड राखेर तपशिलमा उल्लेखित इमेल मार्फत पेश गर्न सकिने छ ।

२. बोलपत्र पेश गर्दा बोलपत्र फारामका साथमा फर्म दर्ताको प्रमाण–पत्र, भ्याटमा दर्ता भएको प्रमाण–पत्र, हालसालैको कर चुक्ताको प्रमाण–पत्र, उल्लेखित सामग्री आपूर्ती गर्ने इजाजत प्राप्तको प्रमाण–पत्रको प्रतिलिपि र बोलपत्र दाता वा सञ्चालकको नेपाली नागरिकताको प्रमाण–पत्र पेश गर्नु पर्नेछ ।

३. बोलपत्र लाहाछाप शिलबन्दी गरेर खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर लेख्नुपर्नेछ । साथै खाम बाहिर फर्मको छाप अनिवार्य लगाएको हुनु पर्नेछ । अन्यथा भएमा संस्था बोलपत्र बुझ्न वा सदर गर्न वाध्य हुने छैन । इमेल मार्फत पठाउन चाहनेले फोल्डरमा पासवर्ड राखेर पठाउनु पर्नेछ ।

५. बोलपत्र फाराममा आफूले कबोल गरेको दररेट (मूल्य अभिवृद्धि कर बाहेक) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।

६. बोलपत्रदाताले बोलपत्रका साथमा आफूले कबोल गरेको रकमको २.५ (दुई दशमलब पाँच) प्रतिशतले हुन आउने रकम न्यूनतम ६० दिनसम्म मान्य हुने बैँक जमानत (Bank Guarantee) पत्र संलग्न गरी पेश गर्नु पर्नेछ ।

७. बोलपत्र फाराम दर्ता गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिनमा बोलपत्र पेश गर्न सकिने छ ।

८. बोलपत्र पेश गर्ने अन्तिम मितिको भोलिपल्ट १:३० बजे संस्थाका प्रतिनिधीहरु र बोलपत्र दाता स्वय् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको केन्द्रिय कार्यालयमा बोलपत्र खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधि अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।

९. म्याद नाघी वा रीत नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।

१०. यस बाहेक थप जानकारी आवश्यक परेमा तल उल्लेखित सम्पर्क नम्बरहरूमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ ।

११. अन्य सम्पुर्ण कुराहरू नेपाल सरकारको प्रचलीत कानून बमोजिम हुनेछ ।

१२. बोलपत्र स्वीकृत गर्ने/नगर्ने वा प्रक्रिया रद्द गर्ने सर्वाधिकार भेरी वातावरणीय विशिष्टता समूह (BEE Group) बाँकेमा नीहित रहने छ ।

१३. बोलपत्र पेश गर्ने अन्तिम मिति २०८१ साल कार्तिक ७ गते बुधबार साँझ ५:०० बजेसम्म ।

१४. छनौट भएका आपूर्तीकर्ताले सामग्री राप्तीसोनारीको वडा नं २, ३, ४ र ५) सम्म ढुवानी गर्नु पर्नेछ ।

बोलपत्र फारम प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगाना:

भेरी वातावरणीय विशिष्टता समुह (BEE-Group)

नेपालगञ्ज उप(महानगरपालिका वडा नं। १२, बेलाशपुर, बाँके

सम्पर्क नं.: ०८१(५५०२९५

मोवाईल नं.: ९८४८०५५३७५, ९८४८०६०५५२

ईमेलबाट बोलपत्र माग गर्नः bhupendra.beegroup@gmail.com

इमेलबाट बोलपत्र पेश गर्नका लागिः beegroup.procurement@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings `
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 17 Oct, 2024
Apply Before 23 Oct, 2024
City Banke